Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

एमालेभित्र बढ्दो नेतृत्व जडता र युवाको असन्तुष्टि : खोटाङका प्रभावशाली युवा नेता दिनेश राईद्वारा पार्टी परित्याग

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 9, 2026
0 shares

खोटाङ । नेकपा एमालेभित्र नेतृत्व तहमा बढ्दो स्थिरता, पुस्तान्तरणको अभाव र युवा नेतृत्वलाई अवसर नदिइएको गुनासो चुलिरहेका बेला खोटाङका प्रभावशाली युवा नेता तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ का वडाध्यक्ष दिनेशकुमार राईले पार्टी परित्यागको घोषणा गरेका छन्।

लामो समयदेखि एमाले राजनीतिमा सक्रिय रहँदै आएका राईले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको वक्तव्यमार्फत आफू आजको मिति २०८३ जेठ २५ गतेदेखि नेकपा एमाले तथा पार्टीका सम्पूर्ण कमिटी, जनसंगठन र जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन्।

२०६४ सालदेखि एमालेको संगठित सदस्यका रूपमा राजनीतिक यात्रा सुरु गरेका राई राष्ट्रिय युवा संघ नेपाल खोटाङको जिल्ला सदस्य, जिल्ला अध्यक्ष, केन्द्रीय सचिवालय सदस्य, जिल्ला इन्चार्ज, युथ फोर्स इन्चार्ज तथा एमाले जिल्ला कमिटी सदस्य र सचिवालय सदस्यजस्ता महत्वपूर्ण जिम्मेवारीमा रहिसकेका नेता हुन्।

२०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा एमालेकै तर्फबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ को वडाध्यक्षमा निर्वाचित भएका राईलाई एमालेको परम्परागत प्रभाव क्षेत्र बुइपाका बलिया युवा नेताका रूपमा चिनिन्थ्यो। दोस्रो कार्यकालमा पनि उनले भारी मतान्तरसहित विजय हासिल गरेका थिए।

राईले आफ्नो निर्णय कुनै व्यक्ति, समूह वा नेतृत्वप्रतिको व्यक्तिगत असन्तुष्टिका कारण नभई आफ्नै राजनीतिक मूल्य, विचार र आगामी यात्राको दिशाअनुसार लिएको बताएका छन्। उनले अब नयाँ ढंगले जनताको सेवा गर्ने संकल्पका साथ एमालेसँगको औपचारिक राजनीतिक सम्बन्ध समाप्त गरेको उल्लेख गरेका छन्।

तर राजनीतिक वृत्तमा भने राईको बहिर्गमनलाई एमालेभित्र बढ्दो नेतृत्व जडता र युवापुस्तामा चुलिएको निराशासँग जोडेर हेरिएको छ। पार्टीको शीर्ष नेतृत्वमा लामो समयदेखि उही अनुहार दोहोरिने, पुस्तान्तरणको बहस निष्कर्षमा नपुग्ने र युवालाई निर्णायक भूमिकामा स्थापित गर्न नसकिएको भन्दै एमालेभित्रै असन्तुष्टि बढ्दै गएको चर्चा हुने गरेको छ।

विशेषगरी आगामी भदौ २३–२४ गतेपछि पनि पार्टीको केन्द्रीय नेतृत्वमा कुनै सार्थक परिवर्तन नआए युवा पुस्ताको मोहभंग अझ तीव्र हुन सक्ने विश्लेषण एमाले वृत्तमै हुन थालेको छ। पार्टीमा दशकौं योगदान दिएका युवा नेताहरूले समेत आफ्नो राजनीतिक भविष्य अनिश्चित देख्न थालेपछि वैकल्पिक राजनीतिक बाटो रोज्ने प्रवृत्ति बढ्न सक्ने संकेत राईको निर्णयले दिएको टिप्पणी राजनीतिक विश्लेषकहरूको छ।

खोटाङमा एमाले संगठन निर्माण र युवा परिचालनमा महत्वपूर्ण भूमिका खेलेका राईको बहिर्गमनले जिल्ला राजनीतिमा मात्रै होइन, एमालेभित्रको युवा मनोविज्ञानबारे पनि गम्भीर प्रश्न खडा गरेको छ। लामो समय पार्टीका लागि काम गरेका युवा नेताहरू किन निरन्तर बाहिरिन बाध्य भइरहेका छन् भन्ने विषयमा नेतृत्वले आत्मसमीक्षा नगर्ने हो भने आगामी दिनमा यस्ता घटनाहरू थप बढ्न सक्ने राजनीतिक जानकारहरूको भनाइ छ।

राईले एमाले त्यागेसँगै उनको आगामी राजनीतिक यात्रा कुन दिशातर्फ मोडिने हो भन्ने विषयमा भने चासो बढेको छ। अहिलेका लागि उनले कुनै दलमा प्रवेश गर्ने घोषणा नगरे पनि उनको कदमलाई एमालेभित्रको नेतृत्व संकट र युवाको बढ्दो असन्तुष्टिको अर्को संकेतका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved