Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

खोटाङको विकासे योजनाबारे प्रधानमन्त्रीसँग उच्चस्तरीय छलफल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 5, 2026
0 shares

खोटाङ — जिल्लाको समग्र विकाससँग सम्बन्धित विविध मुद्दाहरूलाई लिएर उच्च तहमा महत्वपूर्ण पहल भएको छ। खोटाङ जिल्लाको भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा राष्ट्रिय गौरवको आयोजना दूधकोशी हाइड्रोपावर लगायतका योजनाहरूमा देखिएका समस्याबारे केन्द्र सरकारको ध्यानाकर्षण गराइएको छ।

यसै सन्दर्भमा माननीय आरेन राई र श्रम संस्कृति पार्टि खाेटाङ जिल्ला अध्यक्ष प्रताप राईले सम्माननीय प्रधानमन्त्री बालेन शाह तथा अर्थमन्त्री स्वर्णिम वाग्ले सँग भेटघाट गर्दै विस्तृत छलफल गरेका हुन्। भेटका क्रममा जिल्लामा सञ्चालन भइरहेका विकास आयोजनाहरूको अवस्था, बजेट अभाव, कार्यान्वयनमा देखिएका चुनौती र समाधानका उपायबारे गहन कुराकानी भएको जनाइएको छ।

छलफलका क्रममा विशेषगरी राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको दूधकोशी हाइड्रोपावर परियोजनालाई समयमै सम्पन्न गर्न आवश्यक समन्वय, बजेट व्यवस्थापन तथा नीतिगत सहयोगको विषयमा जोड दिइएको थियो। साथै शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा देखिएका संरचनागत समस्या समाधानका लागि संघीय सरकारको सक्रिय भूमिका आवश्यक रहेको धारणा प्रतिनिधिहरूले राखेका थिए।

भेटका क्रममा खोटाङ जिल्लाका विभिन्न मागहरू समेटिएको मागपत्र पनि प्रधानमन्त्रीसमक्ष पेश गरिएको छ। उक्त मागपत्रमा जिल्लाको दीर्घकालीन विकास, रोजगारी सिर्जना तथा पूर्वाधार विस्तारका लागि विशेष योजना ल्याउन आग्रह गरिएको छ। प्रधानमन्त्री र अर्थमन्त्रीले उठाइएका विषयप्रति सकारात्मक रूपमा ध्यान दिने प्रतिबद्धता जनाएको श्रम संस्कृति पार्टि खाेटाङ अध्यक्ष प्रताप राईले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved