Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जनताको अधिकार खोस्ने प्रयास भए सशक्त प्रतिवाद गर्छौं : रिजवान अन्सारी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 12, 2026
12.7KShares

सर्लाही । नेपाल संघीय समाजवादी पार्टीले सर्लाही जिल्लामा संगठन विस्तार अभियानलाई तीव्र बनाउँदै आगामी पुस २९ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ। पार्टीको जिल्ला सचिवालय बैठकले जिल्ला अधिवेशनको तयारीलाई व्यवस्थित बनाउन पुस ३१ गते जिल्ला कमिटीको पूर्ण बैठक आयोजना गर्ने निर्णयसमेत गरेको छ।

पार्टीका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज सीताराम शाहको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी र पार्टीकी नेतृ, पूर्व गृह, कानुन तथा सञ्चारमन्त्री एवं मधेश प्रदेशसभा सदस्य माननीय बिमला अन्सारीको विशेष उपस्थिति रहेको थियो। बैठकको सञ्चालन पार्टीका जिल्ला सचिव शेख रजी अहमद ले गर्नुभएको थियो। बैठकमा संघीय समाजवादी महिला संगठनकी अध्यक्ष फातिमा खातुन पार्टी केन्द्रीय सदस्य शेख इलियास लगायत जिल्ला कमिटीका नेताकार्यकर्ताहरूको सहभागिता रहेको थियो।

बैठकले जिल्ला अधिवेशनअघि सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा गाउँपालिका तथा नगरपालिका कमिटी गठन गर्ने, जिल्लाका सबै वडामा वडा कमिटी निर्माण गर्ने तथा जिल्लाभर साधारण र सक्रिय सदस्यता वितरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। त्यसैगरी, जिल्ला पार्टी कार्यालयलाई व्यवस्थित र चुस्तदुरुस्त बनाउँदै पार्टीको दैनिक गतिविधिलाई प्रभावकारी रूपमा अगाडि बढाउने निर्णयसमेत गरिएको छ।

जनताको अधिकार रक्षाका लागि बलियो वैकल्पिक राजनीतिक शक्ति आवश्यक : अन्सारी

बैठकलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय अध्यक्ष मोहम्मद रिजवान अन्सारीले मुलुक गम्भीर राजनीतिक संकटको अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै नेपाली जनताले लामो संघर्षबाट प्राप्त गरेका उपलब्धिहरू नै संकटमा पर्ने सम्भावना देखिएको बताउनुभयो।

उहाँले प्राप्त राजनीतिक उपलब्धिहरूको रक्षा गर्दै उत्पीडित समुदायका थप अधिकार सुनिश्चित गर्न बलियो वैकल्पिक राजनीतिक शक्तिको निर्माण अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो।

अध्यक्ष अन्सारीले भन्नुभयो, “नेपालको आर्थिक, जातीय, क्षेत्रीय, लैङ्गिक तथा धार्मिक उत्पीडनमा परेका सम्पूर्ण नेपाली जनताको सपना साकार पार्न र मुलुकलाई समानताको जगमा उभ्याउन बलियो राजनीतिक संगठन निर्माण गर्नु आजको आवश्यकता हो। देशमा विद्यमान सबै प्रकारका शोषण, उत्पीडन, अन्याय, अत्याचार, छुवाछुत र भेदभावको अन्त्यका लागि संगठित राजनीतिक संघर्ष आवश्यक छ।”

उहाँले पार्टीका जिल्ला तथा स्थानीय तहका नेताकार्यकर्तालाई अहोरात्र खटेर संगठन निर्माणमा जुट्न निर्देशन दिँदै जनताको विश्वास जित्ने गरी पार्टीका गतिविधि सञ्चालन गर्न आग्रह गर्नुभयो।

जनताको अधिकार खोस्ने र मुलुकलाई प्रतिगमनतर्फ धकेल्ने प्रयास भए त्यसको सशक्त प्रतिवाद गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष अन्सारीले उत्पीडित जनताको अधिकार, सम्मान र समानताका लागि नेपाल संघीय समाजवादी पार्टीलाई बलियो राजनीतिक शक्तिका रूपमा स्थापित गर्नुपर्ने बताउनुभयो।

उहाँका अनुसार, उत्पीडित समुदायका अधिकार सुनिश्चित गर्ने, सामाजिक न्याय कायम गर्ने र सबै नेपाली नागरिकले समान अवसर प्राप्त गर्ने व्यवस्था निर्माण गर्नु पार्टीको प्रमुख राजनीतिक उद्देश्य हो।

वर्तमान सरकारका निर्णयप्रति असन्तुष्टि, राष्ट्रिय र जनहितलाई प्राथमिकता दिन माग

अध्यक्ष अन्सारीले वर्तमान सरकारले राष्ट्रिय हित र जनताको हितविपरीत निर्णय गरिरहेको आरोप लगाउँदै सरकारका गतिविधिप्रति असन्तुष्टि व्यक्त गर्नुभयो।

उहाँले आम नागरिकमाथि अनावश्यक करको आर्थिक भार थपिँदै गएको उल्लेख गर्दै जनताको दैनिक जीवन सहज बनाउनुको सट्टा सरकारका निर्णयले नागरिकलाई थप आर्थिक दबाबमा पारेको बताउनुभयो।

सरकारका कामकारबाहीमा विभिन्न क्षेत्रमा असफलताका संकेत देखिएको दाबी गर्दै उहाँले समयमै सचेत भएर राष्ट्रिय हित र जनताको पक्षमा काम गर्न सरकारसँग माग गर्नुभयो।

उहाँले जनताको आधारभूत आवश्यकता, आर्थिक अवस्था र अधिकारका सवाललाई केन्द्रमा राखेर राज्यले आफ्ना नीति तथा कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

पुस २ गते मलङ्गवामा बृहत् पार्टी प्रवेश कार्यक्रम

बैठकले संगठन विस्तारलाई थप गति दिन आगामी पुस २ गते सोमबार बिहान ११ बजे मलङ्गवा नगरपालिकामा बृहत् पार्टी प्रवेश कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ।

सोही दिन संघीय समाजवादी महिला संगठनको शपथग्रहण कार्यक्रम तथा जिल्ला कमिटीको बैठक पनि आयोजना गरिने जनाइएको छ।

पार्टीले जिल्ला अधिवेशनअघि नै जिल्लाका सबै स्थानीय तह र वडासम्म संगठन विस्तार गर्ने, सदस्यता वितरणलाई अभियानका रूपमा सञ्चालन गर्ने तथा पार्टीमा नयाँ नेता–कार्यकर्तालाई जोड्ने योजना बनाएको छ।

त्यसैगरी, सर्लाही जिल्लामा देखिएका अन्याय, अत्याचार, प्रशासनिक ढिलासुस्ती र घुसखोरीजस्ता समस्याविरुद्ध पार्टीको पहलमा व्यवस्थित रूपमा आवाज उठाउने र नागरिकका समस्या समाधानका लागि सक्रिय भूमिका निर्वाह गर्ने निर्णय बैठकले गरेको छ।

बैठकले संगठनलाई जनताको सुखदुःखसँग जोड्दै जिल्लामा सुशासन, सामाजिक न्याय र जनअधिकारका सवालमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।

नेपाल संघीय समाजवादी पार्टीले सर्लाही जिल्लामा संगठनात्मक संरचनालाई सुदृढ बनाउँदै जिल्ला अधिवेशन सफल पार्ने र उत्पीडित समुदायका अधिकार तथा जनजीविकाका सवाललाई राजनीतिक अभियानको केन्द्रमा राख्ने लक्ष्य अघि सारेको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

रामेश्वर परियार पाँच वर्षदेखि मिर्गौला रोगसँग संघर्षरत, उपचारक...

  • October 27, 2026

सरु बानियाँलाई हराउनुपर्ने कारण के थियो, कांग्रेसिजन?

  • October 26, 2026

ढुङ्गे–त्रिशूली झोलुङ्गे पुल र सडक सम्पर्क टुट्दा बिरामीले भोग...

  • October 25, 2026

बालेन शाह नेपालकै पाँच ‘सुपर भाग्यमानी’ प्रधानमन्त्रीमध्ये एक ...

  • October 25, 2026

‘६० जनाबाट सुरु भएको जनयुद्धले देशलाई गणतन्त्रमा पुर्‍यायो’ : ...

  • October 25, 2026

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सम्पन्न, भाषा र संस...

  • October 25, 2026

माैसम : देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने

  • October 25, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved