Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

दसैँअघि नै लाभांश वितरण गर्ने तयारीमा अधिकांश बैंक

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 25, 2026
2.9K shares

काठमाडौं । सञ्चालनमा रहेका अधिकांश वाणिज्य बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को नाफाबाट दसैँअघि नै लाभांश वितरण गर्नेगरी तयारी थालेका छन् । बैंकहरूले वार्षिक लेखापरीक्षण प्रतिवेदन तयार गरी असोजको पहिलो सातासम्म साधारणसभा सम्पन्न गर्ने तयारी अघि बढाएका हुन् । हाल आधा दर्जन बैंकको लेखापरीक्षणसहितको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पुगेको छ ।

कानुनी व्यवस्थाअनुसार कुनै पनि संगठित व्यावसायिक संस्थाले आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र वार्षिक साधारणसभा सम्पन्न गरिसक्नुपर्छ । साधारणसभा गर्नुअघि वार्षिक लेखापरीक्षण गराउनुपर्ने व्यवस्था छ । बैंक तथा वित्तीय संस्थाको हकमा भने लेखापरीक्षणसहितको वित्तीय विवरण नेपाल राष्ट्र बैंकबाट स्वीकृत गराउनुपर्ने भएकाले लाभांश घोषणा र वितरणको प्रक्रिया केही नियामकीय चरण पूरा गरेपछि मात्रै अघि बढ्छ ।

नेपाल राष्ट्र बैंकका अनुसार नबिल बैंक, एभरेष्ट बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंक र सानिमा बैंकले वित्तीय विवरण स्वीकृतिका लागि राष्ट्र बैंकको सुपरिवेक्षण विभागमा पठाएका छन् । पूर्वाधार विकास बैंकका रूपमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले समेत वित्तीय विवरण स्वीकृतिका लागि पठाएको राष्ट्र बैंकले जनाएको छ । यस वर्ष दसैँ असोजको अन्तिमतिर सुरु हुने भएकाले बैंकहरूले असोजको पहिलो सातासम्म साधारणसभा बोलाएर दसैँअघि नै लाभांश वितरण गर्ने लक्ष्य राखेका छन् ।

यसपटक बैंक तथा वित्तीय संस्थाहरूको ध्यान बोनस सेयरभन्दा नगद लाभांशतर्फ बढी देखिएको छ । नेपाल राष्ट्र बैंकले पुँजीकोष अनुपात कायम गर्न अभिमोच्य अग्राधिकार सेयरको व्यवस्था तथा आवश्यकता अनुसार हकप्रद सेयर निष्कासनको बाटो खुला गरेकाले बैंकहरूले बोनस सेयरभन्दा नगद लाभांशलाई प्राथमिकता दिन खोजेका हुन् । बैंकर्सहरूका अनुसार पुँजी संरचना व्यवस्थापनमा सहज हुने भएकाले पनि नगद लाभांशतर्फ आकर्षण बढेको हो ।

हालसम्म दुई विकास बैंकले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट लाभांश घोषणा गरिसकेका छन् । कामना सेवा विकास बैंकले १५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ भने सांग्रिला डेभलपमेन्ट बैंकले ४ प्रतिशत बोनस सेयर र ६.५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । वाणिज्य बैंकतर्फ भने एभरेष्ट बैंकले ३८.३२ प्रतिशत, सिद्धार्थ बैंकले २६.१५ प्रतिशत, सानिमा बैंकले २०.८५ प्रतिशत, नबिल बैंकले १९.१० प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले १९.०९ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता प्रस्तुत गरेका छन् ।

त्यस्तै, नेपाल बैंकले १५.८४ प्रतिशत, ग्लोबल आइएमई बैंकले १२.०२ प्रतिशत र नेपाल एसबिआई बैंकले ११.०४ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता देखाएका छन् । प्राइम कमर्सियल बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक, कृषि विकास बैंक, सिटिजन्स बैंक इन्टरनेसनल र कुमारी बैंकको लाभांश क्षमता भने एकल अंकमा सीमित रहेको छ । प्रभु बैंक, हिमालयन बैंक, एनआईसी एशिया बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भने यस वर्ष लाभांश वितरण गर्न सक्ने अवस्था नदेखिएको वित्तीय विवरणले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved