Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

हाम्राे प्राथमिकतामा राजावादी छैनन्,आगामि चुनावमा एमालेसँग सहकार्य हुन्छ :अध्यक्ष कमल थापा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 28, 2022
3 shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले चीनको अघोषित नाकाबन्दीका बारेमा राजनीतिक दलहरु, नागरिक समाज र आम सञ्चारमाध्यमको मौनता आश्चर्य लाग्दो रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता थापाले भने, “रसुवागढी र तातोपानी नाका चीनले नियन्त्रण गरेको छ । नाका अवरुद्ध भएका छन् । उताबाट सामान आइरहेको छैन, यताबाट जाने शून्य छ । कोभिड त बहाना हो । भारतले नाकाबन्दी गर्दा हामीले त्यत्रो आवाज उठायौं । तर चीनको अघोषित नाकाबन्दी हुँदा यहाँका राजनीतिक दल, सञ्चारमाध्यम र नागरिक समाजको मौनता आश्चर्य लाग्दो छ । यो विषयमा हामीले आवाज उठाउनुपर्छ । यसमा सरकारले ध्यान दिनुपर्ने हो ।”

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका थापाले चिनियाँ विदेशमन्त्री वाङ यी आफैं आउन चाहेपछि नेपालले औपचारिक निम्तो पठाएको खुलासा पनि गरे । उनले थपे, “चीन र नेपालको बीचमा केही समयदेखि चिसोपन देखिएको थियो । एमसीसीमा नेपालको सहभागितापछि चीनले असन्तुष्टि र आशंका पनि देखाएको थियो । अर्को कुरा के भने चिनियाँ विदेशमन्त्रीले नै आउन चाहेपछि नेपालले औपचारिक निमन्त्रणा पठाएको थियो । त्यसैले चिनियाँ विदेशमन्त्रीको भ्रमण दुई देशबीचको सम्बन्ध सुधारका लागि महत्वपूर्ण अवसरका रुपमा आएको थियो । त्यसलाई कति सदुपयोग गर्न सकियो, भोलि परिणामले देखाउने छ ।”

नेपालतर्फ चीनको सुरक्षा चासो रहेको पनि उनले औंल्याए । थापाले भने, “चीनसँग नेपालको १४ सय किलोमिटर लामो सिमाना जोडिएको छ । यदाकदा यहाँ चीनविरोधी गतिविधि हुने गरेका छन् । २०६३ सालको आन्दोलनपछि सत्तारुढ दलका नेताहरुले दलाई लामासँग भेटघाट गर्ने, विदेशी कूटनीतिक व्यक्तिहरुले शरणार्थीसँग सम्बन्ध बढाउने आदि गरेकाले पनि चीन चिन्तित छ । यो उसको सुरक्षा चासो हो । यसबारे पनि चीनले नेपालको राजनीतिक र कूटनीतिक नेतृत्वसँग कुरा गरेको हुन सक्छ । नेपालले कति भरपर्दो विश्वास दिलाउन सक्यो ? त्यो महत्वपूर्ण छ ।”

राप्रपा नेपालका अध्यक्ष थापाले नेपालले आफ्नो आवश्यकता र क्षमताअनुसार मात्र ऋण लिनुपर्ने औंल्याए । उनले भने, “नेपाल भारत र चीन दुवैबाट परिवेष्ठित छ । विगतमा हाम्रो पहुँच केवल भारततर्फ केन्द्रित थियो । सन् २०१६ पछि खुला व्यापारका निम्ति समझदारी भएपछि रेल, तेल र बिजुलीमा अगाडि बढ्ने कुरा थियो । त्यसमा ठोस प्रगति भएको छैन । अब नेपालले कोसँग अनुदान लिने वा कोसँग ऋण लिने भन्ने कुरा आफ्नो आवश्यकता र क्षमताका आधारमा तय गर्नुपर्छ । बीआरआईको ब्याज धेरै भएकाले ऋणमा जानु जोखिमपूर्ण हुन्छ ।”

राप्रपा नेपालका अध्यक्ष थापाले आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग गठबन्धन गरेर जान चाहेको पनि खुलाए । उनले भने, “राप्रपा नेपाल पुनःजागृत भएको डेढ महिनामात्र भएको छ । त्यसैले स्थानीय चुनावमा त्यति ठूलो महत्वाकांक्षा राखेका छैनौं । सीमित जित्ने ठाउँमा नेकपा एमालेसँग गठबन्धनको प्रयास गरेका छौं । तर, स्थानीय तहमा कहाँ कहाँ सहकार्य हुन्छ, म ठ्याक्कै भन्न सक्दिनँ । विगतमा राजसंस्था पुनःस्थापनाको एजेन्डा बोकेकाले राजनीतिक रुपमा अछुत र मूलधारबाट अलग रहेको जस्तो थियो । अब लोकतन्त्र, सनातन हिन्दु राष्ट्र र आर्थिक समृद्धिका लागि अघि बढेकाले सहकार्यका लागि सहजता पनि छ ।”

तपाईंको पार्टीमा राप्रपाबाट खासै नेता कार्यकर्ता आएनन् नि भन्ने पत्रकार धमलाको प्रश्नमा थापाले भने, “राप्रपाबाट कति व्यक्ति आउँछन् भनेर हामीले नयाँ अभियान सुरु गरेका होइनौं । हामीले फरक ढंगबाट अघि बढ्न खोजेका छौं । राजसंस्थाको पुनःस्थापनालाई कार्यनीति बनाएका पनि छैनौं । हाम्रो प्राथमिकता हिजोका राजावादी होइनन्, हिन्दु राष्ट्रको पुनःस्थापनामा लागेका सम्बद्र्धनवादी विचारधारा बोकेका मानिस हुन् ।”

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

पशुबलि विरोधको नाममा धार्मिक असहिष्णुता र सामाजिक विभाजन नगरौँ

  • September 20, 2026

उदयपुरमा धारिलो हतियार प्रहारबाट श्रीमतीको मृत्यु

  • September 20, 2026
AI Photo

स्थानीय सरकारमा महिला नेतृत्वको २५ उदाहरण : अवसर पाए महिलाले प...

  • September 20, 2026

चुलोदेखि जिल्लाको प्रशासनिक नेतृत्वसम्म : १२ महिला सीडीओले देख...

  • September 20, 2026

कांग्रेसको १५औँ महाधिवेशन : आज ३१ जिल्लामा वडा अधिवेशन हुँदै

  • September 20, 2026

‘खुस्बु ओली जी तपाईँलाई जनताले सांसद बनाएका हुन् कि धर्म मन्त्...

  • September 20, 2026

रास्वपा भोजपुर–काठमाडौं सम्पर्क मञ्चद्वारा डा. भक्त राईसँग भेट...

  • September 19, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved