जनताको चुलो चिन्ने बजेट आएको छ : सांसद राजिब खत्री

भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा रास्वपा नेता राजिब खत्रीले निर्वाचनका क्रममा जनतामाझ गरेका प्रतिबद्धताहरू स्मरण गर्दै अहिलेकाे सरकार जनताको चुलो चिन्ने खालको भएकाे बताएका छन्। सरकारले प्रस्तुत गरेको बजेट जनताको दैनिक जीवन र आवश्यकतालाई केन्द्रमा राखेर ल्याइएको समेत खत्रीले दाबी गरेका छन्। सूर्यविनायकस्थित एक पार्टी प्यालेसमा आयोजित राष्ट्रिय […]

रास्वपा सूर्यबिनायक नगर अधिवेशन भाेलि, प्रमुख अतिथिमा भुपदेब आउँदै

भक्तपुर ।  राष्ट्रिय स्वतन्त्र पार्टी सूर्यविनायक नगर समिति भक्तपुरले आफ्नो प्रथम नगर अधिवेशन आयोजना गर्ने भएको छ। अधिवेशन भाेलि २०८३ साल असार १६ गते शनिबार सूर्यविनायक, भक्तपुरमा सम्पन्न हुने जनाइएको छ। कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्तासहित स्थानीय सर्वसाधारणको समेत सहभागिता रहने अपेक्षा गरिएको छ। उक्त नगर अधिवेशनकाे  प्रमुख अतिथिका रूपमा महामन्त्री भूप देव शाह सहभागी […]

शंखरापुरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम नगर अधिवेशन सम्पन्न, हरिचन्द्र थापा सभापतिमा निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी को शंखरापुर नगरपालिकास्तरीय ऐतिहासिक प्रथम नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशन माननीय सुनिल के.सी., केन्द्रीय सदस्य धनेज थापा लगायत विभाग, प्रदेश, जिल्ला तथा क्षेत्रीय समितिका प्रतिनिधिहरूको गरिमामय उपस्थितिमा सम्पन्न भएको हो। अधिवेशनबाट हरिचन्द्र थापाको नेतृत्वमा नयाँ नगर कार्यसमिति चयन गरिएको छ। समितिको उपसभापतिमा अमृता खड्का, सचिवमा रुपक पोखरेल तथा सह–सचिवमा […]

पूर्वगृहमन्त्री रवि र प्रधानमन्त्री बालेन शाहबीच गोप्य भेट : भारतीय भ्रमणअघि रणनीतिक छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने भारत प्रस्थान गर्नुअघि प्रधानमन्त्री बालेन शाहसँग विशेष भेटवार्ता भएको स्रोतले जनाएको छ । राजधानीस्थित एक निजी स्थानमा भएको उक्त भेटमा नेपाल–भारत सम्बन्ध, सीमासम्बन्धी विषय, आर्थिक सहकार्य तथा समसामयिक राजनीतिक अवस्थाबारे गम्भीर छलफल भएको बताइएको छ । भेटमा विशेषगरी नेपाली भूमि फिर्ता, सीमा विवाद समाधान र […]

यी हुन् सरकारको आज बसेकाे मन्त्री परिषदकाे निर्णय

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चार महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ। शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गर्दै कृषि, ऊर्जा, सहकारी तथा नागरिक उड्डयन क्षेत्रसँग सम्बन्धित विषयमा सरकारको निर्णय सार्वजनिक गरेका हुन्। बैठकले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धानबालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। सरकारका अनुसार मोटा धानको […]

मनहरीमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम पालिका अधिवेशन सम्पन्न : गोविन्द सापकोटा पुनः सर्वसम्मत सभापति चयन

मकवानपुर। मकवानपुर जिल्लाको मनहरी गाउँपालिका मा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम पालिका अधिवेशन उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। अधिवेशनबाट गोविन्द सापकोटा पुनः सर्वसम्मत रूपमा पालिका सभापतिमा चयन भएका छन्। पार्टीका स्थानीय नेता–कार्यकर्ता, वडा प्रतिनिधि तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिताबीच सम्पन्न अधिवेशनले आगामी संगठनात्मक यात्राका लागि नयाँ ऊर्जा थपेको बताइएको छ। स्थानीय तहमा संगठन विस्तार, जनसरोकारका विषयमा सक्रिय […]

राष्ट्रिय स्वतन्त्र पार्टी चन्द्रागिरि नगर सभापतिमा जनार्दन केसी निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी चन्द्रागिरि नगर समितिको पहिलो अधिवेशन सम्पन्न भएको छ। संगठन विस्तार तथा स्थानीय तहमा पार्टीलाई थप सशक्त बनाउने उद्देश्यसहित आयोजित अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनबाट जनार्दन केसी चन्द्रागिरि नगर सभापतिमा निर्वाचित भएका छन्। सभापति पदका लागि खसेको कुल २०२ मतमध्ये केसीले १५३ मत प्राप्त गर्दै स्पष्ट बहुमतसहित […]

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन तयारी तीव्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ले आफ्नो पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्रता दिएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले २०८३ साल फागुन ७ गते जारी सूचनामार्फत महाधिवेशन तयारी सम्बन्धी विस्तृत कार्यतालिका सार्वजनिक गरेको हो। सूचनाअनुसार केन्द्रीय निर्वाचन आयोगको निर्णय बमोजिम प्रदेश तथा जिल्ला तहमा निर्वाचन समिति गठन, अधिवेशन प्रतिवेदन संकलन, प्रतिनिधिको नामावली पेश तथा प्रदेश […]

राष्ट्रिय स्वतन्त्र पार्टी दक्षिणकालीको प्रथम नगर अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी दक्षिणकाली नगरपालिकाको ऐतिहासिक प्रथम नगर अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। अधिवेशनबाट निर्वाचित सम्पूर्ण नेतृत्वलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। नवनिर्वाचित नेतृत्वले जनताको आशा, भरोसा र परिवर्तनको सपना बोकेर पदमा सीमित नरही उत्तरदायित्वको उचाइमा उभिने अपेक्षा गरिएको छ। नगरभित्र जरा गाडेर बसेका भ्रष्टाचार, बेथिति र निष्क्रिय […]

श्रम संस्कृति पार्टीको वागमती प्रदेश तदर्थ समिति गठन, अध्यक्षमा निमा मोक्तान तामाङ

काठमाडौं । श्रम संस्कृति पार्टीको वागमती प्रदेश नं. ३ तदर्थ समिति सर्वसम्मतिबाट गठन गरिएको छ । नवगठित समितिको अध्यक्षमा निमा मोक्तान तामाङ चयन हुनुभएको छ । समितिको उपाध्यक्षहरूमा श्यामलाल योन्जन, किशोर राना मगर, पशुपति तुलाधर, निता पाण्डे तथा सन्जय राई चयन हुनुभएको छ । सचिवमा जगन्नाथ पौडेल चयन हुँदा सहसचिवहरूमा धर्मचन्द्र योन्जन, रत्नमान शंखदेव तथा […]