Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

गण्डकी भुगोल तर्फबाट महिला केन्द्रीय सदस्यमा सरस्वती अर्यालको उम्मेदवारी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 6, 2026
2.7KShares

काठमाडौं । ‘कांग्रेसलाई अझ सुदृढ र समावेशी बनाउँदै नयाँ राजनीतिक शक्ति निर्माण गर्न मेरो उम्मेदवारी’
काठमाडौं । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा गण्डकी प्रदेश भूगोलबाट महिला तर्फ केन्द्रीय सदस्य पदमा सरस्वती अर्यालले उम्मेदवारी दिने भएकी छिन। स्याङ्जाबाट नेपाली कांग्रेसको राजनीतिमा प्रतिनिधित्व गर्दै आएकी अर्याल गण्डकी प्रदेशकी पूर्वमन्त्री तथा वर्तमान प्रदेशसभा सदस्य हुन्।
नेपाली कांग्रेसको राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै आएकी अर्याललाई पार्टीभित्र अनुभवी, अध्ययनशील, वैचारिक तथा समन्वयकारी महिला नेतृका रूपमा लिइन्छ। गण्डकी प्रदेश भूगोलबाट महिला केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने नेतृहरूमध्ये पनि अर्याल अनुभवी र वरिष्ठ नेतृका रूपमा परिचित छन्।

आफ्नो उम्मेदवारीको उद्देश्यबारे अर्यालले नेपाली कांग्रेसलाई अझ सुदृढ, लोकतान्त्रिक, समावेशी र जनमुखी राजनीतिक शक्तिका रूपमा विकास गर्न आफूले भूमिका निर्वाह गर्न चाहेको बताएकी छन्।

‘नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो। यसलाई अझ सुदृढ बनाएर लैजान आवश्यक छ। पार्टीभित्रका महिलाहरूलाई एकीकृत गर्दै सबै समुदाय, वर्ग र क्षेत्रको प्रतिनिधित्वलाई अझ प्रभावकारी बनाउनुपर्छ,’ अर्यालको भनाइ छ, ‘हामीसँग लामो राजनीतिक अनुभव छ, केही गरौँ भन्ने हुटहुटी पनि छ। यही अनुभव र ऊर्जालाई राष्ट्रिय राजनीतिमा उपयोग गर्दै नेपाली कांग्रेसलाई देशकै बलियो राजनीतिक शक्ति बनाउनुपर्छ भन्ने उद्देश्यले मैले उम्मेदवारी दिएकी हुँ।’
अर्यालले कांग्रेसलाई सबै समुदाय र वर्गको साझा पार्टीका रूपमा स्थापित गर्न महिलाको भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएकी छन्। पार्टीभित्र महिलाको सहभागिता र नेतृत्वलाई थप सशक्त बनाउँदै लोकतान्त्रिक मूल्य–मान्यतालाई बलियो बनाउन आफ्नो उम्मेदवारी केन्द्रित रहेको उनको भनाइ छ।

राजनीतिक तथा वैचारिक रूपमा सक्षम महिला नेतृका रूपमा परिचित अर्यालले लामो समयदेखि कांग्रेसको संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी छन्। प्रदेश सरकारमा मन्त्रीको जिम्मेवारी सम्हाल्दा समेत उनले विभिन्न राजनीतिक दल, जनप्रतिनिधि तथा सरोकारवाला पक्षसँग संवाद, छलफल र समन्वयलाई प्राथमिकता दिएको कांग्रेसका नेता–कार्यकर्ताहरू बताउँछन्।

गण्डकी प्रदेशसभा सदस्यका रूपमा समेत अर्याल विकास निर्माण, सामाजिक सरोकार तथा राजनीतिक विषयमा प्रदेशका विभिन्न जिल्लासँग निरन्तर समन्वय र सहकार्य गर्दै आएकी छन्। पार्टी संगठनलाई थप मजबुत बनाउन उनी प्रदेशका विभिन्न जिल्ला तथा स्थानीय तहमा पुगेर नेता–कार्यकर्ता र आम नागरिकसँग भेटघाट तथा संवाद गर्ने गर्छिन्।
पार्टी संगठन निर्माणसँगै महिला सहभागिता, समावेशी प्रतिनिधित्व र कांग्रेसको वैचारिक आधारलाई थप बलियो बनाउनुपर्ने विषयलाई अर्यालले आफ्नो राजनीतिक प्राथमिकताका रूपमा अघि सार्दै आएकी छन्।
गण्डकी प्रदेशको राजनीतिमा विभिन्न राजनीतिक दल तथा नेतृत्वसँग संवाद र सहकार्य गर्न सक्ने नेतृका रूपमा समेत अर्यालको परिचय बनेको छ। उनको लामो राजनीतिक अनुभव, वैचारिक क्षमता र समन्वयकारी भूमिकाका कारण १५औँ महाधिवेशनमा उनको उम्मेदवारीलाई कांग्रेसभित्र चासोका साथ हेरिएको छ।

गण्डकी प्रदेशबाट महिला केन्द्रीय सदस्यमा उम्मेदवारी दिइने अर्यालले पार्टीको आन्तरिक लोकतन्त्रलाई थप सुदृढ गर्दै महिला तथा सबै समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने र कांग्रेसलाई राष्ट्रिय राजनीतिको थप प्रभावशाली शक्तिका रूपमा स्थापित गर्ने लक्ष्यसहित आफू अघि बढेको बताएकी छन्।

उनको उम्मेदवारीलाई समर्थन गर्ने नेता–कार्यकर्ताहरूले लामो राजनीतिक अनुभव, संगठनप्रतिको निरन्तर सक्रियता, अध्ययनशीलता, वैचारिक क्षमता र सबै पक्षसँग संवाद तथा सहकार्य गर्न सक्ने क्षमतालाई उनको प्रमुख राजनीतिक आधारका रूपमा लिएका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

रामेश्वर परियार पाँच वर्षदेखि मिर्गौला रोगसँग संघर्षरत, उपचारक...

  • October 27, 2026

सरु बानियाँलाई हराउनुपर्ने कारण के थियो, कांग्रेसिजन?

  • October 26, 2026

ढुङ्गे–त्रिशूली झोलुङ्गे पुल र सडक सम्पर्क टुट्दा बिरामीले भोग...

  • October 25, 2026

बालेन शाह नेपालकै पाँच ‘सुपर भाग्यमानी’ प्रधानमन्त्रीमध्ये एक ...

  • October 25, 2026

‘६० जनाबाट सुरु भएको जनयुद्धले देशलाई गणतन्त्रमा पुर्‍यायो’ : ...

  • October 25, 2026

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सम्पन्न, भाषा र संस...

  • October 25, 2026

माैसम : देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने

  • October 25, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved