Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सुकुम्बासी आन्दाेलनकाे नेतृत्व श्रम संस्कृति पार्टीले गर्छ, एकीकृत भएर लाग्नुहाेस : नेतृ मन्दिरा माेक्तान

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 5, 2026
29Shares

काठमाडौं । श्रम संस्कृति पार्टीकी केन्द्रीय सदस्य मन्दिरा मोक्तान ले देशभरका सुकुम्बासीहरुलाई  एकताबद्ध भएर अघि बढ्न आह्वान गरेकी छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै उनले सुकुम्बासीहरुकाे अधिकारका लागि सुरु भएको आन्दोलनलाई व्यापक बनाउनु आवश्यक रहेको बताएकी छन्। उनले सबै सुकुम्बासीहरु एक ठाउँमा उभिन आग्रह गर्दै आन्दोलनलाई अझ सशक्त बनाउने र त्यसकाे नेतृत्व श्रम संस्कृति पार्टीले लिने स्पष्ट पारिन्।

मोक्तानले आफ्नो सन्देशमा “ सबै सुकुम्बासीहरुलाई एक बनाएर अघि बढ्नुस्, अब अरुको भर छैन” भन्ने भाव व्यक्त गर्दै सुकुम्बासीहरूलाई एकिकृत र संगठित बन्न आग्रह गरेकी छन्। उनले देशका विभिन्न क्षेत्रमा रहेका सुकुम्बासी बस्तिकाहरूले आफ्ना हकअधिकार सुनिश्चित गर्न एकीकृत आवाज उठाउनुपर्नेमा जोड दिइन्। साथै, आन्दोलनलाई सफल बनाउन जनस्तरको सहभागिता अपरिहार्य रहेको उनको भनाइ छ।

श्रम संस्कृति पार्टीले लामो समयदेखि श्रमको सम्मान र श्रमिकको जीवनस्तर उकास्ने मुद्दालाई प्राथमिकतामा राख्दै आएको छ, ती श्रमिकहरु सुकुम्बासी बस्तिकाहरु पनि रहेकाे हुनाले बालेन सरकारकाे डाेजर आतंककारीको प्रतिवाद केवल श्रम संस्कृति पार्टीले मात्र गर्ने जनाएकि छन्।

पार्टी अध्यक्ष हर्क साम्पाङ, जो धरान उपमहानगरपालिकाका पूर्व प्रमुख तथा सुनसरी निर्वाचन क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य समेत हुन्, उनी श्रमिकमुखी अभियानका लागि चिनिएका नेता मानिन्छन्। उनको नेतृत्वमा पार्टीले विभिन्न सामाजिक तथा श्रमसम्बन्धी अभियानहरू सञ्चालन गर्दै आएको साम्पाङकै केन्द्रीय सदस्य समेत रहेकि माेक्तानले यसाे भनी रहँदा बालेन सरकारकाे सुकुम्बासी हटाउने अभियायनमा हर्ककाे पार्टीले देशभर अवराेध गर्ने आशंका थपिएकाे छ।

मोक्तानले देशभरका समर्थकहरूलाई आवश्यक समन्वयका लागि सम्पर्कमा आउन समेत आग्रह गरेकी छन्। उनले आन्दोलनलाई संगठित र प्रभावकारी बनाउन स्थानीय तहदेखि केन्द्रसम्म सक्रियता बढाउनुपर्ने बताइन्। यस अभियानमार्फत सुकुम्बासीहरुकाे आवाज राज्यसम्म पुर्‍याउने लक्ष्य लिइएको पनि उनले उल्लेख गरेकी छन्।

यस आह्वानसँगै श्रम संस्कृति पार्टीले आगामी दिनमा सुकुम्बासी  आन्दोलनलाई थप तीव्र बनाउने संकेत दिएको छ। पार्टीका नेताहरूका अनुसार सुकुम्बासीहरुकाे हकहित सुनिश्चित गर्न सबै तहबाट दबाब सिर्जना गरिनेछ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

कात्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जो...

  • October 27, 2026

सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

  • October 27, 2026

चुनावको मुखमा बेलकोटगढीमा रास्वपालाई धक्का, नेता–कार्यकर्ताले ...

  • October 27, 2026

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढ्यो, असोजमा ३२ हजारभ...

  • October 27, 2026

आजको मौसम : दिउँसो कोशी, मधेस, बागमती प्रदेशमा आंशिक बादल लाग्ने

  • October 27, 2026

रामेश्वर परियार पाँच वर्षदेखि मिर्गौला रोगसँग संघर्षरत, उपचारक...

  • October 27, 2026

सरु बानियाँलाई हराउनुपर्ने कारण के थियो, कांग्रेसिजन?

  • October 26, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved