हाफ म्याराथनमा पुरुषतर्फ गोपीचन्द्र पार्की र महिलातर्फ राजपुरा पछाइ प्रथम

काठमाडौं । कान्तिपुर हाफ म्याराथनको दशौँ संस्करणअन्तर्गत पुरुषतर्फको २१.१ किमिको हाफ म्याराथनमा सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्की प्रथम भएका छन् भने महिलातर्फ नेपाल प्रहरीका राजपुरा पछाइ प्रथम भए । प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार कान्तिपुर मिडिया ग्रुपले रन द कान्तिपुर हाफ म्याराथन कार्यक्रमको उद्घाटनपछि खेलाडीलाई अभिवादन गर्दै । पार्कीले एक घण्टा सात मिनेट ४१ सेकेन्डमा निर्धारित […]
‘कबड्डी ४’को नयाँ नयाँ रेकर्ड, एक सातामै कमायो १५ करोड

काठमाडौं । सफलताका साथ प्रदर्शन भइरहेको फिल्म ‘कबड्डी ४’ ले बक्स अफिसमा नयाँ नयाँ रेकर्ड कायम गरिरहेको छ । रामबाबु गुरुङद्ववारा निर्देशित फिल्म ‘कबड्डी ४(द फाइनल म्याच’ ले बक्स अफिसमा आक्रमक व्यापार गरिरहेको छ । यो फिल्म अत्याधिक शो पाउने पहिलो फिल्म, सर्वाधिक अग्रिम टिकट बुकिङ हुने पहिलो फिल्म, घरेलु बक्स अफिसमा सर्वाधिक ओपनरजस्ता रेकर्ड […]
सरकारको महत्वपूर्ण एजेण्डा वातावरण जोगाउन : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरण जोगाउने सरकारको महत्वपूर्ण एजेण्डा भएको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले आज यहाँ आयोजना गरेको हाफ म्याराथनको उद्घाटन गर्दै उनले अहिले वातावरण जोगाउने विश्वकै महत्वपूर्ण एजेन्डा भएको र यसप्रति नेपाल सरकार गम्भीर रहेको बताए । प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनको विश्वव्यापी असर सारा संसारले भोगिरहेको उल्लेख गर्दै जोखिम न्यूनीकरणका लागि […]
अध्यक्ष प्रचण्डलाई भेट्न बालेन विहानै खुमलटारमा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका छन् । अध्यक्ष प्रचण्डलाई भेट्न बालेन शनिबार विहानै खुमलटारस्थित प्रचण्ड निवास पुगेका थिए । सो भेटमा प्रचण्डले बालेनलाई बधाई दिएका छन् । हिजो माओवादीको जस्तै एजेण्डा बोकेर चुनाव जितेको भन्दै उनले बालेनको प्रशंसा पनि गरेका थिए […]
स्टेसन निर्माणका लागि अन्तरिक्षमा मानव यान पठाउँदै

काठमाडौँ । चीनले तीन जना अन्तरिक्ष यात्रीहरूलाई अधूरो चिनियाँ अन्तरिक्ष स्टेसनको कोर मोड्युलमा लैजाने एउटा अन्तरिक्ष यान प्रक्षेपण गर्दैछ । स्टेसन निर्माण उन्नत चरणहरूमा प्रवेश गरिरहेका बेला उसले आइतबार अन्तरिक्ष यात्रीलाई स्टेसनको कोर मोड्युलमा पठाउन लागेको हो । अन्तरिक्ष यात्रीहरूले ६ महिनासम्म स्टेसनमा काम गर्नेछन् । सेन्झोउ– १४ अन्तरिक्ष यान बोकेको लङ मार्च–२ एफ रकेट […]
प्रधानमन्त्री देउवाको आग्रह : बौद्धिक प्रतिभा पलायनलाई न्यूनीकरण गरौ

काठमाडौँ । प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले बढ्दो शैक्षिक बेरोजगारी र बौद्धिक प्रतिभा पलायनलाई न्यूनीकरण गर्दै, युवा जनशक्तिलाई उनीहरुको रुचि र विश्व बजारको मागअनुसारको गुणस्तरीय शिक्षा उपलब्ध गराउने वातावरण निर्माण गर्न विश्वविद्यालयलाई आग्रह गरेका छन् । काठमाडौं विश्वविद्यालयको दोस्रो चरणको २७औँ दीक्षान्त समारोहलाई शुक्रबार काभ्रेपलाञ्चोकको धुलिखेलमा सम्बोधन गर्दै उनले बढ्दो शैक्षिक बेरोजगारी हटाइ […]
प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सरकारको आगामी आर्थिक वर्ष २०७९र८० का लागि ल्याएको अनुमानित आय व्ययसहितको बजेटमाथि प्रतिनिधिसभामा छलफल जारी रहेको छ । बजेटको गुण दोषका आधारमा सांसदहरुले आ–आफ्नो राय राखिरहेका छन् । यसैक्रममा शुक्रबार पनि जारी छलफलमा सांसदहरुले बजेटमाथिको आफ्नो समर्थन र विमति राखिरहेका छन् । जारी बैठक […]
अपहरण गर्ने बुबालाई नै बालिकाको जिम्मा दिने सर्वोच्चको फैसला

काठमाडौँ । गत अप्रिल १५ मा भारतको नयाँ दिल्लीबाट अपहरणको शैलीमा सडक मार्ग हुँदै नेपाल ल्याइएकी मेहेर गोयललाई सर्वोच्च अदालतले बुबाको जिम्मा लगाइदिएको हो । आफ्नै बुबाले अपहरण गरी भारतबाट नेपाल ल्याएको दाबी गरिएकी बालिकालाई सर्वोच्च अदालतले बुबाकै जिम्मा लगाइदिएको छ । निजी अन्तर्राष्ट्रिय कानुन र प्राप्त कागजातका आधारमा बालिकाको जिम्मा बुबालाई नै लगाइदिएको हो […]
गाडी भाडा घट्यो, अब कहाँको कति ?

काठमाडौँ । अहिले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँ घटेपछि सार्वजनिक यातायातको सवारी भाडा पनि घटेको छ । यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्य समायोजनसँगै गाडी भाडा समायोजन गरेको हो । नेपाल आयल निगमले हिजोदेखि पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य समायोजन गरेको थियो । त्यससँगै विभागले सार्वजनिक यातायातको सवारी भाडा समायोजन गरेको जनाएको […]
नेकपा माओवादी केन्द्रीय समिति बैठक स्थगित

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले संसदलाई देखाएर भर्चुअल केन्द्रीय समिति बैठक स्थगित भएको छ । संसद बैठक जारी भएकाले केन्द्रीय समिति बैठक स्थगित गरिएको पार्टी कार्यालय सचिव श्रीराम ढकालले बताए । ‘संसद बैठक जारी छ । अरु प्रक्रियागत संसदको विषय मिलाउनुपर्ने भयो ।’ ढकालले भने, ‘त्यसैले बेलुका बस्ने भनिएको केन्द्रीय समिति बैठक […]
