गठबन्धनमा नयाँ समीकरणको प्रयत्न भइरहेको छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कतिपय पार्टीहरूमा विभाजनको खतरा रहेको बताएका छन् । आइतबार आफ्नै निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा अध्यक्ष प्रचण्डले सत्ता गठबन्धनमा नयाँ समीकरणको प्रयत्न भइरहेको पनि बताए । ‘गठबन्धनमा नयाँ समीकरण बन्ने प्रयत्न भइरहेको छ । कतिपय पार्टीहरूमा विभाजनको खतरा पनि देखिरहेको छ’,  प्रचण्डको […]

काठमाडौं प्रहरीको लागुऔषध कारोबारीविरुद्ध अप्रेसन

काठमाडौँ । महोत्तरीबाट काठमाडौं आएको बसलाई नागढुंगामा रोकेर चेकजाँच गर्दा एक झोला लागुऔषध भेटियएको थियो । जेठ १२ मा चालक सिटसँगैको क्याबिन तल लुकाएर काठमाडौं ल्याउँदै गरेको ३ हजार एम्पुल लागुऔषधको भरिया चाहिँ बसमा नभेटिएको प्रहरीले जनाएको छ । यात्रु कसैले ‘मेरो सामान’ भनेनन् । बसका चाकलाई सोधपुछ गर्दा थाहा भयो सो लागुऔषधको झोला महोत्तरीबाट […]

अखिल क्रान्तिकारीमा देखिएको विवाद : दुबै पक्षलाई बोलाएर छलफल गर्ने निर्णय

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रको पूर्व स्थायी समिति बैठकले अखिल क्रान्तिकारीमा देखिएको विवाद दुबै पक्षलाई बोलाएर छलफल गर्ने निर्णय गरेको छ । पूर्व स्थायी समितिको बिहान प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले अखिल क्रान्तिकारीका दुबै पक्षसँग छलफल गरेर निकास निकाल्ने विषयमा निर्णय भएको पूर्व स्थायी समिति सदस्य लीलामणि पोखरेलले बताए । ‘अखिल क्रान्तिकारीको […]

लोकतान्त्रिक समाजवादी पार्टीको कार्यकारिणी समिति बैठक आज बस्दै

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को जारी राष्ट्रिय कार्यकारिणी समिति बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे बस्ने भएको छ । कार्यकारिणी समिति सदस्य केशव झाका अनुसार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी सङ्घीय र प्रदेश संसद्को निर्वाचनमा कुन दलसँग तालमेल गर्ने र सरकार लोसपा सम्बन्ध कस्तो राख्नेलगायत एजेन्डामा […]

काठमाडौंको फोहोर उठाउन नसकेपछि बालेन फेरि भेटे मन्त्री झाँक्रीलाई

काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले काठमाडौंको फोहोर व्यवस्थापनबारे पुनः शहरी विकास मन्त्री रामकुमारी झाँक्रीसँग परामर्श गरेका छन् । बन्चरेडाँडामा कहिले र कसरी फोहोर लैजाने भन्ने विषयमा शनिबार मन्त्री झाँक्री र मेयर साहबीच छलफल भएको हो । मन्त्री झाँक्रीले बन्चरेडाँडा ल्याण्डफिल्ड साइटको सेल वानुमा फोहोर फाल्न सकिने गरी निर्माण भइसकेकोले फोहोर व्यवस्थापनका […]

रुपन्देही बस दुर्घटनामा ५ जनाको सनाखत

काठमाडौँ । रुपन्देहीको रोहिणी खोलाको पुलबाट बस खस्दा मृत्यु भएका ९ जना मध्ये ५ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार अन्य चार जनाको परिचय खुल्न बाँकी रहेको छ । भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा उपचारका लागि पुऱ्याइएका २० जना घाइतेमध्ये ५ जनाको मृत्यु भएकोमा ३ जनाको सनाखत भएको छ भने भीम अस्पतालमा […]

माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलिका लागि स्थगित

काठमाडौँ । माओवादी केन्द्रको पूर्व स्थायी कमिटीको बैठक भोलिका लागि स्थगित भएको छ । स्थानीय चुनावको समीक्षा, अगामी चुनाव एवं केन्द्रीय समितिको बैठकको एजेण्डा लगायतको विषयमा छलफल गर्नका लागि आज ३ बजेका लागि पूर्व स्थायी कमिटीको बैठक बोलाइएको थियो । सो बैठक शीर्ष नेताको व्यस्तताका कारण स्थगित गरिएको माओवादी नेता गणेश साहले बताए । भोलि […]

जनताले अनुभूति गर्ने विकास योजना अघि बढाउनुपर्छ

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले अनुभूति गर्ने खालका विकास योजना अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । तनहुँको व्यास नगरपालिकाले आज आयोजना गरेको ‘कार्यक्रम प्राथमिकीकरण अभ्यास कार्यशाला’ शुभारम्भ गर्दै उनले नगरवासीले अनुभूति गर्नेगरी मानव कल्याण र प्रकृतिको संरक्षणमा केन्द्रित रही विकासका कार्यक्रम अघि बढाउनुपर्ने बताएका हुन् । जनताको माग र आवश्यकताका आधारमा […]

खाना पकाउने ग्यास सिलिन्डर पड्किँदा बालिकाको मृत्यु

काठमाडौँ । तनहुँमा आज एक बालिकाको खाना पकाउने ग्यास सिलिन्डर पड्किँदा मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको भीमाद नगरपालिका–९ च्यानडाँडा निवासी शिवनारायण क्षेत्रीको १२ वर्षीय छोरी सुभेक्षा केसी क्षेत्री रहेकी छिन् । सिलिन्डर ग्यासमा अचानक आगलागी भई पड्किँदा बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । मृतकको शव […]

विश्वकप एसिया छनोटअन्तर्गत यूएईविरुद्धको खेलमा नेपाल ८ रनमै अलआउट

काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत यूएईविरुद्धको खेलमा नेपाल ८ रनमै अलआउट भएको छ । शनिबार मलेसियाको यूकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ८ रन बनायो । नेपालका लागि स्नेहा महराले ३ रन बनाइन, त्यस्तै मनिषा रानाले २ नर बनाउँदा किरण कुँवर, […]