काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा अपराह्न साढे ५ बजेसम्म ५ हजार ६३३ मत खसेको छ। निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिहरूले नयाँ केन्द्रीय नेतृत्व चयनका लागि मतदान गरिरहेका छन्।
प्रदेशगत रूपमा सबैभन्दा बढी मत बागमती प्रदेशबाट खसेको छ। निर्वाचन समितिका अनुसार बागमती प्रदेशमा १ हजार २२५ मत खसेको छ। मतदानमा बागमती प्रदेशका प्रतिनिधिहरूको सहभागिता सबैभन्दा बढी देखिएको हो।
त्यस्तै, सुदूरपश्चिम र कर्णाली प्रदेशबाट संयुक्त रूपमा ९८२ मत खसेको निर्वाचन समितिले जनाएको छ। कोशी प्रदेशबाट ९४३ र मधेश प्रदेशबाट ९०० मत खसेको छ।
यसैगरी, लुम्बिनी प्रदेशबाट ८६० मत खसेको छ भने गण्डकी प्रदेशबाट ७२३ मत खसेको छ। प्रदेशगत मत विवरणअनुसार गण्डकी प्रदेशमा सबैभन्दा कम मत खसेको देखिएको छ।
निर्वाचन समितिका अनुसार मतदान प्रक्रिया निर्वाध रूपमा सञ्चालन भइरहेको छ। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि जारी मतदान साँझ ७ बजेसम्म चल्नेछ। मतदान सम्पन्न भएपछि मतगणनासहित निर्वाचनका थप प्रक्रिया अघि बढाइने अपेक्षा गरिएको छ।






