Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी दलगत राजनीतिमा फर्कनु ठिक हैन, काँग्रेस सहमहामन्त्री जिवन परियार

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 3, 2025
29Shares

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी दलगत राजनीतिमा फर्कन नहुने नेपाली कांग्रेसको धारणा रहेको बताएका छन् । यसबारे कांग्रेसले कुनै लिखित निर्णय नगरे पनि यो नै आधिकारिक धारणा भएको उनको भनाइ छ ।

शनिवार पार्टीको सूर्यविनायक नगरपालिकाको तेस्रो सम्मेलन उद्घाटन गर्दै उनले भने, “पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी राजनीतिमा नफर्कन र सम्मानित भएरै बस्न आग्रह गरेर नेकपा (एमाले)ले स्वागतयोग्य निर्णय गरेको छ, संविधान संशोधन गरेर भएपनि पूर्व राष्ट्रपतिहरुलाई पार्टी राजनीतिमा आउनबाट रोक्नुपर्छ ।”

प्रतिनिधि सभा सदस्य समेत रहेका सहमहामन्त्री परियारले पार्टीको कोही सांसद बारम्बार मन्त्री हुने र कोही भने कहिल्यै मन्त्री हुन नपाउने प्रवृत्ति प्रति असन्तुष्टि प्रकट गरे ।

उनले पार्टीमा दुई कार्यकाल बढी सभापति हुन नपाउने तर, मन्त्री भने जतिपटक पनि हुने अवस्था अन्त्य गर्नपर्नेमा समेत जोड दिए ।

“नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्ने मन्त्रीमण्डलमा भक्तपुरका पार्टी सभापति एवं सांसद दुर्लभ थापालाई मन्त्री बनाउन मेरो माग रहनेछ ।” उनले भने । ” नयाँलाई जिम्मेवारी नदिदाँ नयाँ पार्टीहरुले हामीमाथि अनेक आरोप लगाइरहेका छन् ।”

सहमहामन्त्री परियारले कांग्रेसको नेताकार्यकर्तालाई रास्वपा सभापति रवि लामिछानेको पक्षमा भईरहेको हस्ताक्षर अभियानमा सहभागी नहुन निर्देशन समेत दिए । “रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्ने नेपाली कांग्रेसका क्रियाशील सदस्यहरुलाई कार्वाही हुन्छ ।” उनले भने ।

कार्यक्रममा बाेल्दै  रास्वपा अलोकतान्त्रिक पार्टी भएको उनको आरोप छ भने, कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति एवं भक्तपुर-२ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले फेसबुकमा विकास देखाएर राजनीति नचल्ने बताए । पूर्व प्रतिनिधि सभा सदस्य महेश बस्नेतलाई इङ्कित गर्दै उनले भने, “विकासको बाढी ल्याएको भन्दै फेसबुके राजनीति गर्नेलाई हराएर सांसद भएको हुँ ।”

सांसद थापाले टेप लिएर विकासनिर्माणको अवस्था नाप्न चुनौती दिनुका साथै आफ्नो क्षेत्रमा अघिल्लो कार्यकालमा भन्दा कम विकास भएको भए राजिनामा दिने उद्घोष समेत गरे ।

कार्यक्रममा नेपाली कांग्रेसको सूर्यविनायक नगरपालिका कार्यसमितिका सभापति निशान ढुङ्गेलले स्थानीय तहको निर्वाचनमा सूर्यविनायकको ५० प्रतिसत वडा कांग्रेसले जितेको भएपनि प्रमुख र उपप्रमुख जित्न नसक्दा पार्टीको नीति अनुसार काम गर्न नसकिएको बताए ।

सो अवसरमा बागमती प्रदेश सरकारका पूर्वमन्त्री कृष्णलाल भँडेल, चाँगुनारायण नगरपालिकाको मेयर जीवन खत्री, नेपाली कांग्रेसका पूर्व जिल्ला सभापतिहरु, पार्टीका क्षेत्रीय सभापतिहरु, नगर अध्यक्षहरु र जिल्ला नेताहरुको समेत आतिथ्यता रहेको नगर प्रवक्ता रमेश खड्काले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

स्थानीय सरकारको अनुमति र केन्द्रको हस्तक्षेप बीचको द्वन्द्व, स...

  • October 29, 2026

मेची करिडोरको ठेक्का रद्द, पप्पु कन्स्ट्रक्सनलाई २ अर्ब जरिवान...

  • October 29, 2026

हुम्लाका विद्यार्थीका लागि फलामे पुल बनाउने हर्क साम्पाङको प्र...

  • October 29, 2026

अमेरिकामा रहेको नेपाली भाषी चर्चद्वारा प्रधानमन्त्री दैवी प्रक...

  • October 29, 2026

महालेखा नियन्त्रक कार्यालयद्वारा ६१ उपसचिवको सरुवा तथा पदस्थापन

  • October 29, 2026

सरकारलाई डा. भगवान कोइरालाको सुझाव : विकृति हटाउँदा निर्दोषलाई...

  • October 29, 2026

भोटेकोशी–त्रिशूली बाढीको बीमा दाबी २१ अर्ब नजिक, भुक्तानी ८२ क...

  • October 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved