Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

माओवादी केन्द्र दलित मुक्ति माेर्चा प्रदेश समन्वय समिति गण्डकीकाे प्रथम भेला सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 3, 2025
9 shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अन्तर्गतको नेपाल दलित मुक्ती मोर्चा गण्डकी प्रदेश सम्पर्क समन्वय समितिको प्रथम भेला हिजो शनिबार (साउन १७ गते) पोखराको नयाँबजारस्थित सगुन क्याफेमा भव्य रूपमा सम्पन्न भएको छ।

भेलाले मान बहादुर विश्वकर्मालाई संयोजक र इन्द्र सुनुवारलाई सचिव चयन गर्दै ३९ सदस्यीय गण्डकी प्रदेश सम्पर्क समन्वय समिति गठन गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य माननीय झक्कु सुबेदी रहनुभएको थियो। विशेष आतिथ्यका रूपमा दलित मुक्ती मोर्चा केन्द्रीय इन्चार्ज तथा संविधान सभा सदस्य पसुराम रम्तेल, राष्ट्रिय सभा सदस्य श्रीकृष्ण अधिकारी, तथा पूर्व युवा तथा खेलकुद मन्त्री तथा मोर्चाका केन्द्रीय अध्यक्ष कमरेड दलजित सेर्पालीको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का विभिन्न तहका नेताहरू, दलित मुक्ती मोर्चाका अन्य केन्द्रीय पदाधिकारीहरू, तथा अन्य पार्टीका नेताहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रम गण्डकी प्रदेश सम्पर्क समन्वय समितिका अध्यक्ष रामप्रसाद भन्ताना, वाईसिएल नेपाल केन्द्रीय सचिव धिरज उपरकोटी, लगायत विभिन्न तहका पार्टी नेताहरूको उपस्थितिमा सम्पन्न भएको हो।

भेलाले समावेशीता, संगठन सुदृढीकरण, र दलित मुक्तिको अभियानलाई सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि झक्कु सुबेदीले भने, “दलित मुक्ती मोर्चाले देशभरिका दलितहरूलाई एकताबद्ध गर्नुपर्छ। जनयुद्धकै कारण दलितहरू अधिकार र समावेशीतामा पुगेका हुन्। माओवादी आन्दोलनले दलितको मुद्दा बलियो बनाएको छ।”

त्यस्तै, संविधान सभा सदस्य पसुराम रम्तेलले भने,“पचास लाख दलितको प्रतिनिधित्व नेकपा (माओवादी केन्द्र) ले गरिरहेको छ। यदि जनयुद्ध नभएको भए आजको यो परिवर्तन सम्भव हुने बताउनु भयो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved