आज बस्ने संघीय संसद बैठककाे कार्य सूचि यस्ताे छ

काठमाडौं ।आज संघीय संसद् बैठक दिउँसो १ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक वित्त परिचालन विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले राष्ट्रियसभामा उत्पत्ति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस् […]

प्रचण्डको प्रश्न – ३०० दिनमा कहाँ जोडियो फ्लडलाइट र काहाँ बन्यो र प्याराफिट ?

काठमाडौं। प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा सम्बोधन गर्दै सरकारमाथि तीव्र आलोचना गर्नुभएको छ। उहाँले विशेषगरी कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्यप्रति सरकारको गम्भीर उदासीनता र असफलताप्रति प्रश्न उठाउनुभयो। उहाँले स्मरण गराउँदै भन्नुभयो, “मेरो नेतृत्वको सरकारले कीर्तिपुरको रंगशालामा फ्लडलाइट जडान गर्न ठेक्का सम्झौता गरिसकेको थियो। तर, […]

एघार कराेड खर्चिन खाेजिएकाे उपकरण पाँच कराेडमा खरिद, राज्य सञ्चानमा कमजोरी रहेकाे प्रमाणित भयाे : मन्त्री भुपेन्द्र राई

विराटनगर । कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयअन्तर्गत आपूर्ति व्यवस्थापन केन्द्रले स्वास्थ्य उपकरण खरिदमा व्यापक अनियमितता गर्ने गरेको आशङ्कालाई बल पुग्ने गरी मन्त्रालयबाटै एक तथ्याङ्क सार्वजनिक भएको छ । कोशी प्रदेशका स्वास्थ्य मन्त्री भूपेन्द्र राईले आइतबार पत्रकार सम्मेलन गर्दै चालु आर्थिक वर्षमा खरिद गरेको स्वास्थ्य उपकरणहरू विनियोजन गरिएको बजेटभन्दा आधामै खरिद गरेको जानकारी दिँदै विगतमा कमजोरी […]

जनताले नेपालमा महिला प्रधानमन्त्री काे भएकाे चाहन्छन्, बिद्या की रेणु !!

काठमाडौं । नेपालकाे पहिलाे महिला प्रधानमन्त्रीका लागि प्रस्तावित  एकलकाे रुपमा परिचित रेणु दाहाल नामलाई अहिले धुलमुल्याएकाे देखिन्छ। दुई कार्यकाल देशमा महामहिम राष्ट्रपति बनिसकेकि मदन पत्नी  बिद्यादेवी भण्डारी एमालेकाे सकृय राजनितीमा फर्किए सँगै महिला प्रधानमन्त्रीकाे आशा देखिएकि रेणुलाइ धुलमुल्याएकाे हाे। एमाले पार्टी भित्र र काँग्रेस पार्टीमा समेत बिद्या राजनितिमा फर्किएकाे बिषय अपच भईरहेकाे बखतमा  माओवादी लगाएतका […]

संयुक्त जनजागरण सभालाई भव्य बनाउन सर्वसाधारणलाई संघीय गणतान्त्रिक गठबन्धनकाे आह्वान

रौतहट । संघीय गणतान्त्रिक गठबन्धन अन्तर्गत पाँच दलहरूको जिल्ला स्तरीय महत्वपूर्ण बैठक रौतहट जिल्लाको गडुरा स्थित एक कार्यक्रममा सम्पन्न भएको छ। बैठक नेपाल जनजागृति पार्टीका केन्द्रीय अध्यक्ष धुपलाल निषादको प्रमुख आतिथ्यमा तथा नेपाल संघीय समाजवादी पार्टीका जिल्ला इन्चार्ज लक्ष्मी शाहको अध्यक्षतामा सम्पन्न भएको हो। बैठकमा पाँचै दलका केन्द्रीय सदस्यहरू, जिल्ला पदाधिकारीहरू र स्थानीय नेता तथा […]

रास्वपाकाे हस्ताक्षर अभियायन, १५ लाख हस्ताक्षर ३७ लाख चन्दा सङ्कलन

काठमाडौं। सभापति रवि लामिछानेविरुद्ध सहकारी प्रकरणमा राज्यले राजनीतिक प्रतिशोध लियो भनेर हस्ताक्षर अभियान जारी राखेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १५ लाख जनाको दस्तखत रहेको दाबी गरेको छ। उक्त संख्यामा हस्ताक्षरसँगै क्यूआर कोडमार्फत हालसम्म ३७ लाख रुपैंया चन्दा उठाएको प्रवक्ता मनिष झाले बताएका छन्। जनताको समर्थन ब्यापक रहेको दाबी गरेका उनले चन्दा रकम पनि खुलाएका हुन्। […]

भण्डारी द्वारा आयाेजित कार्यक्रममा ओलिपक्षधर देखिएनन्

काठमाडौँ । पूर्वराष्ट्रपति विद्या भण्डारी नेकपा एमालेमा फर्किएसँगै एमालेमा बढ्दै गएको तरंग सार्वजनिक कार्यक्रममै देखिन थालेको छ। शनिबार विद्या भण्डारी सहभागी भएको मदन भण्डारी फाउण्डेसनको कार्यक्रममा ओलीपक्षधर नेताहरूको सहभागिता देखिएन। फाउण्डेसनले ‘स्टेट, सोसाइटी एण्ड डेभलपमेण्ट जर्नल’को विमोचन कार्यक्रम राखेको थियो। यसअघि फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा एमालेका ओलीपक्षका नेताहरू पनि सहभागी हुने गरेका थिए। यस वर्ष […]

यी तीन बिषयमा छलफल गर्न संसद बैठक आजपनि बस्दै

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको छ । यसैगरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ प्रस्तुत गर्नेछन् […]

विद्याकाे एमालेमा फिर्तिसँगै ससङ्कित भएकाे काँग्रेस, के बाम एकताकाे नेतृत्व बिद्याले गर्छिन् त !

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्किने निर्णय लिएपछि राजनीतिको केन्द्रमा छिन् । चर्चा, विवाद र उत्साहको केन्द्र बनेर भण्डारीबारे सञ्जाल देखि छापा , अनलाइन देखि समाज र स्वदेश देखि बिदेश सम्म टिप्पणी भइरहेको छ । भण्डारीको विषयमा एमालेभित्र दुईधार देखिएको छ भने माओवादी केन्द्र र एकीकृत समाजवादीमा उत्साह थपेको छ । अनि, कांग्रेसभित्र […]

नेपालमा सबैभन्दा ठूलो वामपन्थी समूह नेकपा एमाले : नेता खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपालमा सबैभन्दा ठूलो वामपन्थी समूह नेकपा एमाले भएको बताएका छन्। चीनको भ्रमण सकेर शनिबार स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री खनालले एमालेले एकताबद्ध गर्न नचाहँदा नै वामपन्थी आन्दोलन विभाजित अवस्थामा रहेको दाबी गरेका हुन्। खनालले एमालेले नै अरू सबैलाई एकताबद्ध गर्न जरुरी रहेको बताए। एमालेका पूर्वअध्यक्षसमेत रहेका खनालले […]