काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण जाने भएका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा त्यसतर्फ जान लागेका हुन् ।
पाँचौपटक प्रधानमन्त्री भएपछि देउवा पहिलोपटक भारत भ्रमणमा जाने भएका हुन् । प्रधानमन्त्री देउवाले चैत्र १८ देखि २० गतेसम्म भारत भ्रमण गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले संयुक्तरुपमा जनकपुर–जयनगर रेल सेवा शुभारम्भ गर्ने तयारी छ ।
यसअिघ भाइब्रेन्ट गुजरात समिटमा भाग लिन प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाने तयारी गरिए पनि कोरोना महामारीका कारण स्थगित भएको थियो ।










