बचत रकम फिर्ता गरिदिन माग गर्दै छ हजारभन्दा बढी बचतकर्ताकाे महानगरमा उजुरी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा बचत रकम फिर्ता गरिदिन माग गर्दै छ हजारभन्दा बढी बचतकर्ताले उजुरी दिएका छन्। उनीहरूले कुल ४ अर्ब ७७ करोड ४९ लाख २३ हजार बराबरको बचत फिर्ता माग गरेका हुन्। सहकारी विभागका अनुसार गत वैशाख १७ गतेदेखि हालसम्म ६ हजार ३०० भन्दा बढी बचतकर्ताले उजुरी दिएका छन्। विभाग प्रमुख ध्रुवकुमार काफ्लेका […]
पूर्वगृहमन्त्री गुरुङमाथिकाे छानवीन प्रतेवेदन आज सरकारलाई बुझाइने

काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न गठित समितिले आज सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ। समितिले गुरुङसँग बयान लिने, सम्पत्ति विवरण अध्ययन गर्ने लगायतका प्रक्रिया पूरा गरेपछि राय–सुझावसहितको प्रतिवेदन सरकारसमक्ष पेश गर्न लागेको हो। समितिका सदस्य अच्युतमणि नेउपानेका अनुसार समितिलाई दिइएको कार्यादेशअनुसारको छानबिन कार्य सम्पन्न भइसकेको छ। ‘पूर्वगृहमन्त्री […]
मूल्यअनुसार ईभीमा करको नयाँ संरचना, ५० लाखमाथिका गाडीमा कर भार १९५% पुग्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले आगामी आर्थिक वर्षका लागि विद्युतीय सवारीसाधन (ईभी) मा लागू हुने कर तथा शुल्कको संरचना यथावत राख्दै मूल्यअनुसार फरक–फरक कर दर निर्धारण गरेको छ। यस व्यवस्थाअनुसार कम मूल्यका विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्ने तथा उच्च मूल्यका लक्जरी ईभीमा बढी कर लगाउने नीति अवलम्बन गरिएको छ। सरकारले २० लाख रुपैयाँभन्दा कम मूल्यका […]
पीपीपी मोडेलमा वेस्ट सेती ४०० केभी प्रसारण लाइन आयोजना अघि बढाइने

काठमाडौं। सुदूरपश्चिममा निर्माण हुने ठूला जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा वेस्ट सेती ४०० केभी प्रसारण लाइन आयोजना अघि बढाइएको छ। आयोजनाको कार्यान्वयनका लागि ‘वेस्ट सेती ट्रान्समिसन लिमिटेड’ नामक विशेष प्रयोजन कम्पनी (एसपीभी) स्थापना गरिएको छ। यो नेपालमा निजी क्षेत्रको सहभागितासहित निर्माण हुन लागेको पहिलो ठूला प्रसारण पूर्वाधार […]
एकैदिन २० हजार ५ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य २० हजार ५०० रुपैयाँ बढेको हो । सरकारले आगामी आर्थिक वर्षका लागि सुनको भन्सार दर १० प्रतिशत वृद्धि गरेसँगै त्यसको असर बजारमा देखिएको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ […]
संघर्षै संघर्षमा गुज्रिरहेकाे सचिता बनमालाको पीडा : ३२ वर्षको उमेरमै थाप्लोमा आकाशभन्दा ठूलो दुःख

भक्तपुर । जीवनमा कहिलेकाहीँ यस्ता कठिन परिस्थितिहरू आउँछन्, जहाँ एक व्यक्तिले एकैपटक अनेकौँ पीडा, संघर्ष र जिम्मेवारीको भारी बोक्नुपर्ने हुन्छ। भक्तपुर नगरपालिका–८ निवासी ३२ वर्षीया सचिता बनमाला यतिबेला त्यस्तै असह्य पीडाबाट गुज्रिरहेकी छन्। सचिताले जीवनका अनेक उतारचढाव पार गर्दै आफ्नै रोजाइको जीवनसाथीसँग विवाह गरिन्। प्रेम र विश्वासका आधारमा नयाँ जीवनको सुरुवात गरेकी उनले समाज र […]
जनताको चुलो चिन्ने बजेट आएको छ : सांसद राजिब खत्री

भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा रास्वपा नेता राजिब खत्रीले निर्वाचनका क्रममा जनतामाझ गरेका प्रतिबद्धताहरू स्मरण गर्दै अहिलेकाे सरकार जनताको चुलो चिन्ने खालको भएकाे बताएका छन्। सरकारले प्रस्तुत गरेको बजेट जनताको दैनिक जीवन र आवश्यकतालाई केन्द्रमा राखेर ल्याइएको समेत खत्रीले दाबी गरेका छन्। सूर्यविनायकस्थित एक पार्टी प्यालेसमा आयोजित राष्ट्रिय […]
कर्मचारीको तलब २१ प्रतिशत वृद्धि, न्यूनतम ४० हजार पुग्ने

काठमाडौं । सरकारले राष्ट्रसेवक कर्मचारीहरूको तलब २१ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै कर्मचारीहरूको नयाँ तलब संरचना सार्वजनिक गरेका हुन्। घोषणा अनुसार अब सरकारी कर्मचारीहरूको न्यूनतम पारिश्रमिक ४० हजार रुपैयाँ पुग्नेछ भने अधिकतम तलब एक लाख रुपैयाँभन्दा माथि हुने बताइएको छ। सरकारले बढेको महँगी, […]
आउँदो आर्थिक वर्ष २०८३/०८४ को बजेट आज सार्वजनिक गर्दै सरकार

काठमाण्डौ । रास्वपाको शक्तिसाली सरकारले आज आउँदो आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक गर्दैछ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्को संयुक्त सदनमा दिउँसो ४ बजे बजेट प्रस्तुत गर्ने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ । सरकारले अनावश्यक खर्च कटौती, निजी क्षेत्रको प्रवर्धन, वित्तीय अनुशासनको परिपालनासहित सुशासन, आर्थिक पुनः संरचना तथा समृद्धि, एकीकृत पूर्वाधार, लगानी आकर्षण […]
NCFN सँग जोडिएको धार्मिक संस्थाको जग्गा विवाद अख्तियारमा, संस्थागत अनियमिततामाथि छानबिनको माग

काठमाडौं । NCFN सँग आबद्ध एक धार्मिक संस्थाको नाममा दानस्वरूप मञ्जुरिनामा गरिएको जग्गा अर्कै संस्थाको नाममा राजिनामा गरिएको तथा संस्थाको सम्पत्ति बेचबिखन गरी अनियमितता गरिएको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरिएको छ। लामो समयदेखि सम्बन्धित पक्षलाई जानकारी गराउँदा पनि आवश्यक पहल नभएको भन्दै पीडित पक्ष अन्ततः अख्तियार पुग्न बाध्य भएको जनाएको छ। पीडित […]
