Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रास्वपा चाँगुनारायण नगर समितिद्वारा ‘हिसाब–किताब चाँगु’ अभियान घोषणाः बजेट निगरानीका लागि विज्ञ टोली गठन गरिने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 17, 2026
60.9K shares

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चाँगुनारायण नगर समितिले नगरपालिकाको चालू आर्थिक वर्षको बजेट तथा खर्चको पारदर्शिता र सुशासन कायम गर्न ‘चाँगु बजेट वाच एन्ड पोलिसी ल्याब’ नामक विज्ञ टोली स्थापना गर्ने घोषणा गरेको छ ।

रास्वपा चाँगुनारायण नगर समितिले “गफ होइन, डेटा; भाषण होइन, हिसाब !” भन्ने मूल नाराका साथ नगरको इतिहासमै पहिलो पटक यस्तो स्वतन्त्र निगरानी टोलीको अवधारणा ल्याइएको हो ।

स्थानीय तहमा हुने बजेटको अपारदर्शी खर्च, अलपत्र परेका पूर्वाधार, खानेपानी समस्या र प्रशासनिक ढिलासुस्ती अन्त्य गर्दै तथ्यांकमा आधारित सुशासन प्रवर्धन गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको रास्वपा चाँगुनारायण नगर सभापति रोशन थापाले जानकारी गराए ।

नगर समितिले सार्वजनिक गरेको योजना अनुसार यस ‘हिसाब–किताब चाँगु’ अभियानले मुख्य चार क्षेत्रमा केन्द्रित रहेर कार्य गर्नेछः

नगरपालिका तथा वडा तहमा विनियोजन हुने बजेट कहाँ, कसरी र कुन गुणस्तरमा खर्च भइरहेको छ भन्ने विषयको वैज्ञानिक लेखाजोखा गरिने छ भने अपारदर्शी टेन्डर, नीतिगत भ्रष्टाचार तथा अलपत्र परेका विकास योजनाहरूको तथ्य र डेटा सार्वजनिक गरिनुका साथै भ्रष्टाचार वा अनियमितता भएको प्रमाण भेटिएमा सम्बन्धित निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र लगायतमा आधिकारिक उजुरी दर्ता गर्नेसम्मको ठोस कदम चालिनेछ ।

यस्तै, केवल विरोधमा मात्र सीमित नभई चाँगुनारायणको दिगो विकासका लागि विभिन्न क्षेत्रका विशेषज्ञहरू मिलेर आगामी ५ वर्षको स्पष्ट गुरुयोजना पनि तयार पारिनेछ ।
यस अभियानमा इन्जिनियर, चार्टर्ड एकाउन्टेन्ट, सूचना प्रविधि विज्ञ, वकिल, पत्रकार तथा अध्ययनशील युवाहरूलाई समेट्ने नगर सभापति थापाले जानकारी दिए ।

नगर सभापति थापाले चाँगुको समग्र विकास र सुशासनमा योगदान पुर्‍याउन चाहने इच्छुक नागरिक तथा युवाहरूलाई आवेदन फाराममार्फत अभियानमा जोडिन आह्वान गरेका छन् । सामाजिक सञ्जालका विभिन्न माध्यमहरूमा उपलब्ध क्यूआर कोड स्क्यान गरी सहजै आवेदन फाराम भर्न सकिने व्यवस्था मिलाइएको उनले बताए । यस अभियानमा आबद्ध हुन पार्टी सदस्यता अनिवार्य नगरिएकाे थापाले बताए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved