काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटीको प्रथम बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे महाराजगञ्जस्थित रोयल दरबार रेष्ट्रो एन्ड भेन्युमा बस्ने एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए
आजको स्थायी कमिटी बैठकबाट हालै सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पारित विषयवस्तुका आधारमा स्थानीय निर्वाचन केन्द्रित ठोस कार्ययोजना बनाएर पार्टी पंक्तिलाई निर्वाचनमा परिचालन गर्ने योजना बनाइने रिजालले जानकारी दिए । एमालेको स्थायी कमिटीमा पदाधिकारीसहित ४५ सदस्य छन् ।











