Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कांग्रेस केन्द्रीय सदस्यमा अवाललाई मत किन??

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 5, 2026
3.4KShares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि आदिवासी जनजाति महिलातर्फ उम्मेदवारी दिनुभएकी माननीय डा. गंगा लक्ष्मी अवालले समावेशी नेतृत्व, सशक्त प्रतिनिधित्व र समुन्नत नेपालको निर्माणलाई आफ्नो प्राथमिकतामा राख्दै मतदातासँग अमूल्य मतसहित विजयी गराउन अपिल गर्नुभएको छ। उहाँले ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प र समुन्नत नेपालका लागि सवल कांग्रेस’ भन्ने मूल भावनासहित आफ्नो उम्मेदवारी प्रस्तुत गर्नुभएको छ।

डा. अवालले आदिवासी जनजाति समुदायको अधिकार र समावेशी प्रतिनिधित्वलाई अझ सुदृढ बनाउने, महिलाको नेतृत्व विकास, क्षमता अभिवृद्धि तथा निर्णय तहमा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। साथै युवा, महिला तथा नयाँ पुस्तालाई पार्टीभित्र आकर्षित गर्दै उनीहरूका लागि अवसर विस्तार गर्ने र शिक्षा, स्वास्थ्य, सीप विकास तथा रोजगारीका अवसरमा विशेष जोड दिने उहाँको प्राथमिकता रहेको छ।

उहाँले भाषा, संस्कृति, सम्पदा र पहिचानको संरक्षण तथा प्रवर्द्धनका लागि निरन्तर आवाज उठाउने बताउनुभएको छ। समावेशी, सुशासनयुक्त र उत्तरदायी पार्टी निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने तथा समुदायबीच एकता, सद्भाव र सामाजिक न्याय स्थापनाका लागि काम गर्ने प्रतिबद्धता पनि उहाँले अघि सार्नुभएको छ।

त्यसैगरी डा. अवालले दिगो विकास, वातावरण संरक्षण तथा जलवायु न्यायका विषयलाई प्राथमिकताका साथ उठाउने बताउनुभएको छ। ग्रामीण तथा पिछडिएका क्षेत्रमा पूर्वाधार विकास, कृषि र स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउने तथा विकासका अवसरलाई सबै समुदाय र भूगोलसम्म समान रूपमा पुर्‍याउन पहल गर्ने उहाँको प्रतिबद्धता छ। कांग्रेसका मूल्य, मान्यता र लोकतान्त्रिक संस्कृतिलाई जनतामाझ अझ मजबुत बनाउँदै पार्टीलाई निर्वाचनमा विजयी बनाउन योगदान गर्ने उहाँले बताउनुभएको छ।

परम्पराको सम्मान गर्दै परिवर्तनलाई आत्मसात् गर्ने र समुन्नत नेपालको यात्रालाई अघि बढाउने लक्ष्यसहित डा. गंगा लक्ष्मी अवालले १५औँ महाधिवेशनमा आदिवासी जनजाति महिलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुभएको हो। उहाँको उम्मेदवारीले कांग्रेसभित्र आदिवासी जनजाति महिला नेतृत्व र समावेशी प्रतिनिधित्वलाई थप बल पुग्ने अपेक्षा गरिएको छ। त्यसैले समावेशी नेतृत्व र सशक्त प्रतिनिधित्वका लागि डा. अवाललाई अमूल्य मतसहित विजयी गराउन अपिल गरिएको हाे।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

रामेश्वर परियार पाँच वर्षदेखि मिर्गौला रोगसँग संघर्षरत, उपचारक...

  • October 27, 2026

सरु बानियाँलाई हराउनुपर्ने कारण के थियो, कांग्रेसिजन?

  • October 26, 2026

ढुङ्गे–त्रिशूली झोलुङ्गे पुल र सडक सम्पर्क टुट्दा बिरामीले भोग...

  • October 25, 2026

बालेन शाह नेपालकै पाँच ‘सुपर भाग्यमानी’ प्रधानमन्त्रीमध्ये एक ...

  • October 25, 2026

‘६० जनाबाट सुरु भएको जनयुद्धले देशलाई गणतन्त्रमा पुर्‍यायो’ : ...

  • October 25, 2026

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सम्पन्न, भाषा र संस...

  • October 25, 2026

माैसम : देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने

  • October 25, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved