पत्रकारिताभन्दा राजनीतितिर आकर्षण : कांग्रेस महाधिवेशनमा तीन पत्रकार उम्मेदवार

काठमाडौँ । पत्रकारिता पेसालाई राजनीतिक दलबाट स्वतन्त्र र निष्पक्ष हुनुपर्ने मान्यता रहँदै आए पनि नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा तीन पत्रकारले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएसँगै पत्रकारको राजनीतिक मोह पुनः बहसमा आएको छ । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका लागि सार्वजनिक गरिएको उम्मेदवारको प्रथम नामावलीमा पेसागत विषयगत क्लस्टरतर्फ तीन पत्रकार प्रतिस्पर्धामा देखिएका छन् । पार्टीले […]
कांग्रेसको १५औँ महाधिवेशन : केन्द्रीय सदस्य खुलातर्फ ४५ पदमा ९२ जनाको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका लागि मनोनयन दर्ता सम्पन्न भएको छ। मनोनयन दर्ता सकिएसँगै निर्वाचन समितिले केन्द्रीय कार्यसमितिका विभिन्न पदका उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक गरेको छ। निर्वाचन समितिका अनुसार केन्द्रीय सदस्य (खुला) तर्फ ४५ जना निर्वाचित हुने व्यवस्था छ। उक्त ४५ पदका लागि ९२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। खुला समूहमा उम्मेदवारी […]
गण्डकी भुगोल तर्फबाट महिला केन्द्रीय सदस्यमा सरस्वती अर्यालको उम्मेदवारी

काठमाडौं । ‘कांग्रेसलाई अझ सुदृढ र समावेशी बनाउँदै नयाँ राजनीतिक शक्ति निर्माण गर्न मेरो उम्मेदवारी’ काठमाडौं । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा गण्डकी प्रदेश भूगोलबाट महिला तर्फ केन्द्रीय सदस्य पदमा सरस्वती अर्यालले उम्मेदवारी दिने भएकी छिन। स्याङ्जाबाट नेपाली कांग्रेसको राजनीतिमा प्रतिनिधित्व गर्दै आएकी अर्याल गण्डकी प्रदेशकी पूर्वमन्त्री तथा वर्तमान प्रदेशसभा सदस्य हुन्। नेपाली कांग्रेसको राजनीतिमा लामो […]
रास्वपाको ‘हामी आउँदै छौँ’ अभियान: असिम शाह, पुकार बम र रञ्जु दर्शना २० गतेदेखि भक्तपुर आउने, चाँगुनारायणमा भव्य स्वागतको तयारी

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रव्यापी रूपमा सञ्चालित ‘हामी आउँदै छौँ’ अभियानअन्तर्गत आगामी २० गतेदेखि विशेष टोली भक्तपुर आउने भएको छ। उक्त अभियानको नेतृत्व गर्दै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार तथा रास्वपा नेता असिम शाहसहित सांसदद्वय पुकार बम र रञ्जु दर्शना भक्तपुर आउने कार्यक्रम तय भएको छ। यस अभियान अन्तर्गत स्थानीय नागरिकका समस्या, गुनासा सुन्ने […]
नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोमबार पारित संशोधित विधानले पार्टीको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुने व्यवस्था गरेको छ। नयाँ संरचनाअनुसार सभापति एक, वरिष्ठ उपसभापति एक, उपसभापति चार र महामन्त्री तीन जना रहनेछन्। उपसभापति र महामन्त्रीमा कम्तीमा एक–एक जना महिला अनिवार्य हुने व्यवस्था गरिएको छ। संशोधित विधानअनुसार सहमहामन्त्री १५ जना र कोषाध्यक्ष एक जना रहनेछन्। […]
कांग्रेस केन्द्रीय सदस्यमा अवाललाई मत किन??

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि आदिवासी जनजाति महिलातर्फ उम्मेदवारी दिनुभएकी माननीय डा. गंगा लक्ष्मी अवालले समावेशी नेतृत्व, सशक्त प्रतिनिधित्व र समुन्नत नेपालको निर्माणलाई आफ्नो प्राथमिकतामा राख्दै मतदातासँग अमूल्य मतसहित विजयी गराउन अपिल गर्नुभएको छ। उहाँले ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प र समुन्नत नेपालका लागि सवल कांग्रेस’ भन्ने मूल भावनासहित आफ्नो उम्मेदवारी […]
कांग्रेसमा महामन्त्रीका लागि डिला र डिनाको उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका दुई महिला नेतृ डिला संग्रौला र महालक्ष्मी उपाध्याय ‘डिना’ले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। दुवै नेतृले पार्टीको नेतृत्व संरचनामा महिलाको प्रतिनिधित्व थप सशक्त बनाउन आफूहरू महामन्त्रीको दौडमा अघि बढेको बताएका छन्। संग्रौलाले आज महाधिवेशनस्थलमा पत्रकार सम्मेलन गर्दै महामन्त्री पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन्। उनी कांग्रेसको विशेष महाधिवेशनबाट […]
‘संविधान र लोकतन्त्र मिचेर थोपरिएको सरकारविरुद्ध जनता सजग र सचेत हुनुपर्छ’ : रिजवान अन्सारी

वीरगञ्ज । नेपाल संघीय समाजवादी पार्टी पर्सा जिल्ला कमिटीको बैठक वीरगञ्जस्थित होटल जय नेपालमा सम्पन्न भएको छ। बैठकले जिल्लामा पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र जनमुखी बनाउँदै आगामी पुस २३ गते वीरगञ्जमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ। जिल्ला अध्यक्ष रियाज अहमदको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी […]
भक्तपुर-१ कांग्रेसबाट महाधिवेशन प्रतिनिधिमा पूर्व पर्यटन मन्त्री श्रेष्ठ विजयी

भक्तपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भक्तपुर क्षेत्र नं. १ बाट बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। कांग्रेसको संगठनमा लामो समयदेखि सक्रिय श्रेष्ठले क्षेत्रीय प्रतिनिधि, एकाइ सभापति तथा पार्टीका नेताहरूबाट प्राप्त विश्वास र समर्थनका आधारमा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको बताएका छन्। निर्वाचित भएपछि उनले सामाजिक सञ्जालमार्फत आफूलाई अत्यधिक मत प्रदान […]
धैरयता र निरन्तर प्रयास नै सफलताकाे कडि, किरण बने भक्तपुर १ बाट महाधिवेशन प्रतिनिधि

भक्तपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भक्तपुर निर्वाचन क्षेत्र नं. १ बाट पेशागततर्फ अधिवक्ता किरण न्यौपाने महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ। २०४७ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय रहँदै आउनुभएका न्यौपाने लामो राजनीतिक यात्रापछि पहिलोपटक महाधिवेशन प्रतिनिधिको जिम्मेवारीमा निर्वाचित हुनुभएको हो। निर्वाचित भएसगै न्याैपानेले पार्टीको तर्फबाट मत दिनुहुने सम्पुर्ण नेता तथा कार्यकर्ताहरुलाई धन्यवाद दिदै भन्नुभएकाे […]
