Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्रदेश सरकारहरूको बजेट : उद्यमशीलता प्रवर्द्धन र लगानी आकर्षणमा प्राथमिकता

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 16, 2026
0 shares

काठमाडौँ । देशभरका प्रदेश सरकारहरूले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सोमवार प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा लगानी र उत्पादनमूलक क्षेत्रलाई सहुलियतदेखि उद्योग दर्ता नै निःशुल्कसम्मका कार्यक्रमहरूले प्राथमिकता पाएका छन् । असार १ गते बजेट ल्याउनुपर्ने कानूनी प्रावधानअनुरूप ६ प्रदेशले पूर्ण बजेट ल्याए पनि सुदूरपश्चिम प्रदेशमा सिलिङ विवादले गर्दा सोमवार राति १०:३० सम्म बजेट प्रस्तुत हुन सकेन ।

यस वर्षको प्रदेश बजेटको मुख्य चरित्र ‘उत्पादन र लगानीमुखी’ देखिएको छ । संघीय सरकारको अनुदानमा मात्र भर नपर्ने उद्देश्यसहित प्रदेशहरूले आफ्नै राजस्वको दायरा फराकिलो बनाउने, कर प्रणालीलाई सरल गर्ने र नयाँ उद्योगलाई विशेष सहुलियत दिने नीति लिएका छन् ।

लुम्बिनी प्रदेशले उद्योग क्षेत्रमा सबैभन्दा ठूलो नीति बजेटमार्फत घोषणा गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले ल्याएको बजेटमा लुम्बिनीमा उद्योग दर्ता र स्थापना गर्दा लाग्ने सबै प्रकारका शुल्क हटाएको घोषणा गरेका छन् । ‘मदिरा र सुर्तीजन्य बाहेकका उद्योगलाई पूर्ण छुट दिएर लगानी आकर्षित गर्ने हाम्रो लक्ष्य हो,’ उनले भने ।

लुम्बिनीले कृषि र व्यावसायिक प्रयोजनका लागि जग्गा किन्दा लाग्ने रजिस्ट्रेसन दस्तुरमा पनि ५० प्रतिशत छुट दिने भएको छ । मधेश प्रदेशले पनि उद्योगी व्यवसायीलाई एकै दिनमा सेवा दिने ‘एकद्वार प्रणाली’ लागू गर्ने र १ हजारभन्दा बढी रोजगारी दिने उत्पादनमूलक उद्योगलाई प्रदेश करमा सहुलियत दिने नीति लिएको छ ।

लुम्बिनीले पनि उद्यमशील लुम्बिनी अभियानका लागि ५२ करोड रुपैयाँ विनियोजन गर्दै ७ हजारलाई रोजगारी दिने लक्ष्य राखेको छ ।

कोशी प्रदेशले राजस्वको दायरा विस्तारका लागि संघ र स्थानीय तहसँगको समन्वयलाई सुदृढ गर्ने घोषणा गरेको छ । यसले मुख्य शहरी क्षेत्रमा ‘स्मार्ट सीसीटीभी’ जडान र सार्वजनिक सवारीमा जीपीएस अनिवार्य गर्ने योजना ल्याएको छ ।

बागमती प्रदेशले व्यवसाय सञ्चालनका लागि लिइने कर्जाको ब्याज अनुदानको लागि २० करोड रुपैयाँ विनियोजन गर्दै उत्पादन र आम्दानीको क्षेत्र विस्तार गर्ने लक्ष्य राखेको छ । उक्त प्रदेशले काठमाडौँ उपत्यकाको ट्राफिक चाप घटाउन संघीय सरकारसँगको सहकार्यमा मेट्रो रेल सञ्चालनको सम्भाव्यता अध्ययन गर्न बजेट विनियोजन गरेको छ । बागमतीले लाइसेन्स प्रणालीलाई पूर्ण डिजिटल बनाउने घोषणा गरेको छ ।

गण्डकी प्रदेशले भने आफ्नै आन्तरिक स्रोत बलियो बनाउन सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ र वितरण प्रदेशबाटै गरी सेवा शुल्क संकलन गर्ने र राइड शेयरिङलाई करको दायरामा ल्याउने भएको छ । गण्डकीले पनि लाइसेन्स प्रणालीलाई पूर्ण डिजिटल बनाउने प्रतिबद्धता जनाएको छन् ।

गण्डकी प्रदेशले नवलपुरको धौबादी फलामखानी उत्खननका लागि २५ करोड रुपैयाँ विनियोजन गर्दै ठूला औद्योगिक आयोजनामा हात हालेको छ । युवाहरूलाई कृषिमा फर्काउन ‘रिटर्न टू भिलेज’ अभियान र बन्द रहेका गोरखकाली रबर उद्योग जस्ता कारखाना पुनः सञ्चालन गर्ने नीति लिइएको छ ।

कर्णाली प्रदेशले कृषिलाई प्रमुख प्राथमिकता दिँदै ५ हेक्टरभन्दा बढी क्षेत्रफलमा खेती गर्ने उद्यमीलाई ब्याजमा शतप्रतिशत सहुलियत दिने घोषणा गरेको छ ।

मधेश प्रदेशले ‘मधेश स्टार्ट–अप फन्ड’ र ‘नवप्रवर्तन मधेश फन्ड’ मार्फत विनाधितो ऋण र बीउ पूँजी उपलब्ध गराउने भएको छ ।

अन्य प्रदेशले उत्साहजनक कार्यक्रम ल्याइरहँदा सुदूरपश्चिम प्रदेशमा भने बजेट सिलिङको विषयलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच कुरा नमिल्दा राति १०:३० सम्म बजेट पेश हुन सकेन । यसले प्रदेशको विकास निर्माण र प्रशासनिक कार्यमा असर पर्न सक्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved