Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रास्वपा गण्डकी अधिवेशन : डा. हरि कार्कीको सम्भावित उम्मेदवारीले बढायो चर्चा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 10, 2026
29Shares

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेशको जेठ २९ गते हुने प्रदेश अधिवेशन नजिकिँदै जाँदा सभापति पदको प्रतिस्पर्धा थप रोचक बन्ने संकेत देखिएको छ। पार्टीभित्र वैकल्पिक राजनीति तथा सामाजिक अभियानका अभियन्ता डा. हरि कार्की सभापति पदका सम्भावित दाबेदारका रूपमा चर्चामा आएका छन्।

पार्टी स्रोतहरूका अनुसार डा. कार्की सभापति पदमा उम्मेदवारी दिने तयारीमा रहेको चर्चा गण्डकी प्रदेशका नेता–कार्यकर्तामाझ तीव्र बनेको छ। यद्यपि उनले हालसम्म आफ्नो उम्मेदवारीबारे औपचारिक घोषणा गरेका छैनन्।

डा. कार्की वैकल्पिक राजनीतिक अभियानसँग लामो समयदेखि जोडिएका व्यक्तित्व हुन्। उनी स्थानीय तहलाई निर्दलीय बनाउने ‘अटेरी अभियान’का संस्थापक सदस्य, ‘लौरो अभियान’का केन्द्रीय प्रवक्ता, ‘नागरिक बचाउ अभियान’का अध्यक्ष मण्डल सदस्य तथा संगठन विभाग प्रमुख, ‘नागरिक विद्रोह’का संयोजक र ‘जेन जी २.०’ का केन्द्रीय संरक्षकका रूपमा सक्रिय रहँदै आएका छन्। हाल उनी रास्वपाको केन्द्रीय सहकारी विभाग सदस्यको जिम्मेवारीमा रहेका छन्।

लौरो अभियान र रास्वपाबीच भएको समायोजन प्रक्रियामार्फत पार्टीमा आबद्ध भएका कार्कीलाई वैकल्पिक राजनीतिक धाराका स्थापित अभियन्ताका रूपमा लिने गरिन्छ। लौरो अभियानसँग आबद्ध विभिन्न जिल्लाका अभियन्ताहरूको पार्टीभित्र समायोजन प्रक्रिया पनि जारी रहेको बताइन्छ।

शिक्षा र व्यवस्थापन क्षेत्रमा समेत लामो अनुभव रहेका कार्कीले २६ वर्षभन्दा बढी समय शिक्षण पेशामा बिताएका छन्। वित्त तथा लेखाशास्त्र विषयका विशेषज्ञ मानिने उनी हाल हिमाल कलेज अफ म्यानेजमेन्टका क्याम्पस प्रमुखका रूपमा कार्यरत छन्।

उनीसँग निकट रहेर काम गरेका नेता तथा कार्यकर्ताहरूका अनुसार कार्की संगठन निर्माण, रणनीतिक योजना तर्जुमा, समन्वय र व्यवस्थापनमा दक्ष व्यक्तित्व हुन्। विभिन्न समूहबीच संवाद र सहकार्यको वातावरण निर्माण गर्न सक्ने क्षमता उनका सबल पक्षका रूपमा लिइन्छ।

रास्वपा गण्डकी प्रदेश अधिवेशन नजिकिँदै जाँदा नेतृत्वका आकांक्षीहरूको चर्चा बढिरहेको छ। यस्तो अवस्थामा डा. कार्कीले उम्मेदवारी घोषणा गरेमा सभापति पदको प्रतिस्पर्धा थप आकर्षक, प्रतिस्पर्धात्मक र चासोको विषय बन्न सक्ने राजनीतिक वृत्तमा चर्चा छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

कात्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जो...

  • October 27, 2026

सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

  • October 27, 2026

चुनावको मुखमा बेलकोटगढीमा रास्वपालाई धक्का, नेता–कार्यकर्ताले ...

  • October 27, 2026

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढ्यो, असोजमा ३२ हजारभ...

  • October 27, 2026

आजको मौसम : दिउँसो कोशी, मधेस, बागमती प्रदेशमा आंशिक बादल लाग्ने

  • October 27, 2026

रामेश्वर परियार पाँच वर्षदेखि मिर्गौला रोगसँग संघर्षरत, उपचारक...

  • October 27, 2026

सरु बानियाँलाई हराउनुपर्ने कारण के थियो, कांग्रेसिजन?

  • October 26, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved