Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मन्त्रिद्वय आले र श्रेष्ठ ओलि निवास पुगे भनेर साइबर सेनाकाे हल्लाले पार्टि र नेताहरुकाे निद्रा खराब गराए : अध्यक्ष नेपाल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 24, 2022
30 shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अरुको सहारामा चुनाव जित्ने कुरा नसोच्न आग्रह गरेका छन् । बुधबार काठमाडौंमा भएको पार्टीको बाग्मती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकमा बोल्दै अध्यक्ष नेपालले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई अरुको सहारामा चुनाव जित्ने कुरा नसोच्न आग्रह गरेका हुन् ।

उनले आफ्नो शक्ति बलियो भए मात्र अरुसँगको तालमेलको अर्थ रहने भन्दै आफ्नो स्थिति कमजोर भएको बेलामा अनावश्यक कुरा सोच्नु नहुने बताए । अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा समाज र पार्टीले चिनेको मान्छेलाई मात्रै उम्मेदवारीमा उठाउनु पर्ने बताए ।

उनले भनेका छन्, ‘हामी सबैले ध्यानमा राख्नुपर्ने कुरा के हो भने आफ्नो शक्ति बलियो भयो भने मात्र अरुसँगको तालमेलको कुनै अर्थ रहन्छ । अरुको सहारमा चुनाव जित्ने कुरा नसोच्नुहोस् । हाम्रो शक्तिको जगमा उभिएर नै अरुको सहयोग लिएर जित्ने कुरा सोच्न सकिन्छ । स्थिति कमजोर छ भने अनावश्यक रुपमा दावा गर्ने काम पनि गर्नु हुँदैन । फेस मूल्याङ्कन गर्नुपर्छ । लोकप्रिय व्यक्ति चाहिन्छ । पार्टीको नीतिहरु दरोसँग अवलम्वन गरेर अघि बढ्ने मान्छे चाहिन्छ ।’

अध्यक्ष नेपालले आफ्नो पार्टीमा रहेका मन्त्रीदवय प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठ राति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न गएको कुरा झुटो भएको दाबी गरे । उनले अध्यक्ष ओलीका साइबर सेनाहरुले झुटो प्रचार गर्दा आफ्नो र पार्टीका नेताहरुको निन्द्रा खराब भएको बताए ।

अध्यक्ष नेपालले नेकपा एमाले अध्यक्ष ओलीका अपराधहरुलाई जम्मा गरेर जनतासमक्ष लैजाने पर्ने बताए । उनले केपी ओली झुटो बोल्न माहिर रहेको र जे पनि भनिदिन सक्ने आरोप लगाए । उनले थप भने, ‘तपाईको र एमालेको पार्टीमा के फरक छ कमरेड ? तपाईका दुई मन्त्रीहरु एमालेमा जान लाग्नुभएको हो कमरेड ? अरु पार्टी र तपाईको पार्टीमा के फरक छ र तपाईलाई जिताउने कमरेड ? भनेर धेरै प्रश्नहरु उदाहरणको निम्ति एउटा प्रचार गरिएछ, दुई मन्त्री प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठमध्यरातमा बालकोट पुगेछन्, केपी ओलीसँग गोप्य वार्ता गरेछन्, अब उनीहरुको टिकटबाट चुनावमा लड्ने रे । त्यसले कतिपय हाम्रा कमरेडहरुको निन्द्रा खराब ।’

यसका साथै अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीले नै एमसीसी परियोजनामार्फत् नेपाललाई इण्डोप्यासिफिकको अंग बनाउने कुरा ल्याएको आरोप लगाए । उनले आफूले त्यसको बिरोध गरेपछि अहिले अमेरिकाले इण्डोप्यासिफिकको अंग बन्ने कुरा काटेको बताए ।

अध्यक्ष नेपालले अध्यक्ष ओलीको विचारमा क्रान्तिकारीता नभएको आरोप लगाउँदै दक्षिणपन्थी अवसरवादसँग ओली रहेको बताए ।

अध्यक्ष नेपालले भने, ‘एमसीसीको कुरा गर्ने हो भने इण्डोप्यासिफिकको अंग हुने कुरा ल्याउने को हो ? केपी ओली, उनको को मन्त्री प्रदीप ज्ञवाली, कुन मिति हेर्नुहोस् । हामीले डकुमेण्ट दिएका छौँ । त्यसको बिरोध गर्ने को ? हामी । बिरोध गरिसकेपछि अमेरिकाले हिजो अंग भनेको थियो अहिले काट्यो । त्यही पनि केपी ओलीको कुरा ठूलो । जनताको बहुदलीय जनवाद व्यक्तिवादको सिद्धान्त हो ? निरंकुशताको सिद्धान्त हो ? एक व्यक्तिको आधिपत्यको सिद्धान्त हो ? होइन यो कमिटी प्रणाली हो । सामुहिकताको सिद्धान्त हो । लोकतान्त्रिक मूल्य र मान्यताको आत्मसातीकरण हो ।’

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

पशुबलि विरोधको नाममा धार्मिक असहिष्णुता र सामाजिक विभाजन नगरौँ

  • September 20, 2026

उदयपुरमा धारिलो हतियार प्रहारबाट श्रीमतीको मृत्यु

  • September 20, 2026
AI Photo

स्थानीय सरकारमा महिला नेतृत्वको २५ उदाहरण : अवसर पाए महिलाले प...

  • September 20, 2026

चुलोदेखि जिल्लाको प्रशासनिक नेतृत्वसम्म : १२ महिला सीडीओले देख...

  • September 20, 2026

कांग्रेसको १५औँ महाधिवेशन : आज ३१ जिल्लामा वडा अधिवेशन हुँदै

  • September 20, 2026

‘खुस्बु ओली जी तपाईँलाई जनताले सांसद बनाएका हुन् कि धर्म मन्त्...

  • September 20, 2026

रास्वपा भोजपुर–काठमाडौं सम्पर्क मञ्चद्वारा डा. भक्त राईसँग भेट...

  • September 19, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved