Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

राैताहट एमालेकाे घर झगडा , प्रभु बिरुद्ध दिए रेखाले उजुरी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 24, 2022
195 shares

रौतहट । नेकपा एमाले रौतहटमा भाडभैलो भएको छ । एमाले रौतहटको झगडा केन्द्रीय कमिटीमा समेत प्रवेश गरेको छ । एमाले केन्द्रीय सदस्य रेखाकुमारी झाले पार्टीका पोलिटब्यूरो सदस्य प्रभु साहविरुद्ध केन्द्रीय कमिटीमा उजुरी दिएकी छन् ।

रेखाले बिहीबार बसेको केन्द्रीय कमिटी बैठकमा साहविरुद्ध उजुरी दिएकी हुन् । प्रतिनिधिसभा सदस्य समेत रहेकी रेखाले प्रभुमाथि रौतहटमा मनोमानी ढंगले जिल्ला अधिवेशन गरेको र पाँच पदाधिकारीलाई मध्यरातमा अज्ञात स्थलमा लगेर सपथ खुवाएको आरोप लगाएकी छन् । उनले रौतहटको अधिवेशन पुनः गर्नुपर्ने मागसमेत गरेका छन् ।

रेखाले केन्द्रीय कमिटी बैठकमा दिएको उजुरीमा भनिएका छ– ‘रौतहट जिल्ला अधिवेशन हल सम्पूर्णले गरेको विरोध र असहमतिका बाबजुद हलले अनुमोदन नै नगरेका पाँचजना पदाधिकारीलाई मध्यरातमा नेता प्रभु साहको नेतृत्वमा अज्ञात स्थलमा लगि सपथ खुवाइएको कार्यको घोर निन्दा गर्दै तमाम इमान्दार योद्धा कमरेडहरूको उच्च आत्मबललाई निराशामा परिणत नगरी दिनुहुन केन्द्रीय अध्यक्ष कमरेडलाई आग्रह गर्न चाहान्छु ।’

दुईजनाको मृत्यु हुनेगरी चैत्र दुई गते भएको दुर्घटनाको विषयलाई लिएर प्रभु पक्षधरले निरन्तर गरिररहेको आन्दोलनप्रति पनि रेखाले आपत्ति जनाउँदै आएकी छन् । उक्त घटनलाई लिएर प्रभु पक्षले रौतहटमा निरन्तर प्रदर्शन गरेपछि रेखाले व्यक्तिगत स्वार्थका लागि दुघर्टनालाई राजनीतिकरण गरेको आरोप लगाएकी छन् ।

रेखाले भनेकी छन्– ‘दुर्घटनालाई राजनीतिकरण गरी एमालेको नाम र गरिमालाई भजाएर निष्पक्ष छानबिनमा असर पुग्ने गरी कुनै पनि प्रकारको आन्दोलन र विरोधका कार्यक्रम नगर्न सम्बन्धित सबैलाई आग्रह गर्न चाहान्छु साथै यस आन्दोलनको कार्यक्रममा पार्टीको आधिकारिक नीति र निर्णय नरहेको जानकारी गराउँदै गैर–आधिकारिक जिल्ला कार्यसमितिको निर्णयलाई नमान्न आमएमाले कार्यकर्ता र नेतागणलाई आग्रह गर्दछु ।’

प्रभु पक्षधरले गरेको आन्दोलनलाई व्यक्तिगत स्वार्थको संज्ञा दिँदै पार्टीको कुनै पनि आधिकारिक निर्णय नभएको पनि रेखाले बताएकी छन् । उनले भनेकी छन्, ‘कुनै एउटा व्यक्तिको ब्यक्तिगत स्वार्थका लागि सिंगो पार्टीलाई बदनाम नगर्न, नगराउन सचेत गराउँदै निष्पक्ष छानबिनलाई प्रभावित नपार्न चेतावनी दिन्छु ।’

मौलापुर नगरपालिकाले भाडामा प्रयोग गर्दै आएको नागेन्द्र साहको बा १७ च ६१३३ नम्बरको गाडीको ठक्करबाट जितेन्द्र पटेल र हरिकुमार ठाकुरको मृत्यु भएको थियो । त्यसपछि प्रभु पक्षधरले रौतहटमा दिनहुँ प्रदर्शन गर्दै आएको छ ।

गाडी दुर्घटनामा पोलिटब्यूरो सदस्य साहको परिवार जोडिएपछि प्रभु पक्षधरले त्यसमा निरन्तर आपत्ति जनाउँदै आएका छन् । प्रशासनले प्रभुको परिवार जोडिएकै कारण राजनीति गरिएको भन्दै एमाले जिल्ला कमिटीका अध्यक्ष त्रिभुवन साहले प्रेस विज्ञप्ति नै जारी गरेर आपत्ति जनाएका थिए ।

‘दुर्घटनाको गहन अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाएर पीडितलाई उचित क्षतिपूर्तिसहित न्याय दिलाउनु सट्टा स्थानीय प्रशासनले प्रभु साहको भाइको गाडीबाट मान्छे मारिएको भनी मानहानी गरेको’ साह पक्षधरले आरोप लगाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

पशुबलि विरोधको नाममा धार्मिक असहिष्णुता र सामाजिक विभाजन नगरौँ

  • September 20, 2026

उदयपुरमा धारिलो हतियार प्रहारबाट श्रीमतीको मृत्यु

  • September 20, 2026
AI Photo

स्थानीय सरकारमा महिला नेतृत्वको २५ उदाहरण : अवसर पाए महिलाले प...

  • September 20, 2026

चुलोदेखि जिल्लाको प्रशासनिक नेतृत्वसम्म : १२ महिला सीडीओले देख...

  • September 20, 2026

कांग्रेसको १५औँ महाधिवेशन : आज ३१ जिल्लामा वडा अधिवेशन हुँदै

  • September 20, 2026

‘खुस्बु ओली जी तपाईँलाई जनताले सांसद बनाएका हुन् कि धर्म मन्त्...

  • September 20, 2026

रास्वपा भोजपुर–काठमाडौं सम्पर्क मञ्चद्वारा डा. भक्त राईसँग भेट...

  • September 19, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved