Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भक्तपुरमा स्वास्थ्य तथा खानेपानी आयोजनाबारे मन्त्रीसँग रुकेश रंजितको छलफल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 7, 2026
0 shares

काठमाडौं । माननीय रुकेश रंजित र स्वास्थ्य तथा जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहताबीच आज मन्त्रालयमा महत्वपूर्ण भेटघाट तथा छलफल सम्पन्न भएको छ। भेटमा विशेषगरी भक्तपुर जिल्लाका स्वास्थ्य र खानेपानीसँग सम्बन्धित बहुप्रतीक्षित योजनाहरूको विषयमा केन्द्रित छलफल भएको जनाइएको छ।

छलफलका क्रममा नगरकोट मुहानपोखरीस्थित महादेव खोला जलाशय खानेपानी आयोजना प्राथमिकतामा परेको थियो। उक्त आयोजनाले स्थानीय स्तरमा देखिएको खानेपानी अभाव समाधानमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। यसका साथै भक्तपुरको दुवाकोट क्षेत्रमा निर्माण गर्ने भनिएको विस्तारित वीर अस्पतालको विषय पनि प्रमुख रूपमा उठाइएको थियो।

त्यसैगरी, शहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुर क्यान्सर अस्पताल र भक्तपुर अस्पताललाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको छ। तीनै संस्थालाई एकीकृत गर्दै स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्ने प्रस्तावसमेत प्रस्तुत गरिएको थियो, जसले दीर्घकालीन रूपमा स्वास्थ्य सेवा सुधारमा योगदान पुर्‍याउने विश्वास गरिएको छ।

मन्त्री निशा मेहताले महादेव खोला जलाशय खानेपानी आयोजनाको अध्ययन तत्काल सुरु गरिने स्पष्ट पारिन्। साथै बजेटको चापका कारण आगामी आर्थिक वर्षमा नयाँ योजना थप्न कठिन हुने भए पनि पुराना तथा अपुरा योजनालाई प्राथमिकतामा राख्दै अघि बढाइने जानकारी दिइन्।

उनले विस्तारित वीर अस्पताल निर्माणका सन्दर्भमा समयसीमा र विस्तृत प्रतिवेदन तयार गरी कार्य अगाडि बढाउने योजना बनाइने बताइन्। अन्य प्रस्तावित विषयहरूमा समेत आवश्यक अध्ययनपछि चरणबद्ध रूपमा कार्यान्वयन अघि बढाइने उनको भनाइ रहेको छ।

May be an image of one or more people and text

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved