Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कोशी प्रदेशको ४० अर्ब ४४ करोडको बजेट सार्वजनिक, चालू वर्षभन्दा १२.७४ प्रतिशतले वृद्धि

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 16, 2026
29Shares

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले मंगलबार प्रदेश सभामा उक्त बजेट प्रस्तुत गरेका हुन्।

प्रदेश सरकारले चालू आर्थिक वर्षको तुलनामा आगामी वर्षको बजेट १२.७४ प्रतिशतले बढाएको जनाएको छ। बजेटमा विकास निर्माण, पूर्वाधार विस्तार, उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको छ।

सार्वजनिक बजेटअनुसार चालूतर्फ १३ अर्ब ९७ करोड ६३ लाख रुपैयाँ विनियोजन गरिएको छ भने पूँजीगत खर्चका लागि २० अर्ब ७५ करोड ९९ लाख रुपैयाँ छुट्याइएको छ। यस्तै वित्तीय व्यवस्थातर्फ १५ करोड रुपैयाँ र स्थानीय तहलाई वित्तीय हस्तान्तरणका लागि ५ अर्ब ५६ करोड ३६ लाख रुपैयाँ विनियोजन गरिएको छ।

बजेटको स्रोत व्यवस्थापनबारे जानकारी दिँदै मन्त्री लिङ्थेपले आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको बताए। त्यसैगरी राजस्व बाँडफाँडमार्फत १२ अर्ब ८७ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ९ अर्ब १२ करोड रुपैयाँ, सशर्त अनुदान ५ अर्ब ९५ करोड रुपैयाँ, समपूरक अनुदान ६४ करोड रुपैयाँ तथा विशेष अनुदान ५५ करोड रुपैयाँ रहने प्रक्षेपण गरिएको छ।

यस्तै प्राकृतिक स्रोतको रोयल्टीबाट ४१ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ भने संघीय सरकारमार्फत सोझै भुक्तानी हुने कार्यक्रमबाट २० करोड रुपैयाँ प्राप्त हुने बजेटमा उल्लेख छ। बाँकी अपुग हुने करिब ५ अर्ब रुपैयाँ प्रदेश सरकारको नगद मौज्दातबाट व्यहोर्ने योजना बनाइएको छ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत उत्पादनमूलक क्षेत्रको प्रवर्द्धन, कृषि आधुनिकीकरण, उद्योग तथा पर्यटन विकास, पूर्वाधार निर्माण र जनसेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।

मन्त्री लिङ्थेपले सीमित स्रोत–साधनको अधिकतम उपयोग गर्दै आर्थिक गतिविधि विस्तार, रोजगारी सिर्जना र समावेशी विकासलाई केन्द्रमा राखेर बजेट तर्जुमा गरिएको बताए। उनले बजेट कार्यान्वयनमा प्रभावकारिता ल्याएर प्रदेशको आर्थिक तथा सामाजिक विकासलाई नयाँ गति दिने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

कात्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जो...

  • October 27, 2026

सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

  • October 27, 2026

चुनावको मुखमा बेलकोटगढीमा रास्वपालाई धक्का, नेता–कार्यकर्ताले ...

  • October 27, 2026

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढ्यो, असोजमा ३२ हजारभ...

  • October 27, 2026

आजको मौसम : दिउँसो कोशी, मधेस, बागमती प्रदेशमा आंशिक बादल लाग्ने

  • October 27, 2026

रामेश्वर परियार पाँच वर्षदेखि मिर्गौला रोगसँग संघर्षरत, उपचारक...

  • October 27, 2026

सरु बानियाँलाई हराउनुपर्ने कारण के थियो, कांग्रेसिजन?

  • October 26, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved