Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

तरलता बढेपछि निक्षेपको ब्याजदर घट्दै, सात वाणिज्य बैंकले असारमा दर घटाए

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 16, 2026
3 shares

काठमाडौँ । बैंकिङ प्रणालीमा पर्याप्त तरलता कायम रहँदा वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाउने क्रमलाई निरन्तरता दिएका छन्। असार महिनाका लागि अधिकांश बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखे पनि सात वाणिज्य बैंकले ब्याजदर घटाएका छन्।

२० वाणिज्य बैंकहरूको सार्वजनिक विवरणअनुसार जेठ महिनाको तुलनामा असारमा व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर शून्य दशमलव ०७ प्रतिशत विन्दुले घटेको छ। निक्षेप संकलन उच्च र कर्जा प्रवाह अपेक्षाकृत कम भएका कारण बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त रहेकाले ब्याजदरमा दबाब परेको देखिएको छ।

असारमा ब्याजदर घटाउने बैंकहरूमा लक्ष्मी सनराइज बैंक, एनआईसी एशिया बैंक, हिमालयन बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र एनएमबि बैंक रहेका छन्। तीमध्ये हिमालयन बैंकले सबैभन्दा बढी शून्य दशमलव २५ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ। बैंकले जेठमा ४ दशमलव २५ प्रतिशत रहेको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर असारमा ४ प्रतिशतमा झारेको छ।

यस अवधिमा कुमारी बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ४ प्रतिशतभन्दा तल झरेको छ। कुमारी बैंकले जेठमा ३ दशमलव ९६ प्रतिशत रहेको ब्याजदर असारमा ३ दशमलव ९१ प्रतिशतमा झारेको छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकले ४ प्रतिशतबाट घटाएर ३ दशमलव ९५ प्रतिशत कायम गरेको छ।

असार महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याजदर भने राष्ट्रिय वाणिज्य बैंक र एनएमबि बैंकले उपलब्ध गराउने भएका छन्। यी दुवै बैंकले अधिकतम ४ दशमलव ७५ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्। एनएमबि बैंकले जेठमा ४ दशमलव ८० प्रतिशत ब्याजदर कायम गरेकामा असारमा ० दशमलव ०५ प्रतिशत विन्दुले घटाएको हो भने राष्ट्रिय वाणिज्य बैंकले आफ्नो ब्याजदर यथावत् राखेको छ।

बैंकहरूले निर्धारण गरेका यी अधिकतम ब्याजदर प्रायः दुई वर्षदेखि १० वर्षसम्मका मुद्दती निक्षेप योजनामा लागू हुनेछन्। एक वर्षभन्दा कम अवधिका मुद्दती निक्षेपमा भने अधिकांश बैंकले ४ प्रतिशतभन्दा कम ब्याजदर प्रस्ताव गरेका छन्।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकिङ प्रणालीमा निक्षेप संकलनको वृद्धि कर्जा प्रवाहको तुलनामा उल्लेखनीय रूपमा बढी छ। हाल बैंकहरूले ८० खर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेका छन् भने कर्जा प्रवाह ५९ खर्ब रुपैयाँभन्दा केही बढी मात्र रहेको छ। यसले बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको संकेत गर्छ।

यद्यपि, पर्याप्त तरलता हुँदाहुँदै पनि सबै बैंकले कर्जा विस्तार गर्न सकेका छैनन्। नेपाल राष्ट्र बैंकले बैंकहरूलाई न्यूनतम ८ दशमलव ५ प्रतिशत प्राथमिक पूँजीकोष कायम गर्नुपर्ने व्यवस्था गरेको छ। पूँजीकोषको आवश्यक मापदण्ड पूरा गर्न नसकेका केही बैंकहरू लगानी विस्तार गर्न इच्छुक भए पनि कर्जा प्रवाह बढाउन असमर्थ रहेको बैंकिङ क्षेत्रका जानकारहरू बताउँछन्।

तरलता व्यवस्थापनको चुनौती र कर्जा मागमा अपेक्षित वृद्धि नदेखिएकाले आगामी महिनाहरूमा पनि निक्षेपको ब्याजदरमा थप दबाब पर्ने सम्भावना रहेको बैंकिङ क्षेत्रको विश्लेषण छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved