काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आह्वान गरेको सर्वदलीय बैठकमा नेकपाको सहभागिता रहने भएको छ।
पार्टी स्रोतका अनुसार बैठकमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड भने सहभागी नहुनेछन्। उनको सट्टा पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल र नेता वर्षमान पुनले नेकपाको प्रतिनिधित्व गर्ने तयारी गरिएको छ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, राष्ट्रिय महत्वका विषय तथा दलहरूबीच साझा धारणा निर्माणका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। नेकपाले पनि आफ्ना धारणा र सुझाव बैठकमा प्रस्तुत गर्ने जनाएको छ।
रास्वपा सभापति लामिछानेले विभिन्न राजनीतिक दलबीच संवाद र सहकार्यलाई प्रोत्साहन गर्ने उद्देश्यले सर्वदलीय बैठक आह्वान गरेका हुन्। बैठकमा प्रमुख राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहने बताइएको छ।










