Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्री उद्धार कोषमा ६२ लाखभन्दा बढी सहयोग

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 10, 2026
19.4KShares

सुनसरी । ‘मस्जिदबाट राहत सहयोग अभियान’ अन्तर्गत सुनसरी मुस्लिम समाजले बाढी–पहिरो प्रभावितका लागि प्रधानमन्त्री उद्धार कोषमा ६२ लाख ४५ हजार ४९ रुपैयाँ सहयोग गरेको छ। समाजले आज उक्त रकम प्रधानमन्त्री उद्धार कोषमा जम्मा गरेको हो।

त्यस्तै, कतारमा कार्यरत सुनसरी मुस्लिम समाज कतारले पनि बाढी–पहिरो पीडितको सहयोगार्थ प्रधानमन्त्री उद्धार कोषमा ४ लाख रुपैयाँ सहयोग गरेको छ। विपत्तिको समयमा स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिम समुदायबाट सहयोग जुट्दै आएको समाजले जनाएको छ।

भूकम्प, कोरोना महामारी, चिसो, बाढी–पहिरोलगायत विभिन्न प्राकृतिक तथा मानवीय विपत्तिका बेला मुस्लिम समुदायले सामुदायिक एक्यबद्धता जनाउँदै सहयोग र हातेमालो गर्दै आएको छ। पछिल्लो राहत अभियानले पनि विपत्तिमा पीडित नागरिकको साथमा उभिने सामाजिक उत्तरदायित्वलाई थप बलियो बनाएको छ।

देशभरका मस्जिदहरूमा बाढी–पहिरो प्रभावितका लागि ‘मस्जिदबाट राहत सहायता अभियान’ सञ्चालन भइरहेको छ। विपत्तिबाट प्रभावित परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको अभियानमा विभिन्न मस्जिद, मुस्लिम समुदाय तथा शुभेच्छुकहरू सहभागी भइरहेका छन्।

अभियानलाई व्यवस्थित रूपमा सञ्चालन तथा सहजीकरण गर्न मुस्लिम आयोगले हेल्प डेस्क समितिसमेत गठन गरेको छ। विपत्तिको यस कठिन घडीमा समुदाय, धार्मिक संस्था र नागरिक तहबाट भइरहेको सहयोगले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

कात्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जो...

  • October 27, 2026

सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

  • October 27, 2026

चुनावको मुखमा बेलकोटगढीमा रास्वपालाई धक्का, नेता–कार्यकर्ताले ...

  • October 27, 2026

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढ्यो, असोजमा ३२ हजारभ...

  • October 27, 2026

आजको मौसम : दिउँसो कोशी, मधेस, बागमती प्रदेशमा आंशिक बादल लाग्ने

  • October 27, 2026

रामेश्वर परियार पाँच वर्षदेखि मिर्गौला रोगसँग संघर्षरत, उपचारक...

  • October 27, 2026

सरु बानियाँलाई हराउनुपर्ने कारण के थियो, कांग्रेसिजन?

  • October 26, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved