गाेरखा । नेकपा ऐमाले तथा नेपाल परिवार दल द्वारा संयुक्त उम्मेदवार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम नेकपा ऐमालेकाे सहयाेगमा समानुपातिक उम्मेदबार बनेका नेपाल परिवार दलका केन्द्रीय अध्यक्ष एकनाथ ढकालकाे प्रमुख आतिथ्यमा र नेकपा ऐमाले गाेरखा जिल्ला अध्यक्ष प्रेम बहादुर गुरूङकाे सभाअध्यक्षता नेकपा ऐमाले जिल्ला पार्टी कार्यालय हलमा सम्पन्न भएकाे छ। प्रदेश नं १ झापा वाट नेकपा ऐमाले अध्यक्ष के.पि ओली सँगै सुरू भएकाे अध्यक्ष ढकालकाे चुनावी अभियान बागमती प्रदेश हुँदै हिजाे बिहिबार मधेस प्रदेशकाे चुनावी सभालाई संम्बाेधन गरेर आज गृह जिल्ला गाेरखामा आइपुगेकाे हाे ।
अध्यक्ष एकनाथ ढकालले केपी ओलीको नेतृत्वमा राष्ट्रिय शक्ति निर्माण गर्न परिवार दल समेत लागि परेको साथै सम्पूर्ण नेपाली जनता मिलेर देशलाई दुर्घटना बाट बचाउन आग्रह गरे ।

यस्तै अहिले ५ दलिय गठवन्धनले देशकाे आमूल परिवर्तन गर्ने विकासको कुनैपनि ऐजेण्डा नभएकाे र देशले कुनैपनि प्रकारकाे फाइदा हासिल गर्न नसक्ने र पहिलेकाे परिस्थितिकाे निरन्तरता हुने भएकाेले त्यसको क्रमभङ्गता गर्दै ऐमाले अध्यक्ष केपि ओली नेपाली राजनितीकाे श्रीखण्ड भएकाेले प्रधानमन्त्रीकाे रूपमा नेपाल परिवार दल साथै केपि ओली नेतृत्व गठबन्धनले अगाडि सारेकाे जानकारी दिदै साे सरकारले गुभेकाे भु-भाग कालापानी र लिम्पियाधुरामा राष्ट्रिय झण्डा फैलाउन सक्ने ठाेकुवा गरेका छन्।
साथै अध्यक्ष ढकालले गाेरखा जिल्लामा अब नयाँ नेतृत्वकाे लागि बिकल्प दिनुपर्ने समय आएकाले तयार हुन अनुराेध गर्दै गाेरखाले बिकासवादी नेतालाई तिरस्कार गरेकाे र बिकासकाे सिन्काे नभाचेकाे नेतालाई फुलमालाले पुरस्कृत गरेकाे गुनासो गरेेका छन्।
नेपाल परिवार दलकाे आव्हान : सुर्यमा मतदान, ‘समृद्व नेपाल र सुखी नेपाली : सूर्यमा भाेट यसपाली ‘ भन्ने नारा सहित नेपाल परिवार दलले देशभरि चुनावी अभियानमा लागेकाे दलका महामन्त्री प्रकाश बाबू थापाले जानकारी दिए










