Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ई–पासपोर्ट खरिद प्रकरण : जर्मन कम्पनीका प्रतिनिधिलाई बयानका लागि अख्तियारको सार्वजनिक आह्वान

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 18, 2026
0 shares

काठमाडौँ । विद्युतीय मेसिन रिडेबल पासपोर्ट (ई–पासपोर्ट) खरिद प्रक्रियामा भएको भनिएको अनियमितता सम्बन्धी अनुसन्धानलाई तीव्र बनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जर्मनीका दुई कम्पनीका आधिकारिक प्रतिनिधिलाई बयानका लागि उपस्थित हुन सार्वजनिक आह्वान गरेको छ।

आयोगले बिहीबार सार्वजनिक सूचना जारी गर्दै ई–पासपोर्ट खरिदका दुई छुट्टाछुट्टै प्याकेजमा संलग्न जर्मन कम्पनी मुलबाउर आईडी सर्भिसेज र भेरिडोस का प्रतिनिधिलाई अनुसन्धानमा सहयोग गर्न उपस्थित हुन निर्देशन दिएको हो।

पहिलो प्याकेज अन्तर्गत प्रि–एनरोलमेन्ट, एनरोलमेन्ट, डाटा व्यवस्थापन तथा डेलिभरी प्रणालीसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका मुलबाउर कम्पनीका प्रतिनिधि गेरहार्ड माउर र पाभ्ले राकिक लाई बयानका लागि बोलाइएको छ।

यस्तै, गुणस्तर नियन्त्रण तथा प्याकिङ प्रणालीसम्बन्धी दोस्रो प्याकेजमा हस्ताक्षर गरेका भेरिडोस कम्पनीका प्रतिनिधि फेबियोला बेलरशेम र फ्लोरियन पास्क्लिन लाई पनि आयोगले उपस्थित हुन भनेको छ।

अख्तियारले उनीहरूलाई टंगालस्थित केन्द्रीय कार्यालयमा वा भर्चुअल माध्यमबाट तोकिएको अवधिभित्र बयान दिन उपस्थित हुन आग्रह गरेको छ। सार्वजनिक सूचनामा समयसीमा उल्लेख नगरिए पनि सम्बन्धित कम्पनी तथा प्रतिनिधिलाई इमेलमार्फत आवश्यक जानकारी पठाइसकिएको आयोगले जनाएको छ।

आयोगले सार्वजनिक सूचना बेवास्ता गरी बयानका लागि उपस्थित नभए प्रचलित कानुनअनुसार थप कानुनी प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिएको छ।

ई–पासपोर्ट खरिद प्रक्रियामा अनियमितता भएको आशंकामा अख्तियारले यसअघि राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनिल केसी लाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। आयोगले खरिद प्रक्रियामा संलग्न स्वदेशी तथा विदेशी पक्षहरूको भूमिका समेत छानबिन गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved