दीपक खड्कामाथि अख्तियारको छानबिन तीव्र, अर्बौँको सम्पत्तिको स्रोत खुल्न सकेन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्कामाथि गैरकानुनी सम्पत्ति आर्जनको आशंकामा अनुसन्धान तीव्र पारेको छ । आयोग स्रोतका अनुसार खड्कासँग चलनचल्तीको मूल्यअनुसार एक अर्ब रुपैयाँभन्दा बढीको सम्पत्ति भेटिएको छ, जसको ठूलो हिस्सा सम्बन्धमा स्पष्ट स्रोत खुल्न सकेको छैन । खड्कामाथि हाल गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । […]
२० वर्ष कैद सजाय पाएका फरार प्रतिवादी पक्राउ

इटहरी । सुनसरी प्रहरीले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय पाएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको विशेष प्रहरी टोलीले सोमबार इटहरी उपमहानगरपालिका–७ निवासी ४९ वर्षीय दिनेश चौधरीलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार सुनसरी जिल्ला अदालतको मिति २०७८ पुस २३ गतेको फैसला अनुसार मुद्दा नं. […]
२९ करोड हिनामिना प्रकरणमा कास्की प्रहरीको ठूलो कदम : मित्रमिलन सहकारीका ऋणी र सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी

कास्की ।पोखरास्थित मित्रमिलन बचत तथा ऋण सहकारी संस्था मा भएको करिब २९ करोड ४६ लाख रुपैयाँ हिनामिना प्रकरणमा संलग्न व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला प्रहरी कार्यालय कास्की ले लामो अनुसन्धानपछि प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएसँगै प्रतिवादीहरूमाथि कानुनी प्रक्रिया अघि बढाइएको हो। कास्की प्रहरीका सूचना अधिकारी हरीबहादुर बस्नेत का अनुसार सहकारी रजिष्ट्रारको कार्यालयको छानबिन […]
रावा बेसी गाउँपालिका भवन उद्घाटनअघि जग्गा विवाद : पीडितको प्रश्न— “मेरो जग्गामा बनेको भवनमा कुन नैतिकताले भाषण गर्नुहुन्छ ?”

खाेटाङ। खोटाङको रावा बेसी गाउँपालिका ले नवनिर्मित प्रशासनिक भवन उद्घाटनको सूचना सार्वजनिक गरेसँगै भवन निर्माण भएको जग्गाको स्वामित्वलाई लिएर विवाद चर्किएको छ। गाउँपालिकाले सार्वजनिक गरेको सूचनाअनुसार भोलि प्रशासनिक भवन उद्घाटन कार्यक्रम राखिएको छ। तर, पीडित पक्षका अनुसार उक्त भवन निर्माण भएको जग्गा स्थानीय चन्द्र बहादुर सार्कीको नाममा रहेको हो। प्रारम्भिक चरणमा ट्रस भवन निर्माण गर्दा […]
किर्ते विवादपछि सोमाङ गुठीमा तिर्थ हैकम अन्त्य: प्रशासनले बनाईदियाे जितबहादुरकाे नेतृत्वमा तदर्थ समिति

काठमाडौं । ललितपुरको गाेदावरि नगरपालिका–१२, ठेचो स्थित सोमाङ शैक्षिक गुठी तथा सोअन्तर्गत सञ्चालित सोमाङ एकेडेमीमा लामो समयदेखि चल्दै आएको विवादमा जिल्ला प्रशासन कार्यालय ललितपुरले हस्तक्षेप गर्दै नयाँ व्यवस्थापन प्रक्रिया अघि बढाएको छ। ललितपुर जिल्ला प्रशासनले हालै जारी गरेको पत्रमार्फत संस्थाको वैधानिकता, कार्यसमिति र स्वामित्वसम्बन्धी विवाद समाधानका लागि जितबहादुर घलेको संयोजकत्वमा पाँच सदस्यीय तदर्थ समिति गठन […]
नेपाल बैंकका ग्राहक र कर्मचारीलाई बि एण्ड बिमा उपचार सेवामा विशेष छुट

काठमाडौं । नेपाल बैंक र बि एण्ड बि बीच स्वास्थ्य सेवा सहकार्यसम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार नेपाल बैंकका ग्राहक तथा कर्मचारीहरूले अस्पतालमा उपचार गर्दा विभिन्न सेवामा विशेष छुट सुविधा प्राप्त गर्नेछन्। सम्झौतापछि बैंकका खातावाला ग्राहक, कर्मचारी तथा उनीहरूका परिवारले अस्पतालले उपलब्ध गराउने स्वास्थ्य सेवामा सहुलियत दरमा उपचार पाउने व्यवस्था गरिएको बैंकले जनाएको छ। यसबाट सेवाग्राहीलाई […]
९०० करोड रुपैयाँको कथित घोटाला प्रकरणमा महेश पक्राउ

काठमाडौं। राजस्थान भ्रष्टाचार विरोधी ब्यूरो (एसीबी)ले बिहीबार पूर्व मन्त्री महेश जोशीलाई जल जीवन मिशन (जेजेएम) अन्तर्गत करिब ९०० करोड रुपैयाँको कथित घोटाला प्रकरणमा पक्राउ गरेको छ। पीटीआईका अनुसार एसीबीको विशेष अनुसन्धान टोली (एसआईटी) ले उनलाई बिहीबार बिहान जयपुर रेलवे स्टेशन नजिकै सान कोलोनीस्थित निवासबाट नियन्त्रणमा लिएको हो। यसअघि पनि महेश जोशीलाई अप्रिल २०२५ मा प्रवर्तन […]
उद्योगी व्यवसायी शेखर गोल्छा पुन: पक्राउ

काठमाडौं । उद्योगी व्यवसायी शेखर गोल्छा पुन: पक्राउ परेका छन् । सर्वोच्च अदालतको आदेशपछि ५ लाख धरौटी बुझाएर रिहा भएलगत्तै उनी सोमबार साँझ पुनः पक्राउ परेका हुन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई हिरासतबाट बाहिर निस्कने क्रममा नै बीमा सम्बन्धी अर्को कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । यसअघि सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा […]
बागमती प्रदेश प्रमुख बानियाँकाे घरमा पस्याे सुदृढीकरण

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँ माथि सम्पत्ति शुद्धीकरण सम्बन्धी गम्भीर आशंकासहित छानबिन सुरु भएको छ। सम्पत्ति शुद्धीकरण विभाग ले उनको घर तथा विभिन्न कार्यालयहरूमा एकैसाथ छापा मार्दै अनुसन्धानलाई तीव्र बनाएको हो। विभागका अनुसार काठमाडौंको नक्साल र सुन्धारामा अवस्थित उनका कार्यालयहरू, साथै हेटौँडामा रहेको निजी निवास र कार्यालयमा टोली परिचालन गरी कागजात, वित्तीय विवरण […]
सार्वजनिक जग्गा अतिक्रमणदेखि हतियार बरामदसम्म: इन्द्रकुमार चाम्लिङ प्रकरणले लियो गम्भीर मोड

काठमाडौं । काठमाडौँ उपत्यकासहित देशभर चासोको विषय बनेको इन्द्रकुमार चाम्लिङ सम्बन्धी विवाद अब फौजदारी अनुसन्धानतर्फ उन्मुख भएको छ। प्रारम्भमा सार्वजनिक जग्गामा अवैध रूपमा भवन निर्माण गरिएको आरोपबाट सुरु भएको यो प्रकरण पछिल्लो समय झन् जटिल बन्दै गएको छ। स्रोतका अनुसार उक्त भवन सार्वजनिक जग्गामा निर्माण गरिएको भनिएपछि सम्बन्धित निकायहरूले अनुसन्धान अघि बढाएका थिए। यही क्रममा […]
