Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

स्वतन्त्र शैक्षिक परामर्श व्यवसायीहरूको सूचना आदान–प्रदान कार्यक्रम आइतबार आयोजना हुने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 24, 2026
67.9K shares

काठमाडौं। स्वतन्त्र शैक्षिक परामर्श व्यवसायीहरूको एक महत्वपूर्ण बैठक आज काठमाडौंको हात्तिसारस्थित हिमालयन रेस्टुरेन्टमा सम्पन्न भएको छ। बैठकले आगामी आइतबार दिउँसो १२:३० बजे हिमालयन रेस्ट्रो तथा इभेन्ट को सभाहलमा सूचना आदान–प्रदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ।

बैठकमा सहभागी स्वतन्त्र शैक्षिक परामर्श व्यवसायीहरूले हाल लागू हुने तयारीमा रहेको शैक्षिक परामर्श सेवा सम्बन्धी नियमावली, २०८३ का प्रावधानहरूबारे विस्तृत छलफल गरेका थिए। उक्त नियमावलीभित्र रहेका विभिन्न जटिल, अव्यावहारिक तथा व्यवसाय सञ्चालनमा चुनौती सिर्जना गर्न सक्ने व्यवस्थाहरूका विषयमा व्यवसायीहरूलाई जानकारी गराउनुका साथै यस अघि सरकार र सरोकारवाला बिच भएको वार्ता सम्बन्धी जानकारी गराउने ।

आयोजकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य नियमावलीका प्रावधानहरूबारे स्पष्ट जानकारी प्रदान गर्नु, व्यवसायीहरूबीच अनुभव र सुझाव आदान–प्रदान गर्नु तथा व्यवहारमा देखिएका कठिनाइहरूलाई कसरी सहज बनाउन सकिन्छ भन्ने विषयमा साझा निष्कर्ष निकाल्नु रहेको छ। साथै, नियमावलीमा रहेका जटिल तथा कार्यान्वयनमा समस्या उत्पन्न गराउने बुँदाहरूलाई व्यावहारिक र व्यवसायमैत्री बनाउन नेपाल सरकारको ध्यानाकर्षण गराउने विषयमा समेत कार्यक्रम केन्द्रित रहने जनाइएको छ।

बैठकमा सहभागी व्यवसायीहरूले शैक्षिक परामर्श क्षेत्र देशको वैदेशिक शिक्षा प्रणालीसँग प्रत्यक्ष रूपमा जोडिएको संवेदनशील क्षेत्र भएकाले यससम्बन्धी नीति तथा नियमहरू निर्माण गर्दा सरोकारवाला व्यवसायीहरूको सुझाव र अनुभवलाई प्राथमिकता दिन आवश्यक रहेको धारणा व्यक्त गरेका छन्। उनीहरूले विद्यार्थीको हित, सेवा प्रवाहको गुणस्तर तथा व्यवसायको दिगोपनलाई ध्यानमा राखेर व्यावहारिक नीति निर्माण हुनुपर्नेमा जोड दिएका छन्।

आगामी सूचना आदान–प्रदान कार्यक्रममा काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानबाट स्वतन्त्र शैक्षिक परामर्श व्यवसायीहरूको उल्लेखनीय तथा बाक्लो सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रममा नियमावलीका विभिन्न पक्ष, त्यसबाट व्यवसायमा पर्ने प्रभाव, सम्भावित समाधानका उपाय तथा सरकारसमक्ष राखिने साझा सुझावहरूबारे विस्तृत छलफल हुने आयोजकले जनाएको छ।

यसका साथै कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका पत्रकार, शैक्षिक परामर्श व्यवसायी, सरोकारवाला व्यक्तित्व तथा सम्बन्धित पक्षहरूको समेत सहभागिता रहने विश्वास व्यक्त गरिएको छ। कार्यक्रममार्फत प्राप्त सुझाव र निष्कर्षलाई सम्बन्धित सरकारी निकायसमक्ष औपचारिक रूपमा प्रस्तुत गरी नियमावलीलाई थप व्यावहारिक, सहज र प्रभावकारी बनाउन पहल गरिने जनाइएको छ।

आयोजकले सम्पूर्ण स्वतन्त्र शैक्षिक परामर्श व्यवसायी, सञ्चारकर्मी तथा सम्बन्धित सरोकारवालाहरूलाई उक्त कार्यक्रममा समयमै उपस्थित भई आफ्ना धारणा, सुझाव र अनुभव प्रस्तुत गर्न हार्दिक अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved