Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कांग्रेसमा महामन्त्रीका लागि डिला र डिनाको उम्मेदवारी घोषणा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 5, 2026
6.8KShares

काठमाडौँ । नेपाली कांग्रेसका दुई महिला नेतृ डिला संग्रौला र महालक्ष्मी उपाध्याय ‘डिना’ले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। दुवै नेतृले पार्टीको नेतृत्व संरचनामा महिलाको प्रतिनिधित्व थप सशक्त बनाउन आफूहरू महामन्त्रीको दौडमा अघि बढेको बताएका छन्।

संग्रौलाले आज महाधिवेशनस्थलमा पत्रकार सम्मेलन गर्दै महामन्त्री पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन्। उनी कांग्रेसको विशेष महाधिवेशनबाट सहमहामन्त्री पदमा निर्वाचित भएकी थिइन्। पत्रकार सम्मेलनमार्फत उनले पार्टीलाई थप सुदृढ र समावेशी बनाउने लक्ष्यसहित महामन्त्रीमा उम्मेदवारी दिन लागेको बताइन्।

यसैगरी, महालक्ष्मी उपाध्याय ‘डिना’ले पनि महामन्त्री पदमा उम्मेदवारी दिने तयारी अघि बढाएकी छन्। उनी कांग्रेसको १४औँ महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित भएकी हुन्। डिनाले पार्टीभित्र आफ्नो राजनीतिक अनुभव र जिम्मेवारीलाई थप प्रभावकारी रूपमा अघि बढाउन महामन्त्रीको भूमिकामा जाने तयारी गरेको बताएकी छन्।

कांग्रेसले जारी महाधिवेशनबाट विधान संशोधन गर्दै महामन्त्रीको संख्या तीन पुर्‍याउने तयारी गरेको छ। प्रस्तावित व्यवस्थाअनुसार तीन महामन्त्रीमध्ये कम्तीमा एक जना महिला हुने व्यवस्था गरिने भएकाले महिला नेतृहरूबीच पनि महामन्त्री पदका लागि प्रतिस्पर्धा बढेको हो।

महामन्त्री पदमा संग्रौला र डिनाको दाबीले कांग्रेसको आगामी नेतृत्वमा महिला सहभागिताको विषयलाई थप चर्चामा ल्याएको छ। विधान संशोधनपछि महामन्त्री पदको संरचना र उम्मेदवारहरूको अन्तिम टुंगो लागेसँगै कांग्रेसभित्र नेतृत्व चयनको प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

रामेश्वर परियार पाँच वर्षदेखि मिर्गौला रोगसँग संघर्षरत, उपचारक...

  • October 27, 2026

सरु बानियाँलाई हराउनुपर्ने कारण के थियो, कांग्रेसिजन?

  • October 26, 2026

ढुङ्गे–त्रिशूली झोलुङ्गे पुल र सडक सम्पर्क टुट्दा बिरामीले भोग...

  • October 25, 2026

बालेन शाह नेपालकै पाँच ‘सुपर भाग्यमानी’ प्रधानमन्त्रीमध्ये एक ...

  • October 25, 2026

‘६० जनाबाट सुरु भएको जनयुद्धले देशलाई गणतन्त्रमा पुर्‍यायो’ : ...

  • October 25, 2026

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सम्पन्न, भाषा र संस...

  • October 25, 2026

माैसम : देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने

  • October 25, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved