४ वैशाखभित्र उम्मेदवार टुंगो लगाइसक्नुपर्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौं। सत्ता गठबन्धनको बैठकले ४ वैशाखभित्र उम्मेदवार टुंगो लगाइसक्नुपर्ने निर्णय गरेको छ । यसका लागि आ-आफ्ना दलका कमिटीहरुलाई निर्देशन दिने सहमति भएको छ । यसअघि राखिएको समय म्याद थपेर उक्त दिनसम्म राखिएको हो । हिजो पाँच दलको बालुवाटारमा बसेको बैठकले तालमेलको मोडालिटीबारे पनि छलफल गरेको छ । बैठकमा सहभागी एक नेताका अनुसार वैशाख ४ भित्र […]

जनसभालाई सम्बाेधन गर्न ओलि बझाङमा

बझाङ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बझाङमा पुगेका छन् । एमाले जिल्ला कमिटी बझाङले सदरमुकाममा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न ओली आइपुगेका हुन् । ओलीको साथमा पार्टीका उपाध्यक्ष विष्णु पौडेल, पार्टीका सुदूरपश्चिम प्रदेश सहइन्चार्ज कर्ण थापा, प्रदेश अध्यक्ष दामोदर भण्डारी, पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाललगायतका नेता कार्यकर्ता बझाङ आइपुगेका छन् ।

निर्माण भयाे पार्टी कार्यालयमा बि पिकाे शालिक

खोटाङ। नेपाली कांग्रेस खोटाङले पार्टी कार्यालयमा विश्वेश्वर प्रसाद कोइरालाको शालिक निर्माण गरेको छ। नेपालको लागि प्रथम जननिर्वाचित प्रधानमन्त्री, जननायक तथा कांग्रेस संस्थापक नेता बि पि कोइरालाको अर्धकदको शालिक निर्माण गरेको हो। कांग्रेसका विभिन्न नेता, कार्यकर्ता र भातृ संस्थाहरुको आर्थिक सहयोगबाट निर्माण गरिएको उक्त शालिककाे आजै कांग्रेसको स्थापना दिवसका अवसर पारेर कांग्रेसका केन्द्रीय सदस्य तथा ‘घर–घर […]

जनताको घरदैलोमा गएर प्रचारप्रचार गरेर कलम चिह्नमा भोट माग्नुहोस् : अध्यक्ष नेपाल

महेन्द्रनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । कञ्चनपुरको बेदकोट नगरपालिकामा आज आयोजित सभामा अध्यक्ष नेपालले पार्टी नेतृत्वको ध्यान पनि निर्वाचनमा केन्द्रित भएको बताए । ‘वडा हुँदै टोलटोलमा कमिटी बनाउन ढिलाइ नर्गनुस्’, उनले भने, ‘जनताको घरदैलोमा गएर प्रचारप्रचार गरेर कलम चिह्नमा […]

स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने बागलुङका पाँच दलले निर्णय

गलकोट । स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने बागलुङका पाँच दलले निर्णय गरेका छन् । केन्द्रमा रहेको पाँच दलीय गठबन्धनलाई स्थानीय तहको निर्वाचनमा पनि कार्यान्वयन गर्ने निर्णय गरिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी र जनता समाजवादीले जिल्लाअन्तर्गत स्थानीय तहको निर्वाचनमा मिलेर जाने निर्णय […]

भक्तपुरमा एक लाख ८९ हजार ५८४ मतदाता

भक्तपुर। भक्तपुरमा १८ वर्ष उमेर पुगेका मतदान गर्न अधिकार प्राप्त एक लाख ८९ हजार ५८४ मतदाता पुगेका छन् । भक्तपुरमा पुरुष ९२ हजार २६५, महिला ९७ हजार ३१४ र तेस्रो लिङ्गी पाँच गरी कूल एक लाख ८९ हजार ५८४ मतदाता पुगेको आज जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जानकारी दिएको छ । कार्यालयका सूचना अधिकारी भीमबहादुर विसीले […]

सत्तारुढ गठबन्धनको बैठक भोलि बस्ने

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक भोलि बस्ने भएको छ । स्थानीय तह निर्वाचनबारे रणनीति बनाउन सत्ता गठबन्धन दलको बैठक बस्न लागेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान साढे १० बजे बस्नेगरी बैठक बोलाएको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए । कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा आवश्यकताका आधारमा गठबन्धन गर्ने निर्णय गरेसँगै […]

एक्लै एमालेसँग लड्ने कुरा अब नेपालका कुनै पनि पार्टीले नचिताए हुन्छ: अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीइ निर्वाचनमा एक्लै चुनाव लड्ने बताएका छन् । नेपालमा एमालेसँग लड्ने कुनै पनि पार्टी नभएको भन्दै उनले यस्तो बताएका हुन् । व्यवसायी एवं एमाले नेता दुर्गा प्रसाइँले सूर्यविनायकमा सञ्चालनमा ल्याएको तरकारी बजारको बुधबार उद्घाटन गर्दै अध्यक्ष ओलीले भने, ‘एक्लै एमालेसँग लड्ने कुरा अब नेपालका कुनै पनि […]

नेकपा (एकीकृत समाजवादी)को प्रचार विभागको सचिवमा प्रकाश खतिवडा चयन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को प्रचार विभागको सचिवमा प्रकाश खतिवडा चयन भएका छन् । पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाको उपस्थितिमा सदस्यसहितको बैठकले खतिवडालाई सर्वसम्मत सो पदमा छनोट गरेको हो । सोमबार पार्टीका महासचिव वेदुराम भुसालले खतिवडालाई पदबहाली गराउँदै पार्टीका गतिविधिलाई प्रचारप्रसार गरी जनतालाई सूसुचीत गराउन निर्देशन दिए । सो अवसरमा अर्का उपमहासचिव […]

काँग्रेस केन्द्रीय समिति बैठक आजपनि,चुनावी तालमेलकाे बिषयमै छलफल

काठमाडौं । नेपाली कांग्रेसमा आसन्न स्थानीय तहको निर्वाचनमा सत्तागठबन्धनमा रहेका दलसँग चुनावी तालमेल गर्ने सम्बन्धमा बहस जारी छ । शुक्रबारदेखि जारी पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा चुनावी तालमेल गर्नुपर्ने र निर्वाचनमा एक्लै जानुपर्ने सम्बन्धमा केन्द्रीय सदस्यले फरकफरक धारणा व्यक्त गरेका छन् । आज तेस्रो दिनसम्मको बैठकमा सबै पदाधिकारी र केन्द्रीय सदस्यले आफ्नो धारणा व्यक्त गर्ने क्रम […]