यस्तो छ कोशी प्रदेशबाट नवनिर्वाचित माननीयको सूची

विराटनगर । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत कोशी प्रदेशका जिल्लाहरूबाट प्रतिनिधित्व गर्ने २८ जना नयाँ सांसदको टुंगो लागेको छ ।प्रदेशका १४ वटै जिल्लाका २८ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएसँगै नयाँ माननीयहरूको टुंगो लागेको हो । निर्वाचित २८ सांसदमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी अग्रस्थानमा रहेको छ । उसले एक्लैले १७ सीट जितेको छ । त्यसैगरी नेपाली कांग्रेस र […]
अधिवक्ता किरण न्याैपानेले बुझाए आयाेगलाई निर्वाचन खर्च विवरण

भक्तपुर । कांग्रेसकाे तर्फबाट प्रतिनिधि सभा सदस्यकाे उमेदवार रहेका अधिवक्ता किरण न्याैपानेले फागुन २१ गते भएको निर्वाचनमा ९,२६,१०० रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगलाई बुझाएका छन्। भक्तपुर निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवार बनेका न्याैपानेले मंगलबार निर्वाचन आयोगमा चुनावमा भएको खर्च विवरण बुझाएका हुन्। न्याैपानेले बुझाएको खर्च विवरणमा सबभन्दा बढी सवारी भाडामा २ लाख १० […]
दृष्टिकोण, योजना र काम गर्न सक्ने नेतृत्व देशलाई आवश्यक : कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशलाई दृष्टिकोण, योजना र काम गर्न सक्ने नेतृत्व आवश्यक रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले देशको समस्या आन्दोलन र घोषणा नभई समस्याको जड कार्यान्वयनको कमजोरी रहेको भन्दै काम गर्न सक्ने नेतृत्व आवश्यक रहेको बताएका हुन् । ‘देशलाई नाराले होइन–दृष्टिकोण, योजना र काम गर्न सक्ने नेतृत्व आवश्यक छ […]
रास्वपा अब सबैभन्दा ठूलो दल

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उल्लेखनीय अग्रता कायम राखेको छ । हालसम्मको मतपरिणाम अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ रास्वपाले १२५ सिट जित्दै सबैभन्दा ठूलो दलका रूपमा उभिएको छ । कुल १६५ वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भइसकेको छ । सार्वजनिक भएको परिणाम अनुसार नेपाली कांग्रेसले १८ सिट जितेको छ भने नेकपा एमालेले […]
रसुवामा नौ उम्मेदवारको धरौटी जफत

रसुवा । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रसुवामा उम्मेदवार रहेका नौ जनाको धरौटी जफत भएको छ। मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद उप्रेतीकाअनुसार धरौटी जफत हुनेमा छ दल र तीन स्वतन्त्र उम्मेदवार रहेका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०८२ को दफा ६४ बमोजिम धरौटी जफत हुनेमा नेकपाका माधवप्रसाद लामिछाने, उज्यालो नेपालका मानबहादुर तामाङ, मङ्गोल […]
समानुपातिकतर्फ एक करोड दुई लाख ५३ हजार मतगणना, रास्वपालाई ४९ लाख

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना भएको छ। यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज बिहान ५ः५० बजेसम्मको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी अर्थात् ४९ लाख २९ हजार ८५० मत प्राप्त गरेको छ। निर्वाचन आयोगकाअनुसार निर्वाचनमा नेपाली कांग्रेसले १६ लाख ६७ हजार […]
पार्टीको मत घट्नुका कारणबारे बैठक बसेर समीक्षा गरिनेछ : एमाले नेतृ झाँक्री

काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टीको मत घट्नुका कारणबारे बैठक बसेर समीक्षा गरिने बताएकी छन् । राष्ट्रिय सभाको सदस्यमा नवनिर्वाचित भएकी झाँक्रीले पद तथा गोपनीयताको शपथ ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेको मत घट्नुको कारणबारे पार्टीभित्र समीक्षा गरिने बताएकी हुन् । उनले भनिन्, ‘एमालेको मत घट्नुमा बैठक बसेर समीक्षा हुन्छ । बैठकको समीक्षाबाट नै […]
लोकतन्त्रमा हार र जीत दुवै स्वाभाविक प्रकृया

नेपालको राजनीतिले पछिल्ला तीन दशकभन्दा बढी समयको यात्रामा धेरै परिवर्तनहरू देखेको छ। व्यवस्था फेरियो, शासनका स्वरूप बदलिँदै गए, नयाँ संविधान आयो, नयाँ नेतृत्वहरू उदाए र पुराना शक्तिहरू कमजोर हुँदै गए। तर यति धेरै राजनीतिक परिवर्तनहरूको बीचमा एउटा प्रश्न भने निरन्तर उठिरह्यो—के यी परिवर्तनहरूले नागरिकको जीवनमा अपेक्षित सुधार ल्याए? आजको राजनीतिक परिस्थिति हेर्दा यही प्रश्न झन् […]
काे हुन् सुनसरी-१ बाट निर्वाचित माटाे चिन्हका विजयी उमेदवार हर्क ?

धरान उपमहानगरपालिकाका पुर्व मेयर हर्कराज राई नेपाली राजनीतिमा स्थापित दलहरूभन्दा बाहिरबाट उदाएका एक फरक, स्पष्ट र साहसी पात्रका रूपमा चिनिन्छन्। श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका राईले परम्परागत राजनीतिक शैलीलाई चुनौती दिँदै श्रम, इमानदारी र आत्मनिर्भरता केन्द्रित शासनको अभ्यास सुरु गरेका ब्यक्ति हुन्। पूर्वि नेपालकाे खाेटाङ- खार्ताम्छामा जन्मिएका हर्कराज सामान्य श्रमिक परिवारका हुन्। आर्थिक रूप सामान्य […]
उदयपुर २ मा रास्वपाका सूर्य तामाङ विजयी

उदयपुर। उदयपुर २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा सूर्यबहादुर तामाङ विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तामाङले १४ हजार ८०२ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन् । निर्वाचनमा नेकपा एमालेका अम्बर बहादुर रायामाझी ७ हजार ६४८ मतसहित दोस्रो स्थानमा रहेका छन् । उदयपुर २ का निर्वाचन अधिकृत लोकबहादुर कटुवालका अनुसार नेपाली काँग्रेसका राम […]

