काठमाडौं । काठमाडौं क्षेत्र नं. ४ को जारी मतगणनामा नेपाली कांग्रेस अगाडि देखिएको छ । एमाले दोस्रो स्थानमा छ । कांग्रेसका महामन्त्री गगनकुमार थापाले ४१० मतले अग्रता बढाएका हुन् ।
थापाले १ हजार ३५७ मत पाउँदा नेकपा एमालेका राजन भट्टराईले ९४७ मत ल्याएका छन् । काठमाडौं ४ को मतगणना बुढानीलकण्ठ नगरपालिका-२ चपलिस्थित जेष्ठ नागरिक भवनमा जारी छ ।











