Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

२६ वर्षमै उपसभामुख: रुबी कुमारी ठाकुरको ऐतिहासिक जित

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 10, 2026
0 shares

काठमाडौं । संघीय संसदको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रुबी कुमारी ठाकुर बहुमतसहित निर्वाचित भएकी छन्। कुल २५६ जना सांसद सहभागी भएको मतदानमा उनले २२९ मत प्राप्त गर्दै स्पष्ट जित हासिल गरेकी हुन्।

उपसभामुखका लागि प्रतिस्पर्धामा रहेकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की उम्मेदवार सरस्वती लामाले भने केवल ५ मत मात्र प्राप्त गरिन्, जुन कुल मतको बहुमत नपुगेपछि उनको प्रस्ताव अस्वीकृत भएको हो। यससँगै ठाकुर उपसभामुखमा निर्वाचित भएकी हुन्।

श्रम संस्कृति पार्टीका महासचिव तथा सांसद आरेन राईले ठाकुरलाई उपसभामुख पदका लागि प्रस्ताव गरेका थिए भने सो प्रस्तावलाई सोही पार्टीकी सांसद अम्विका संग्रौलाले समर्थन गरेकी थिइन्। पार्टीभित्रको सशक्त समर्थनसँगै उनले संसदमा पनि व्यापक समर्थन जुटाएकी हुन्।

राप्रपा बाहेकका अधिकांश दलका सांसदहरूको समर्थन प्राप्त गर्दै ठाकुरले उल्लेखनीय बहुमत हासिल गरेकी छन्। उनको जितलाई दलगत सीमाभन्दा माथि उठेको सहमतिको संकेतका रूपमा समेत व्याख्या गरिएको छ।

केवल २६ वर्षकै उमेरमा उपसभामुख पदमा निर्वाचित भएकी ठाकुरको सफल कार्यकालको कामना व्यक्त गरिएको छ। युवा पुस्ताको प्रतिनिधित्व गर्दै उनले संसदीय नेतृत्वमा नयाँ ऊर्जा र दृष्टिकोण ल्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

बाँकेमा ४०० ग्राम खैरो हेरोइनसहित दुई महिला पक्राउ

  • July 23, 2026

बिदेशी मुद्राकाे विनिमय दर यस्ताे छ

  • July 23, 2026

मनसुन सक्रिय: बागमतीसहित पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर...

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved