१८ सदस्यीय मन्त्रिपरिषद गठनको प्रयास भइरहेकोछ : रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ मन्त्रिपरिषद गठनको गृहकार्य थालेको छ । यस क्रममा १८ सदस्यीय मन्त्रिपरिषद गठनको प्रयास भइरहेको सो पार्टीका नेताहरुले बताएका छन् । रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले १८ सदस्यीय मन्त्रिपरिषद बैठक गठनको प्रयास भइरहेको जानकारी दिए । ‘हामीले सकेसम्म कम सदस्यीय मन्त्रिपरिषद गठनको प्रयास गरिरहेका छौं । सकेसम्म १८ वरिपरि गर्ने […]

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आइतबारदेखि बस्ने

पोखरा । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन चैत ८ गते आइतबारदेखि बस्ने भएको छ । मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वान गरिदिन प्रदेश प्रमुखलाई सिफारिस गरेको हो । प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिवेशन आह्वान गरिसकेका छन् । प्रदेश सभा बैठक कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाहल मालेपाटनमा बस्नेछ । गण्डकी प्रदेश सभा सचिवालयले सूचना जारी गरी […]

धुलो टकटकाएर नेकपा फेरि उठ्छ: नेकपाका नेता वर्षमान पुन

काभ्रेपलान्चोक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले निर्वाचनमा अपेक्षित परिणाम प्राप्त हुन नसकेको कारणबाट  विचलित नहुन पार्टी पङ्क्तिलाई अपिल गरेका छन् । काभ्रेको अनेकोटमा २८औं शहीद सांस्कृतिक दिवसका अवसरमा बिहीबार आयोजित शहीदको प्रतिमा अनावरण तथा शहीद परिवार सम्मान कार्यक्रममा पुनले नेकपा धुलो टकटकाएर अघि बढ्ने बताए । विचार, राजनीति, सङ्गठन, नेतृत्व, […]

चैत १२ गते सांसदहरूको शपथ, नेकपाको कार्यालयमा रास्वपा बस्ने

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण चैत १२ गते हुने भएको छ । बिहीबार संघीय संसद् सचिवालय, सिंहदबरामा नयाँ प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ दलसँगको छलफलमा आगामी चैत १२ गते दिउँसो दुई बजे नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण गराउने तयारी भएको हो । दलहरूसँग शपथ ग्रहण, अभिमुखीकरण कार्यक्रम र संसदीय दलको कार्यालय व्यवस्थापनसँगका विषयमा छलफल भएको […]

भक्तपुर कांग्रेस: दुई समानुपातिक सांसदलाई बधाई

भक्तपुर । नेपाली कांग्रेस, भक्तपुरले प्रतिनिधि सभामा निर्वाचित दुई समानुपातिक सांसदहरूलाई बधाई दिएको छ । बिहीबार भक्तपुर कांग्रेसको पार्टी कार्यालयमा सभापति दुर्लभ थापाले समानुपातिक सांसदद्वय मदनकृष्ण श्रेष्ठ र डा.गंगालक्ष्मी अवाललाई बधाई दिँदै कार्यकालको शुभकामना दिएका हुन् । भक्तपुरले समानुपातिकमा दुई जना सांसद पाएको भन्दै सभापति थापाले खुसी व्यक्त गरेका छन् । बधाई तथा स्वागत कार्यक्रममा […]

 गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्लान् त राष्ट्रपति पाैडेलले !

काठमाडौँ  । गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्न मन्त्रिपरिषद्ले गरेको सिफारिसले राष्ट्रपति रामचन्द्र पौडेल अलमलमा परेका छन् । निर्वाचन सम्पन्न गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै १ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गरेको थियो । राष्ट्रपति पौडेलले नयाँ जनादेशसहितको सरकार निर्माण भइरहेकाले चुनावी सरकारको निर्णय ‘होल्ड’ मा राखेका हुन् । शीतल […]

निर्वाचन परिणाम प्रतिवेदन आज ४ बजे राष्ट्रपतिलाई बुझाइँदै

काठमाडौँ ।  निर्वाचन आयोगले २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचन परिणामसम्बन्धी प्रतिवेदन बिहीबार राष्ट्रपतिलाई बुझाउने भएको छ । यता संसद् सचिवालयले नवनिर्वाचित सांसदको शपथग्रहण कार्यक्रम १२ चैतमा राख्ने तयारी गरेको छ । सांसदको शपथपछि मात्र रास्वपाले संसदीय दलको नेता चुन्ने भएकाले नयाँ सरकार गठनमा समय लाग्ने देखिएको छ । आयोगले प्रतिवेदन बुझाउन राष्ट्रपति कार्यालयबाट बिहीबार अपराह्न ४ बजेको […]

कांग्रेस सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै दिए पदबाट राजीनामा

काठमाडौँ । निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन् । केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । तर, उनको राजीनामा पार्टीले सार्वजनिक गरेको छैन । ‘६ चैतमा बस्ने गरी बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा सभापतिको राजीनामाबारे औपचारिक रूपमा छलफल हुनेछ । राजीनामा दिने अधिकार […]

समानुपातिक सांसदहरूलाई निर्वाचन आयोगले आज प्रमाणपत्र प्रदान गर्ने

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट सांसद भएकाहरूलाई  आज बिहान प्रमाणपत्र प्रदान गर्ने भएको छ । आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले बिहान ११ बजे आयोगमा समानुपातिक प्रणालीबाट निर्वाचित भएका सांसदहरूलाई प्रमाणपत्र वितरण गर्ने जानकारी दिए । ‘बिहान ११ बजे समानुपातिक प्रणालीबाट निर्वाचित हुनुभएका सांसदहरूलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रम तय भएको छ,’ प्रवक्ता भट्टराईले भने […]

चुनाव हारिन्, तर वाचा बिर्सिनन् : शान्ति पाख्रिनद्वारा वृद्ध आमाको आँखाको उपचार

मोरङ । मोरङ क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिनुभएकी शान्ति पाख्रिनले चुनावमा पराजित भए पनि आफ्नो मानवीय वाचा भने पूरा गरेर उदाहरण प्रस्तुत गर्नुभएको छ। चुनावी अभियानका क्रममा केराबारी क्षेत्रमा घरदैलो कार्यक्रम गर्दै गर्दा उहाँले एक वृद्ध आमासँग भेट गर्नुभएको थियो। ती आमाको आँखामा गम्भीर समस्या रहेको देखेपछि पाख्रिन भावुक हुँदै “चुनाव […]