Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

परमादेशी सरकारलाई हटाउन एमालेसँग तालमेल गरेका हौं : अध्यक्ष ढकाल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 14, 2022
33 shares

देशभरी ओली प्यांस छ : एकनाथ ढकाल

धनगढी / नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले अगामी निर्वाचनपछि अध्यक्ष केपी शर्मा ओली फेरी प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।
आइतबार नेकपा ऐमाले तथा नेपाल परिवार दल सुदूरपश्चिमले धनगढीमा सयुक्त आयोजना गरेको उम्मेदवार सँग भेटघाट तथा अन्तरक्रिया कार्यकममा बोल्दै ढकालले न्यायप्रेमी नेपाली जनताले ओलीलाई प्रधानमन्त्रीमा निर्वाचित गर्दै परमादेश गलत भएको प्रमाणित गर्ने जिकिर गरे । सुर्यमा मत माग्दै देश ब्यापी अभियानमा हिडेका ढकालले जनतामा ओली प्यांस रहेको आफुले पाएको बताउदै मङ्सिर चार गते जनताको उक्त प्यांस मेटिने जिकिर गर्नुभयो।

‘देशमा अहिले परमादेशबाट बनेको गठबन्धनको सरकार छ । नेपाली जनताको संमृद्वि, प्रगति नचाहने देशीविदेशी तत्वहरू संगको मिलोमतोमा अपारदर्शी र अलोकतान्त्रिक तरिकाले सरकारलाई बर्खास्त गर्नु आपतिजनक भन्दै नेता ढकालले संसदवाट प्रधानमन्त्रि बन्ने संबैधानिक मान्यताको बिपरित अदालती परमादेश वाट प्रधानमन्त्री नियुक्तिको गलत पद्धती र नजिर सच्याउन मङ्सिर ४ गते जनताले सहि फैसला गर्ने बिश्वाश ब्यक्त गर्नुभयो।

परमादेशी सरकारलाई हटाउन र समृद्ध नेपाल सुखी, नेपालीको नारा साकार पार्न एमाले संग चुनावी तालमेल गर्नुको विकल्प नरहेको उहाँको भनाई थियो । सुर्य चिन्ह वाटै प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार समेत रहेका ढकालले परिवार दलले सुदुरपश्चिमको विकासको लागी नेकपा एमाले संग मिलेर कामगर्ने बताए।

उक्त कार्यक्रम नेपाल परिवार दलका केन्द्रीय सदस्य एवं सुदुरपश्चिम संयोजक खडक सिंह नागरिको सभापतित्वमा र अध्यक्ष ढकालको प्रमुख आतिथ्यमा र कञ्चनपुर क्षेत्र नं ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार नारदमुनी रानाको बिशेष उपस्थितिमा सम्पन्न भयो। भेलामा बोल्दै नेता रानाले मंसिर-४ पछि नेपाली जनताको आफ्नै सरकार वा ओली सरकार बन्ने र जसले मुलुकलाई संमृद्विको दिशातिर लाने दाबी गर्दै मंसिर ४ पछि जनताको अनुहारमा खुसि ल्याउने प्रतिबद्ता ब्यक्त गरे। कार्यक्रममा कञ्चनपुर ५ ख का उम्मेदवार दुर्गा प्रसाद जोशी, परिवार दलका केन्द्रीय सदस्य अधिवक्ता दयाराम कडेल, केन्द्रीय सदस्य निर्मला श्रेष्ठले आ-आफ्नो मन्तव्य राख्दै सुर्य चिन्हमा मतदान गर्न आग्रह गरे। कार्यक्रमका सभापति खडक नागरिले सुदुरपश्चिम प्रदेशवाट सुर्य चिन्हमा बिस हजार मत खसाल्ने दाबी गर्दै सुदुरपश्चिमका सबै जिल्लामा परिवार दलले एमाले लाइ सघाउने बताए।

नेकपा ऐमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार नारदमुनी राना, प्रदेश सभा ५ (क) का उम्मेदवार नेपालु चौधरी र प्रदेश सभा ५ (ख) का उम्मेदवार दुर्गा प्रसाद जोशी , प्रदेश सभा सदस्य समानुपातिक उम्मेदवार धर्म राज पाठक, नेपाल परिवार दलका केन्द्रीय सदस्यहरू बिष्णु बि.क , निर्मला श्रेष्ठ , जितेन्द्र श्रेष्ठ, धर्म रोकाया,सुशील लामिछाने, पिस फोर्स नेपालका केन्द्रीय अध्यक्ष रविन्द्र चौलागाईं, परिवार दल कञ्चनपुर जिल्ला अध्यक्ष विशाल चौधरी , अनेरास्ववियु सुदुरपश्चिम संयोजक मनोज राई, नेपाल परिवार दलका सुदुरपश्चिम प्रदेशका सबै जिल्लाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। अध्यक्ष ढकालको स्वागतमा स्थानीय सस्कृति झल्कने झाकीहरु प्रस्तुत गरिएको थियो। कार्यक्रम लगतै आयोजित पत्रकार सम्मेलनमा पनि अध्यक्ष ढकालले ओलीको प्रसंसा गर्दै समसामयिक राजनीतिमा ओलीको तुलना अरु कोहि हुन नसक्ने दाबी गर्दै उनलाई जनताले निर्बिकल्प पुन:प्रधानमन्त्री बनाउने ठोकुवा गर्नु भयो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्...

  • September 16, 2026

विपद्‌मा झल्किएको राष्ट्रिय एकता : मुस्लिम समुदायको अनुकरणीय म...

  • September 15, 2026

सरुवा कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै...

  • September 15, 2026

कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

  • September 15, 2026

बाढी तथा विपद्मा १ हजार ३ सय ८८ जनाको मृत्यु, ५ हजार १ सय ३० ब...

  • September 15, 2026

प्रतिनिधिसभाको बैठक आज, मन्त्रीहरूले मौखिक प्रश्नको जवाफ दिने

  • September 15, 2026

भोटेकोशी बाढीपीडितका लागि यूएई नेपाली फुटबल एसोसिएशनको राहत सहयोग

  • September 14, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved