भक्तपुर । भाेलि हुने संसदीय निर्वाचनका लागि देशैभरिका निर्वाचन केन्द्रहरुमा मतदानका लागि मतदान केन्द्रहरु तयारि भइसकेकाे निर्वाचन आयाेगले बताएकाे छ।
२२ मतदान केन्द्र रहेकाे भक्तपुर क्षेत्र नम्मर १ काे ५८ वटै बुथहरु मतदाताहरुले मतदान गर्नकालागि पुर्णरुपले तयारि भएकाे छ।

याेग्य मतदाता संख्या ४८७३५ रहेकाे प्रदेश सभा १ ( क ) का लागि मुख्य राजनिति दल नेकपा एमाले,गठबन्धन, स्वतन्त्र सहित हाम्राे नेपाली पार्टि ” लाैराे ” अभियान सहित बाट उमेदवारहरु चुनावी मैदानमा छन्।
मतदान केन्द्रमा हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजमा राख्दै प्रहरी नायब निरिक्षक सहित प्रहरी महानिरिक्षककाे कमाण्डमा खटिएकाे महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएकाे छ।










