घुस रकमसहित वन अधिकृत पौडेल रंगेहात पक्राउ

आकाश मगर, उदयपुर । सरकारी सेवामा रहेर सेवाग्राहीसँग घुस मागेको आरोपमा उदयपुरका एक वन अधिकृत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीबाट घुस रकमसहित रंगेहात पक्राउ परेका छन्। सेवाग्राहीसँग गैरकानुनी रूपमा रकम मागेको सूचनाका आधारमा अख्तियारले निगरानी बढाउँदै कारबाही अघि बढाएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरी कार्यालयको टोलीले डिभिजन वन कार्यालय उदयपुरका वन अधिकृत भुवन पौडेललाई […]
मूल्य र माग बढेपछि सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण

सुनसरी । जुटको मूल्य र उद्योगबाट माग बढेपछि सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण बढेको छ । जिल्लामा गत वर्षको तुलनामा यस वर्ष जुटखेतीको क्षेत्रफलसमेत बढेको कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ । केन्द्रका अनुसार आर्थिक वर्ष २०८१/८२ मा एक हजार ३०८ हेक्टरमा जुटखेती भएकामा आव २०८२/८३ मा बढेर एक हजार ३३४ हेक्टर पुगेको छ । देवानगञ्ज, […]
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १५२ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १०९ रुपैयाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर ११० […]
आजदेखि नियमित प्रक्रियाबाट एलपी ग्यास बिक्री–वितरण हुने

काठमाडौं । नेपाल आयल निगमले शनिबार र आइतबार विभिन्न स्थानबाट गर्दै आएको खाना पकाउने एलपी ग्यासको बिक्री–वितरण आज सोमबारदेखि नगर्ने भएको छ। निगमले सम्बन्धित ग्यास उद्योगले नियुक्त गरेका विक्रेतामार्फत नियमित प्रक्रियाअनुसार ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ। निगमले शनिबार पाँच स्थान र आइतबार सात स्थानबाट एलपी ग्यास बिक्री–वितरण गरेको थियो। आजदेखि भने उपभोक्ताले आफूलाई […]
निर्जीवन बीमा कम्पनीको नाफामा ३९ प्रतिशत गिरावट, आइजिआइ प्रुडेन्सियलको नाफा ९९ प्रतिशत घट्यो

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरूको खुद नाफामा उल्लेख्य गिरावट आएको छ । सार्वजनिक वित्तीय विवरणअनुसार १४ वटा निर्जीवन बीमा कम्पनीको समग्र खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३९.२१ प्रतिशतले घटेको हो । आर्थिक वर्ष २०८२/८३ मा यी कम्पनीहरूले कुल २ अर्ब ७९ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएका […]
नेपाल राष्ट्र बैंकले आजकालागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ०१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८० पैसा र बिक्रीदर १७६ रुपैयाँ ५० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ […]
‘ऋण लिएर देश चलाउने अवस्था अन्त्य गर्न आफ्नै आम्दानी बढाउनुपर्छ’ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालकै आम्दानीबाट देश विकास गर्ने उद्देश्यसहित सरकारले नयाँ बजेट ल्याएको बताएका छन्। तनहुँ भ्रमणका क्रममा जिल्ला समन्वय समिति तनहुँको वार्षिक समीक्षा कार्यक्रमको उद्घाटन गर्दै उनले मुलुकको नियमित खर्च धान्नसमेत ऋण लिनुपर्ने अवस्थाको अन्त्य गर्न सरकार आफ्नै आम्दानी बढाउनेतर्फ केन्द्रित भएको बताएका हुन्। अर्थमन्त्री वाग्लेले राज्यको कमजोर आम्दानीका कारण विगतदेखि […]
चेरी वान्डाले सार्वजनिक गर्यो स्मार्ट विद्युतीय व्यावसायिक ईभी भ्यान

काठमाडौं । नाडा मोबिलिटी एक्स्पो २०२६ मा चेरी वान्डाले स्मार्ट विद्युतीय व्यावसायिक ईभी भ्यान सार्वजनिक गरेको छ। कम्पनीका अनुसार एक्स्पोमा चेरी वान्डाका विभिन्न क्षमताका विद्युतीय व्यावसायिक सवारीसाधन प्रदर्शनमा राखिएका छन्, जहाँ ग्राहक तथा अवलोकनकर्ताले सवारीका विशेषता र प्रविधिबारे विस्तृत जानकारी लिन सक्नेछन्। एक्स्पोको हल ‘डी’स्थित स्टल नम्बर १६ मा चेरी वान्डाका ११, १२, १४ र […]
दूध खोला जलविद्युत् आयोजनामा एनएमबी बैंकको अगुवाइमा वित्तीय व्यवस्थापन

काठमाडौं । एनएमबी बैंक लिमिटेडले मनाङ जिल्लामा निर्माण भइरहेको ६५ मेगावाट क्षमताको दूध खोला जलविद्युत् आयोजनामा मुख्य लगानीकर्ताका रूपमा वित्तीय व्यवस्थापन गरेको छ। दूध खोला हाइड्रो पावर कम्पनी प्रालिद्वारा प्रवद्र्धित उक्त आयोजनामा एनएमबी बैंक अगुवा बैंकका रूपमा रहेको छ भने सानिमा बैंक लिमिटेड सह–अगुवा बैंकका रूपमा सहभागी रहेको छ। आयोजनाको प्रमुख लगानीकर्तामा माउन्टेन इनर्जी नेपाल […]
बचत फिर्तालाई प्राथमिकता दिँदै राष्ट्रिय सहकारी नियमन प्राधिकरण, १० सहकारीका १९७ बचतकर्ताले पाए रकम फिर्ता

काठमाडौं । लामो समयदेखि रोकिएको बचत रकम फिर्ता हुने क्रमसँगै विभिन्न १० वटा सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम फिर्ता पाएका छन्। राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अनुसार सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई प्रक्रिया पूरा गरी रोकिएको बचत रकम फिर्ता गरिएको हो। प्राधिकरणको विवरणअनुसार ब्रिटिस गोर्खा बचत तथा ऋण सहकारी संस्थाका मात्रै १७४ जना बचतकर्ताले रकम फिर्ता […]
