हाम्राे प्राथमिकतामा राजावादी छैनन्,आगामि चुनावमा एमालेसँग सहकार्य हुन्छ :अध्यक्ष कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले चीनको अघोषित नाकाबन्दीका बारेमा राजनीतिक दलहरु, नागरिक समाज र आम सञ्चारमाध्यमको मौनता आश्चर्य लाग्दो रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता थापाले भने, “रसुवागढी र तातोपानी नाका चीनले नियन्त्रण गरेको छ । नाका अवरुद्ध […]

एमाले स्थायी कमिटीको प्रथम बैठक आज बस्दै

काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटीको प्रथम बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे महाराजगञ्जस्थित रोयल दरबार रेष्ट्रो एन्ड भेन्युमा बस्ने एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए आजको स्थायी कमिटी बैठकबाट हालै सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पारित विषयवस्तुका आधारमा स्थानीय निर्वाचन केन्द्रित ठोस कार्ययोजना बनाएर पार्टी पंक्तिलाई निर्वाचनमा परिचालन […]

हामी गफ भन्दा काम गर्छौ : मन्त्रि झाँक्रि

काठमाडौं ।  सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले विकासमा काम भन्दा बढी प्रचार गरिने प्रवृत्तिको अन्त्य गर्दै आफ्नो पार्टीले काम  गरेर  देखाउने बताएकी छन् । शनिबार गृह जिल्ला गुल्मीको नेकपा एकीकृत समाजवादी पार्टीको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सो पार्टी सचिव समेत रहेकी झाँक्रीले यस्तो बताइन् । झाँक्रीले भनिन्, ‘गुल्मीको हकमा पनि विकासभन्दा गफ बढी […]

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौँ – सत्तासीन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनेछ । बैठकमा गठबन्धन, उम्मेदवारको मापदण्ड र प्रारम्भिक समीक्षा लगायतमा छलफल हुने नेताहरुले बताएका छन् । कांग्रेसले २९ फागुनदेखि थालेको घरदैलो अभियान २९ चैतमा सकिँदैछ । हालसम्मको प्रारम्भिक समीक्षा पनि हुनेछ । […]

राैताहट एमालेकाे घर झगडा , प्रभु बिरुद्ध दिए रेखाले उजुरी

रौतहट । नेकपा एमाले रौतहटमा भाडभैलो भएको छ । एमाले रौतहटको झगडा केन्द्रीय कमिटीमा समेत प्रवेश गरेको छ । एमाले केन्द्रीय सदस्य रेखाकुमारी झाले पार्टीका पोलिटब्यूरो सदस्य प्रभु साहविरुद्ध केन्द्रीय कमिटीमा उजुरी दिएकी छन् । रेखाले बिहीबार बसेको केन्द्रीय कमिटी बैठकमा साहविरुद्ध उजुरी दिएकी हुन् । प्रतिनिधिसभा सदस्य समेत रहेकी रेखाले प्रभुमाथि रौतहटमा मनोमानी ढंगले […]

मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा चैत्र १८ गते भारत जाने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण जाने भएका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा त्यसतर्फ जान लागेका हुन् । पाँचौपटक प्रधानमन्त्री भएपछि देउवा पहिलोपटक भारत भ्रमणमा जाने भएका हुन् । प्रधानमन्त्री देउवाले चैत्र १८ देखि २० गतेसम्म भारत भ्रमण गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको […]

स्थानीय तहको निर्वाचनसम्म गठबन्धन रहन्छ : प्रधानमन्त्री देउवा

तनहुँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन निर्वाचनसम्म निरन्तर रहने बताएका छन् । नेपाली कांग्रेस तनहुँले पार्टी कार्यालय दमौलीमा बिहीबार आयोजित कार्यक्रममा देउवाले गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा जाने बताएका हुन् । उनले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसम्म पनि गठबन्धन गर्न जरुरी रहेको उल्लेख गरे । ‘गठबन्धनलाई सँगै लैजान जरुरत छ । स्थानीय निर्वाचनमा मात्रै हैन […]

उम्मेदवारको सिफारिस चैत मसान्तसम्म सक्न निर्देशन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय बैठकले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको सिफारिस चैत मसान्तसम्म सक्न निर्देशन दिएको छ । स्थानीय तह निर्वाचनका लागि उम्मेद्‌वारको सम्बन्धित कमिटीले चैत मसान्तभित्र सिफारिस गरिसक्न निर्देशन दिइएको एमाले प्रचार प्रसार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । दुई दिने पोलिटब्यूरो बैठक सकिएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै […]

मन्त्रिद्वय आले र श्रेष्ठ ओलि निवास पुगे भनेर साइबर सेनाकाे हल्लाले पार्टि र नेताहरुकाे निद्रा खराब गराए : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अरुको सहारामा चुनाव जित्ने कुरा नसोच्न आग्रह गरेका छन् । बुधबार काठमाडौंमा भएको पार्टीको बाग्मती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकमा बोल्दै अध्यक्ष नेपालले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई अरुको सहारामा चुनाव जित्ने कुरा नसोच्न आग्रह गरेका हुन् । उनले आफ्नो शक्ति बलियो भए मात्र अरुसँगको तालमेलको अर्थ रहने […]

घेराबन्दी र दुष्प्रचारबीच हामी जित निकाल्छौँ : एमालेका अध्यक्ष ओलीले

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तह निर्वाचनमा एमाले एक्लैले जित निकाल्ने बताएका छन् । बुधबार काठमाडौंमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत आफ्नो राजनीतिक प्रतिवेदनमा यस्तो दावी गरेका छन् । विभिन्न पाँच बुँदामा समेटिएको प्रतिवेदनमा ओलीले आगामी स्थानीय तह निर्वाचनमा एमाले एक्लैले जित निकाल्ने एमालेसँग पर्याप्त आधार रहेको समेत बताएका […]