Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

धैरयता र निरन्तर प्रयास नै सफलताकाे कडि, किरण बने भक्तपुर १ बाट महाधिवेशन प्रतिनिधि

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 1, 2026
37.1KShares

भक्तपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भक्तपुर निर्वाचन क्षेत्र नं. १ बाट पेशागततर्फ अधिवक्ता किरण न्यौपाने महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ। २०४७ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय रहँदै आउनुभएका न्यौपाने लामो राजनीतिक यात्रापछि पहिलोपटक महाधिवेशन प्रतिनिधिको जिम्मेवारीमा निर्वाचित हुनुभएको हो।

निर्वाचित भएसगै न्याैपानेले पार्टीको तर्फबाट मत दिनुहुने सम्पुर्ण नेता तथा कार्यकर्ताहरुलाई धन्यवाद दिदै भन्नुभएकाे छ ” २०४७ साल देखिको अविचलित राजनैतिक यात्रामा पहिलोपल्ट महाधिवेशन प्रतिनिधिमा उम्मेद्वार भए । सवै को सहयोग ,समन्वय र सुभेच्छाले निर्वाचित पनि भए । यो पद र पदले खोजेको भुमिका निर्भाह गर्ने प्रतिवद्वता प्रकट गर्दछु । सहयोगि,सदृदयी मनमा स प्रेम कृतज्ञता अर्पण गर्दछु ।जयनेपाल ।”

कानुन व्यवसायसँगै कांग्रेसको संगठन निर्माण र राजनीतिक गतिविधिमा सक्रिय रहँदै आउनुभएका न्यौपानेले पार्टीका विभिन्न तह र गतिविधिमा निरन्तर सहभागिता जनाउँदै आउनुभएको थियो। लामो समयदेखि पार्टीमा सक्रिय रहे पनि महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित हुने अवसर भने यसपटक प्राप्त गर्नुभएको हो।

न्यौपाने गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका तर्फबाट प्रत्यक्ष उम्मेदवारसमेत बन्नुभएको थियो। उक्त निर्वाचनमा उहाँले ४ हजार २८२ मत प्राप्त गर्नुभएको थियाे।

महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भएपछि न्यौपानेले पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र समयानुकूल बनाउन आफ्नो भूमिका केन्द्रित गर्ने बताउनुभएको छ। उहाँले पेशागत क्षेत्रको प्रतिनिधित्वलाई प्रभावकारी बनाउँदै विधिको शासन, लोकतान्त्रिक मूल्य–मान्यता र संगठनात्मक सुधारका विषयलाई प्राथमिकतामा राख्ने धारणा अघि सार्नुभएको छ।

कांग्रेसलाई बलियो र जनमुखी लोकतान्त्रिक संगठनका रूपमा अघि बढाउन अनुभवी नेता–कार्यकर्ता, पेशागत क्षेत्र र नयाँ पुस्ताबीच समन्वय आवश्यक रहेको उहाँको भनाइ छ। पार्टीभित्र विचार, अनुभव र पेशागत दक्षताको सम्मान गर्दै सबै तहका नेता तथा कार्यकर्ताको सहभागिता सुनिश्चित गर्न आफूले भूमिका खेल्ने न्यौपानेले बताउनुभएको छ।

लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका न्यौपानेका लागि महाधिवेशन प्रतिनिधिमा भएको यो निर्वाचित परिणाम पार्टी संगठनभित्रको उनको राजनीतिक यात्राको अर्को महत्वपूर्ण जिम्मेवारीका रूपमा देखिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

रामेश्वर परियार पाँच वर्षदेखि मिर्गौला रोगसँग संघर्षरत, उपचारक...

  • October 27, 2026

सरु बानियाँलाई हराउनुपर्ने कारण के थियो, कांग्रेसिजन?

  • October 26, 2026

ढुङ्गे–त्रिशूली झोलुङ्गे पुल र सडक सम्पर्क टुट्दा बिरामीले भोग...

  • October 25, 2026

बालेन शाह नेपालकै पाँच ‘सुपर भाग्यमानी’ प्रधानमन्त्रीमध्ये एक ...

  • October 25, 2026

‘६० जनाबाट सुरु भएको जनयुद्धले देशलाई गणतन्त्रमा पुर्‍यायो’ : ...

  • October 25, 2026

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सम्पन्न, भाषा र संस...

  • October 25, 2026

माैसम : देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने

  • October 25, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved