व्यवसायीलाई आयकर तथा भ्याटको ई–फाइलिङसम्बन्धी तालिम

भरतपुर । चितवनका उद्योगी तथा व्यवसायीलाई आयकर तथा मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी विद्युतीय माध्यमबाट विवरण पेस गर्ने प्रक्रियाबारे जानकारी गराउने उद्देश्यले ई–फाइलिङसम्बन्धी तालिम आयोजना गरिएको छ । चितवन उद्योग वाणिज्य संघको आयोजना तथा जिआइजेड–आरएसआरएसडीको प्राविधिक सहयोग एवं विद्युत् व्यवसायी संघ चितवनको समन्वयमा तालिम सञ्चालन गरिएको हो । तालिममा उद्योगी व्यवसायीलाई आयकर तथा मूल्य अभिवृद्धि […]
सुनको मूल्य बढ्यो, तोलामा ८ सयले वृद्धि

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो। पछिल्लो कारोबारको तुलनामा सुनको मूल्य बढेर प्रतितोला ३ लाख १ हजार ८ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ। सुनको मूल्यमा भएको यो वृद्धिसँगै नेपाली बजारमा सुन खरिद गर्ने उपभोक्ताले अघिल्लो कारोबारको […]
दुई महिनामै सरकारको राजस्व संकलन १ खर्ब ८३ अर्ब रुपैयाँ

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा १ खर्ब ८३ अर्ब २१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। अर्थ मन्त्रालयका अनुसार भदौ मसान्तसम्म सरकारले उक्त रकम राजस्वका रूपमा उठाएको हो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष राजस्व संकलन २५ अर्ब ६७ करोड रुपैयाँले बढेको छ। गत वर्ष भदौ मसान्तसम्म […]
राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरको कार्यकाल तीन वर्षमा सीमित गर्ने प्रस्ताव पारित

काठमाडौँ । अर्थ समितिले नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक समिति सदस्यको कार्यकाल पाँच वर्षबाट घटाएर तीन वर्षमा सीमित गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि बुधबार भएको छलफलपछि समितिले यस्तो व्यवस्था पारित गरेको हो। कार्यसम्पादनका आधारमा उनीहरूलाई थप दुई वर्षका लागि पुनः नियुक्त गर्न सकिने […]
सभामुख अर्यालले आज नवौँ नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी उद्घाटन गर्दै

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले आज काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ‘नवौँ नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ को उद्घाटन गर्ने भएका छन्। नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा चेम्बरसँगको सहकार्यमा नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघले संयुक्त रूपमा आयोजना गरेको प्रदर्शनीको उद्घाटन बिहान १०ः३० बजे सभामुख […]
‘मुक्तिनाथ म्युचुअल फण्ड २’ को इकाई बिक्री आजदेखि

काठमाण्डौ । मुक्तिनाथ म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘मुक्तिनाथ म्युचुअल फण्ड २’ को इकाई बिक्री आजदेखि खुला भएको छ। मुक्तिनाथ विकास बैंक कोष प्रवर्द्धक तथा मुक्तिनाथ क्यापिटल योजना व्यवस्थापक रहेको यस योजनाले कुल १० करोड इकाई निष्कासन गर्न लागेको हो। कुल निष्कासनमध्ये बीज पुँजीबापत २० लाख इकाई योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल लिमिटेडका लागि र १ करोड […]
आर्थिक सहकार्य विस्तारका लागि अर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणमा

काठमाडौँ । नेपाल र भारतबीच आर्थिक सहकार्यका नयाँ सम्भावना पहिल्याउने उद्देश्यसहित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमणमा निस्किएका छन्। भ्रमणका क्रममा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्तासँगै व्यापार, लगानी, औद्योगिक सहकार्य र विकास अर्थनीतिका विषयमा छलफल हुने भएको छ। भ्रमणको पहिलो दिन बिहीबार अर्थमन्त्री वाग्लेले भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्ने कार्यक्रम छ। भेटमा दुई […]
कामना सेवा विकास बैंकको २०औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडको २०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा बुधबार सम्पन्न सभाले विभिन्न वित्तीय तथा संस्थागत प्रस्तावहरू पारित गरेको छ। सभाले बैंकका अग्राधिकार सेयरधनीहरूका लागि अग्राधिकार सेयर बाँडफाँट भएको मितिदेखि २०८३ साल असार मसान्तसम्मको अवधिका लागि आनुपातिक रूपमा ९ प्रतिशत नगद लाभांश वितरण […]
भोटेकोशी बाढीपीडितका लागि गरिमा विकास बैंकको १ करोड १ लाख सहयोग घोषणा

काठमाडौं । यही भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गरिमा विकास बैंक लिमिटेडले कुल १ करोड १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। बैंकले संस्थागत तथा कर्मचारीहरूको सहभागितामा उक्त सहयोग गर्ने जनाएको हो। बैंकका अनुसार कर्मचारीहरूको तर्फबाट एक दिनको तलब […]
उपत्यकामा आजदेखि खाना पकाउने ग्यास पुरानै मूल्यमा पाइने

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि खाना पकाउने ग्यास पुरानै मूल्यमा बिक्रीवितरण हुने भएको छ । गत १४ भदौमा कृष्णभिरमा पहिरो गएर राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट ग्यास ढुवानी भएको थियो । वैकल्पिक मार्गबाट ढुवानी भएको ग्यासको मूल्य प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसामा बढाइएको थियो । तर, आजदेखि कृष्णभिरमा नयाँ ट्र्या खोली राजमार्ग सञ्चालमा […]
