Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अग्रगामी मोर्चाको बैठक : प्रदेश सरकारमा सहभागी नहुने निर्णय, लुम्बिनी सरकारप्रति आपत्ति

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 19, 2026
15.6K shares

काठमाडौं । अग्रगामी मोर्चाको महत्वपूर्ण बैठक नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्ष रेशम चौधरीको अध्यक्षतामा हिजाे सम्पन्न भएको छ। बैठकमा मोर्चामा आबद्ध विभिन्न राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

बैठकमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, प्रजातान्त्रिक लोकतान्त्रिक पार्टीका अध्यक्ष जनार्दन शर्मा, नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारी, बहुजन एकता पार्टी नेपालका अध्यक्ष हरिनन्दन अम्बेडकर, खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष आरके लिम्बू, जनमुक्ति पार्टीका प्रतिनिधिलगायत मोर्चामा आबद्ध नौवटा राजनीतिक दलका नेताहरू तथा प्रतिनिधिहरू सहभागी थिए।

बैठकले आगामी प्रदेशसभा सदस्य निर्वाचनसम्म मोर्चामा आबद्ध कुनै पनि दल प्रदेश सरकारमा सहभागी नहुने महत्वपूर्ण राजनीतिक निर्णय गरेको छ। प्रदेश सरकारमा सहभागी हुने विषय सम्बन्धित राजनीतिक दलको आधिकारिक निर्णय तथा संस्थागत प्रक्रियाबाट मात्रै हुनुपर्नेमा बैठकले स्पष्ट जोड दिएको छ।

एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकारप्रति आपत्ति : बैठकले विशेषगरी नेकपा एमालेको नेतृत्वमा रहेको लुम्बिनी प्रदेश सरकारमा सम्बन्धित राजनीतिक दलको औपचारिक निर्णयबिना प्रदेशसभा सदस्यहरूलाई सरकारमा सहभागी गराउने तथा सरकारमा समावेश गर्ने गतिविधिप्रति गम्भीर आपत्ति जनाएको छ।

मोर्चाले यस्ता गतिविधिले लोकतान्त्रिक तथा संसदीय राजनीतिक प्रणालीको मर्यादा र राजनीतिक दलहरूको संस्थागत निर्णय प्रक्रियामाथि प्रश्न उठाएको जनाएको छ। दलको आधिकारिक निर्णयविपरीत प्रदेशसभा सदस्यहरूलाई सरकारमा सहभागी गराउने प्रवृत्ति राजनीतिक, नैतिक तथा लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको निष्कर्ष बैठकले निकालेको छ।

मोर्चाले यस्तो गतिविधि तत्काल सच्याउन सम्बन्धित पक्षसँग आग्रह गरेको छ। जनमतबाट निर्वाचित प्रदेशसभा सदस्यको भूमिका तथा राजनीतिक दलको संस्थागत निर्णयलाई कमजोर बनाउने कुनै पनि गतिविधि स्वीकार्य नहुने मोर्चाको धारणा छ।

सातै प्रदेशमा मोर्चा विस्तार गरिने: बैठकले देशका सातवटै प्रदेशमा अग्रगामी मोर्चा गठन गर्ने मिति तथा कार्ययोजना तय गरेको छ। मोर्चालाई प्रदेश, जिल्ला र स्थानीय तहसम्म विस्तार गर्दै जनताका बीचमा राजनीतिक तथा सामाजिक मुद्दाहरूलाई प्रभावकारी रूपमा उठाउने निर्णय गरिएको छ।

त्यसैगरी किसान, युवा, विद्यार्थी, महिला तथा सूचना–प्रविधिलगायत विभिन्न क्षेत्रलाई समेटेर छुट्टाछुट्टै मोर्चा तथा अभियान सञ्चालन गर्ने निर्णयसमेत बैठकले गरेको छ।

मोर्चाले नेपाली जनताका आधारभूत समस्या पहिचान गरी तिनको समाधानका लागि जनताको बीचमा पुगेर अभियान सञ्चालन गर्ने जनाएको छ। जनजीविका, रोजगारी, सुशासन, सामाजिक न्याय, समानता, अधिकार र समावेशिताका सवाललाई प्राथमिकताका साथ उठाउने निर्णय बैठकले गरेको छ।

राजनीतिक संकटबारे देशव्यापी जनअभियान : बैठकले नेपालको वर्तमान राजनीतिक अवस्थाको समीक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, संघीयताको सुदृढीकरण तथा लोकतान्त्रिक उपलब्धिको संरक्षणका लागि देशव्यापी राजनीतिक तथा जनजागरणका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।

मोर्चाले वर्तमान राजनीतिक परिस्थितिबारे आम नेपाली जनतालाई सुसूचित गराउने, जनताका वास्तविक समस्या र राजनीतिक संकटबीचको सम्बन्धबारे बहस सिर्जना गर्ने तथा लोकतान्त्रिक अधिकारको संरक्षणका लागि जनस्तरमा अभियान सञ्चालन गर्ने जनाएको छ।

बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउँदै समानता, स्वतन्त्रता, सामाजिक न्याय, सुशासन र समावेशी लोकतन्त्रका पक्षमा राजनीतिक शक्तिहरूलाई एकताबद्ध गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यविधि तथा आचारसंहिता पारित : बैठकले अग्रगामी मोर्चाको सञ्चालन कार्यविधि तथा आचारसंहितासमेत पारित गरेको छ। मोर्चाको सांगठनिक संरचना, सञ्चालन प्रक्रिया, आपसी समन्वय, सदस्य दलहरूको भूमिका तथा राजनीतिक गतिविधिलाई व्यवस्थित र मर्यादित बनाउन कार्यविधि तथा आचारसंहिता तयार गरी पारित गरिएको हो।

मोर्चाले आगामी दिनमा संगठन विस्तारसँगै जनताका दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका सवाललाई केन्द्रमा राखेर देशव्यापी राजनीतिक अभियानलाई थप तीव्रता दिने जनाएको छ।

बैठकले संघीयता, लोकतान्त्रिक गणतन्त्र, समानता, स्वतन्त्रता, सामाजिक न्याय, सुशासन र समावेशी अधिकारका लागि साझा राजनीतिक अभियानलाई थप प्रभावकारी बनाउने तथा मोर्चामा आबद्ध दलहरूबीचको एकता र सहकार्यलाई अझ सुदृढ गर्दै अघि बढ्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved