Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रास्वपाको बागमती प्रदेश अधिवेशन आजदेखि, नेतृत्व चयनमा प्रतिस्पर्धा हुने संकेत

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 9, 2026
6 shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ६ र ७ गते चितवनमा हुने राष्ट्रिय महाधिवेशनको तयारी अन्तर्गत देशभर प्रदेश अधिवेशन सुरु भएको छ। मातहतका वडा, पालिका तथा जिल्ला अधिवेशन सम्पन्न गरेपछि रास्वपाले आजदेखि प्रदेश अधिवेशनको औपचारिक शुभारम्भ गरेको हो।

रास्वपाका प्रवक्ता मनिष झाले तोकिएको समयमै अधिकांश वडा, पालिका र जिल्ला अधिवेशन सम्पन्न भएको जानकारी दिँदै आजबाट प्रदेश अधिवेशन सुरु भएको बताएका छन्। उनका अनुसार जेठ २३ र २४ गते देशभरका अधिकांश जिल्ला अधिवेशन सम्पन्न भएका थिए।

प्रदेश अधिवेशनको पहिलो चरणअन्तर्गत बागमती प्रदेशको अधिवेशन आज हेटौंडामा सुरु हुँदैछ। हेटौंडास्थित हिमालयन दरबारमा हुने अधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्ने कार्यक्रम तय भएको छ। बागमती प्रदेशपछि अन्य प्रदेशहरूको अधिवेशन पनि क्रमशः सञ्चालन गरिने जनाइएको छ।

बागमती प्रदेश नेतृत्व चयनका लागि सभापति पदमा प्रतिस्पर्धा हुने संकेत देखिएको छ। हालका प्रदेश सभापति डा. अच्युत्तम लामिछाने पुनः सोही पदमा दोहोरिने तयारीमा छन् भने प्रदेश समितिका वर्तमान प्रवक्ता उत्सव अर्याल पनि सभापतिको दाबेदारका रूपमा देखिएका छन्।

उपसभापति पदका लागि डा. रमेश ढकाल र मेनुका ठकुरी आकांक्षी रहेको प्रदेश नेताहरूले बताएका छन्। डा. ढकाल रास्वपाको प्रदेश स्वास्थ्य विभागमा आबद्ध हुनुका साथै शंखरापुर अस्पतालका सञ्चालकसमेत हुन्। यस्तै, वर्तमान महामन्त्री सुरेन्द्र भट्ट पुनः सोही पदमा निर्वाचित हुने तयारीमा छन्।

रास्वपाको विधानअनुसार बागमती प्रदेश समिति ६५ सदस्यीय हुनेछ। समितिमा सभापति, उपसभापति, महामन्त्री, दुई जना सहमहामन्त्री, कोषाध्यक्ष र प्रवक्ता रहने व्यवस्था छ। सहमहामन्त्रीमध्ये एक महिला र एक पुरुष हुनुपर्ने प्रावधान रहेको छ।

विधानअनुसार निर्वाचन आवश्यक परेमा नेतृत्व चयन दुई चरणमा हुनेछ। पहिलो चरणमा सभापति र प्रदेश सदस्यहरूको निर्वाचन गरिनेछ। त्यसपछि निर्वाचित प्रदेश सदस्यहरूमध्येबाट अन्य पदाधिकारी चयन गर्न प्रतिनिधिहरूले दोस्रो चरणको मतदान गर्ने व्यवस्था गरिएको रास्वपाले जनाएको छ।

रास्वपाले प्रदेश अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्दै राष्ट्रिय महाधिवेशनको तयारीलाई अन्तिम चरणमा पुर्‍याउने लक्ष्य लिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved