आफू जन्मिनुभन्दा अगाडि नै प्रधानमन्त्री भइसकेका नेता अब ‘डेट एक्सपायर’ भइसके : माननीय निशा डाँगी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगीले आफू जन्मिनुभन्दा अगाडि नै प्रधानमन्त्री भइसकेका नेता अब ‘डेट एक्सपायर’ भइसकेको बताएकी छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद डाँगीले नयाँ पुस्ताले नयाँ राजनीतिज्ञलाई देख्न चाहेको बताएकी हुन् । उनले डेट एक्सपायर नेतालाई बिदा दिनुपर्ने र जेनजी पुस्तालाई बुझ्न सक्ने नेता राजनीतिमा आउनुपर्ने बताइन् ।

पहिचानवादी मोर्चा स्थापनाको एक बर्ष पुरा

काठमाडौं । पहिचानवादी मोर्चा स्थापनाको एक बर्ष पुगेको छ । २०८१ वैशाख २७ गतेका दिन स्थापना भएको मोर्चाले हिजाे  शनिबार ललितपुर थसिखेलस्थित कार्यालयमा पहिलो बार्षिक उत्सव मनाएको हो । जसपा नेपाल लगायत विभिन्न राजनैतिक दलहरुबाट स्वतन्त्र भई पहिचान पक्षधरहरुले पहिचानवादी पार्टी निर्माणको निमित्त अन्य संगठनहरुसँग जोडिदै जाने भनी प्रोफेसर डा. महेन्द्र लावतीको संयोजकत्वमा मोर्चा बनेको […]

उधारो असुली कानुन बनाउन माननीय गणेश पराजुलीको संसदलाई सुझाव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले उधारो असुली कानुन बनाउन माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद पराजुलीले व्यापारका क्रममा उधारो दिनुपर्ने अवस्था आउने तर उठाउन जाँदा नदिएमा उठाउने कानुन नभएकाले अफ्ट्यारो पर्ने गरेको बताए । व्यापारका क्रममा उधारो बढ्दै गएर ऋणको भारमा परेर धेरै डिप्रेशनमा परेको र केहीले आत्महत्या समेत गर्ने […]

संघीय सांसदका दुबै बैठक आज पनि बस्ने

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने भएका छन् । प्रतिनिधि सभाको बैठक आज बिहान ११:०० बजे बस्दै छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा […]

बंगलादेशमा हसिनाकाे अवामी लिग पार्टी माथि पूर्णप्रतिबन्ध

एजेन्सी । बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगमाथि पूर्णप्रतिबन्ध लगाएको छ। आतंकवादविरोधी ऐन अन्तर्गत अवामी लिग र यसको नेतृत्वका विरुद्ध अन्तर्राष्ट्रिय अपराध ट्रिब्युनल (आइसीटी)को मुद्दा नसकिएसम्म साइबरस्पेस र अन्यत्र गरिने सबै गतिविधिमा प्रतिबन्ध लगाएको बंगलादेश सरकारले जारी विज्ञप्तिमा जनाइएको छ। यो निर्णय राष्ट्रिय सुरक्षाको सुनिश्चितता, जुलाई आन्दोलनका कार्यकर्ताहरूको सुरक्षा, र ट्रिब्युनलका मुद्दामा […]

शिष्टताकाे उपदेश दिने प्रधानमन्त्रीकाे अशिष्ट प्रस्तुति

काठमाडौं । राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्चपदस्थलाई मिडियाले ‘तिमी’ सम्बोधन गरेको भनेर प्रधानमन्त्री केपी ओलीले पटक–पटक सार्वजनिक समारोहमै आलोचना गर्ने गरेका छन् । गत बुधबार मात्रै पनि गोरखापत्रको १२५औँ वार्षिकोत्सव समारोहमा सञ्चारमाध्यमलाई व्यंग्य हान्दै उनले प्रश्न गरे, ‘गोरखापत्रले राष्ट्रपतिले भन्नुभो भन्छ कि भने भन्छ, त्योचाहिँ मैले याद गर्‍या छैन । … नातिसँग कुरा गरेर राष्ट्रपतिले उद्घाटन गरे ! यो नेपाली […]

झापाका पुराना बामपंथी नेताहरुलाई एकीकृत समाजबादी झापाले गर्‍यो सम्मान

डिकेन्द्र बस्नेत, झापा ।  बैशाख-नेकपा (एकीकृत समाजबादी) झापाको १० औं जिल्ला अधिबेशनको उदघाटन समारोहमा नरेश खरेलसहित १० जना पुराना बामपंथी नेताहरु सम्मानित भएका छन् । एकीकृत समाजबादीका सम्मानित नेता तथा पुर्ब प्रधानमन्त्री झलनाथ खनालले नेता खरेलसहित इन्द्रबहादुर बुढाथोकी, इन्द्रसिङ राजबंशी, जनार्दन उप्रेती, देबि बराल, पुन्यप्रसाद खरेल, गंगा ओली, ताराराज ओली, तारा रुचाल र पुन्य नेपाललाई […]

पाकिस्तानले देशमा द्वन्द्व गराईरहँदा भाजपा नेता भगतसिंह नेपालमा , के यिनलाई देशकाे भन्दा छिमेकिकाे मायाँ बढि??

काठमाडौँ । पछिल्लोपटक भारतीय नेताहरुको एकपछि अर्को भ्रमण भइरहेको छ । केही दिन अघि भारतीय खुविया संस्था (रअ) का उच्च अधिकारीले भ्रमण गरेर फर्कनासाथ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले तीनदिने भ्रमण गरेर फर्किए । चौथाइवाले फर्केको एक साता नपुग्दै भाजपा नेता भगतसिंह कोश्यारी नेपाल आइपुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अनौपचारिक […]

भारतमाथि आक्रमण गरे संसारलाई जानकारी गराउछाैँ : पाकिस्तानी रक्षामन्त्रालय

काठमाडौं । भारत अधीनस्थ काश्मीरको जम्मुमा बिहीबार विस्फोट हुनुका साथै साइरन बजेपछि दुवै पक्षले एकले अर्कोलाई आरोप लगाउने काम गरेका छन्। भारतीय सेनाले पाकिस्तानले जम्मु र पन्जाबको सैन्य आधार शिविरमा लक्षित गर्दै मिसाइल प्रहार गरेको आरोप लगाएको छ। पाकिस्तानले यसलाई अस्वीकार गरेको छ। पाकिस्तानले आफूहरूले आक्रमण गरेमा यसको बारे संसारलाई जानकारी दिने बताएको छ। पाकिस्तानी […]

समुदायका लागि एकलै संघर्ष गरेका ती डा. गाेपाल गुरुङ

डाक्टर गोपाल गुरुङ (१९४०–२०१६) एक प्रखर पहिचानवादी नेता, लेखक, पत्रकार र मानवअधिकारकर्मी थिए। उनले नेपालको आदिवासी जनजाति, विशेष गरी गुरुङ लगायतका समुदायहरूको हक, अधिकार र पहिचानका लागि लामो समयसम्म आवाज उठाउँदै आए। उनी “जनजातीय आन्दोलन” का प्रारम्भिक अगुवामध्ये एक मानिन्छन्। यहाँ डाक्टर गोपाल गुरुङका बारेमा मुख्य जानकारीहरू प्रस्तुत गरिएको छ: बुबा भीम बहादुर गुरुङ र […]