काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तह निर्वाचनमा एमाले एक्लैले जित निकाल्ने बताएका छन् । बुधबार काठमाडौंमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत आफ्नो राजनीतिक प्रतिवेदनमा यस्तो दावी गरेका छन् ।
विभिन्न पाँच बुँदामा समेटिएको प्रतिवेदनमा ओलीले आगामी स्थानीय तह निर्वाचनमा एमाले एक्लैले जित निकाल्ने एमालेसँग पर्याप्त आधार रहेको समेत बताएका छन् ।

अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘यस निर्वाचनमा हामीसँग जीतका पर्याप्त आधार छन् । हाम्रो पार्टीप्रतिको जनविश्वास दिनप्रतिदिन बढ्दै जानु नै मुख्य आधार हो ।’ File photo










