गठबन्धनले अनाहकमा पेट्रोलियमको मूल्य बढाएको एमालेको आरोप

काठमाडौं । सत्ता गठबन्धन सरकारले अनाहकमा पेट्रोलियम पदार्थको मूल्य बढाएको एमालेको आरोप छ । प्रतिनिधिसभाको जरुरी सार्वजनिक महत्वको प्रस्ताव माथिको जारी छलफलमामा एमालेका तर्फबाट मुख्य सचेतक विशाल भट्टराईले सरकारलाई उक्त आरोप लगाएको हो । एमालेका प्रमुख सचेतकसमेत रहेका एमाले सांसद विशाल भट्टराईले सरकारले पेट्रोलिम पदार्थको मूल्य घटाउने प्रशस्त ठाउँहरु हुँदा हुँदैपनि नघटाएको आरोप लगाए । […]

महामारीले रोकिएका नेपाली विद्यार्थी अब चीन जान पाउने

काठमाडौं । कोरोना महामारीले रोकिएका नेपाली विद्यार्थी अब चीन जान पाउने भएको छ । सरकारले चीनका विभिन्न विश्वविद्यालयहरूमा पठनपाठन गर्दै आएका नेपाली विद्यार्थीहरूलाई पुनः चीन जाने व्यवस्था मिलाएको हो । कोरोना महामारीका बेला नेपाली विद्यार्थी चीनबाट स्वदेश फर्के पनि त्यसपछि उनीहरू त्यहाँ जानबाट रोकिँदै आएका थिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चीनका विश्वविद्यालयमा पढ्ने […]

राप्रपाले मूल्य वृद्धिविरुद्ध आन्दोलन गर्ने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जनजीविकासँग जोडिएको मूल्य वृद्धिलगायतका विभिन्न विषयलाई लिएर विरुद्धमा आन्दोलन गर्ने भएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा दुई दिनसम्म सञ्चालन गरेको सो पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले भ्रष्टाचार, महँगी, मलखादलगायत जनजीविकाका सम्बन्धमा आन्दोलन सञ्चालन गर्ने केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले बताए । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उहाँले त्यसको विरुद्धमा आन्दोलन […]

बालेनको फोहोर व्यवस्थापन गर्ने आइडिया

काठमाडौं । काठमाडौंमहानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह ‘बालेन’ र उपमेयर सुनिता डंगोल सिसडोलमा पुगेका छन् । मेयर बालेन र उपमेयर सनिता आज बिहानै सिसडोल गएका हुन् । लामो समयदेखि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भइरहेपछि मेयर साह र उपमेयर डंगोल सिसडोल पुगेका हुन् । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेका मेयर साहले बिहीबार साँझ मात्र […]

बजेटमा उठेका प्रश्नको जवाफ दिन आज बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आइतबार पेश गरेको आर्थिक वर्ष २०७९र०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ । मंगलबारबाट बजेटमाथिको सैद्धान्तिक छलफल सुरु भएको थियो । उक्त छलफलमा सांसदहरुले […]

खोटाङमा कैदीबन्दीलाई निःशुल्क उपलब्ध गराउँदै आएको औषधि अभाव

काठमाडौँ । जिल्ला कारागार शाखा खोटाङमा कैदीबन्दीका लागि नेपाल सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको औषधि अभाव भएको छ । अनुगमनका क्रममा उनीहरुलाई औषधि अभाव भएको पाइएको हो । पुरुष ६६ र महिला ३३ गरी ९९ अटाउने क्षमताको कारागारमा तोकिएको क्षमताभन्दा बढी कैदीबन्दी छन् । तोकिएको भन्दा बढी कैदीबन्दी भएका कारण निःशुल्क उपलब्ध हुँदै आएको औषधि […]

भीआईपीले पाउने उपचार खर्च गरिब जनतालाई दिनुस् : एमाले सांसद चौधरी

काठमाडौं । एमालेकी सांसद गंगा चौधरीले सरकारले स्वास्थ्य सेवा प्रदानमा विभेद गरिएको भन्दै आपत्ति जनाएकी छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा  आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले केही जिल्लाका लागि मात्र सीमित रोगी र सुत्केरीलाई भत्ता उपलब्ध गराउने कार्यक्रमले विभेद गरेको भन्दै आपत्ति जनाइन् । जटिल रोगका […]

४० लाख मूल्य बराबरको अवैध सामान नियन्त्रणमा

काठमाडौँ । मोरङ विराटनगर महानगरपालिका ४ बाट बिआर ४४ जिबी २६२७ नम्बरको ट्याक्टर र सो ट्याक्टरमा रहेको ४० लाख मूल्य बराबरको अवैध सामानसहित एक भारतीय ट्याक्टर प्रहरीले  नियन्त्रणमा  लिएको छ । उक्त ट्याक्टरमा मोटर पार्टस, छाला, नटबल्टु, मेसिन पार्टस र कपडा लगायत छ । उक्त सामानको मूल्य ४० लाख बराबरको रहेको मोरङ प्रहरीले जनाएको छ […]

संघीयता कार्यान्वयनसम्बन्धी संकल्प प्रस्ताव गर्न सरकारलाई निर्देशन

काठमाडौँ । राष्ट्रियसभाले संघीयता कार्यान्वयनसम्बन्धी संकल्प प्रस्ताव कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । राष्ट्रियसभाको बिहीवार बसेको बैठकले सभाबाट स्वीकृत भएको संघीयता कार्यान्वयनसम्बन्धी संकल्प प्रश्ताव राष्ट्रियसभा नियमावली २०७५ को नियम ८७ बमोजिम कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको हो । बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा सदस्य खिमलाल देवकोटा प्रस्तावक रहेको संघीयता कार्यान्वयनसम्बन्धि संकल्प प्रस्ताव सर्वसम्मतिले […]

राप्रपाको प्रस्ताव : देशको अभिभावकमा राजा र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशको अभिभावकमा राजा र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसहितको शासकीय स्वरूपको प्रस्ताव गरेको छ । काभ्रेको धुलिखेलमा बुधबार र बिहीबार दुई लिन चलेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अभिभावकमा राजा र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री रहने शासकीय व्यवस्थाको प्रस्ताव गरेको प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए। ‘मुलुकमा विद्यमान भ्रष्टाचार […]