वाईसीएल नेपालले आफ्नो अर्धसैन्य संरचना ब्युँतायाे

काठमाडौँ । योङ कम्युनिस्ट लीग नेपाल (वाईसीएल) नेपालले आफ्नो अर्धसैन्य संरचना ब्युँताएको छ । वाईसीएल नेपालको भर्चुअल माध्यमबाट बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो । देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा मतदाता तथा उम्मेदवारको सुरक्षा गर्न स्पेसल टास्क फोर्स (एस.टि.एफ) क्याम्पिङ गरेर राखिने अध्यक्ष पुष्प ओलीले बताए । अन्तरपार्टी युवा, विद्यार्थी र जेनजी युवा संयोजन […]
काे हुन् खाेटाङ कांग्रेसका उमेदवार वीरकाजी राई ??

संघर्ष, संगठन र सेवाको निरन्तर यात्रा ” मैले चिनेकाे” खोटाङ कांग्रेसका नेता वीरकाजी राई: दिपेश श्रेष्ठ। राजनीति केवल पद र शक्ति प्राप्तिको साधन होइन, यो जनताको दुःख–सुखसँग प्रत्यक्ष जोडिने जिम्मेवारीपूर्ण सेवा हो। यही मान्यतालाई आत्मसात् गर्दै विगत तीन दशकदेखि नेपाली कांग्रेसको संगठन निर्माण, लोकतन्त्रको रक्षा र खोटाङ जिल्लाका नागरिकको पक्षमा निरन्तर क्रियाशील नेता हुन् वीरकाजी […]
दुधकोसी जलाशययुक्त आयोजना सम्पन्न गर्न अर्थपूर्ण भूमिका खेल्नेछु: उमेदवार राई

काठमाडौं ।आगामी फागुन २१ मा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट खोटाङको उम्मेदवार देवविक्रम राईले आफूलाई उक्त निर्वाचनमा निर्वाचित गराउन जिल्लावासी मतदाताहरुलाई अपिल गरेका छन्। नेकपा एमाले खोटाङ अध्यक्षसमेत रहेका उम्मेदवार राईले काठमाडौंमा खोटाङे पत्रकारसँग आफ्नो चुनावी एजेन्डा सुनाउँदै आफू निर्वाचित भए बसाइँ सराई गरेर गएका जिल्लाका नागरिकहरुलाई पनि जिल्ला फर्कने बाताबरण […]
विचार, निष्ठा र जनसेवाको राजनीति : चन्द्र बहादुर गुरुङको समावेशी बाटो

चन्द्र बहादुर गुरुङ नेपाली राजनीतिक क्षेत्रका सचेत र कर्मशील व्यक्तित्वमध्ये पर्छन्, जसले समावेशी समाजवादको विचारलाई केवल सैद्धान्तिक बहसमा सीमित नराखी व्यवहारिक राजनीतिमा आत्मसात् गरेका छन्। सामाजिक न्याय, समानता र उत्पीडित तथा सीमान्तकृत वर्गको हक–अधिकारका पक्षमा निरन्तर आवाज उठाउँदै आएका गुरुङको राजनीतिक यात्रा विचार, निष्ठा र जनसेवामा आधारित छ। उनी समावेशी समाजवादी पार्टीसँग आबद्ध रहँदै जाति, […]
प्रदिप बिष्टलाई मतदाताले भने “अरु जस्ताे चुनावमा मात्र न आउनु, चाहेकाे परिवर्तन व्यवहारमा देखिनुपर्छ”

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को घरदैलो अभियान काठमाडौँ क्षेत्र नम्बर १० अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नम्बर ३ मा तीव्र बनेको छ। सो अवसरमा रास्वपाका प्रतिनिधिसभा उम्मेदवार प्रदीप बिष्टलाई महिला सिर्जनाशील संस्था तथा स्थानीय नेता–कार्यकर्ताहरूले बाजागाजा सहित भव्य स्वागत गरेका छन्। घरदैलो अभियानका क्रममा स्थानीय बासिन्दाहरूले उम्मेदवार बिष्टसँग प्रत्यक्ष संवाद गर्दै चुनावपछि पनि जनताको […]
घोषणा पत्र र लिखित प्रतिबद्धता बिना भोट नदिन जेनजी २.० को अपिल

दिपेश श्रेष्ठ,काठमाडौं । जेनजी २.० ले मताधिकार केवल अधिकार मात्र नभई जिम्मेवारी भएको भन्दै मत माग्न आउने उम्मेदवारलाई कडा प्रश्न गर्न आम नागरिकलाई अपिल गरेको छ। जेनजी २.० का प्रबक्ता अविन लिम्बुका अनुसार आगामी निर्वाचनमा उम्मेदवारले भाषण र नाराबाट होइन, लिखित सहमतिबाट जनताको विश्वास जित्नुपर्छ। संगठनले घोषणा पत्र सार्वजनिक नगर्ने, नागरिक सरोकारवालासँग लिखित प्रतिबद्धता नगर्ने […]
पाँचखाललाई कृषि ‘हब’ बनाउने योजना : बसुन्धरा हुमागाई

काभ्रेपलाञ्चोक । काभ्रे निर्वाचन क्षेत्र नं. २ बाट नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार तथा वागमती प्रदेशका पूर्व कृषि मन्त्री बसुन्धरा हुमागाईले पाँचखाल नगरपालिकालाई कृषिको ‘हब’का रूपमा विकास गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आइतबार पाँचखालमा पार्टीको नगर कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पाँचखालको उर्वर भूमि, अनुकूल भौगोलिक अवस्था र कृषिमा आधारित जीवनशैलीलाई ध्यानमा राखी आधुनिक, […]
सिन्धुलिका हरिबाेल सहित ७ नेतालाई नेकपाले गर्याे कार्वाही

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले हरिबोल गजुरेलसहित बागी उम्मेदवारी दर्ता गरेका सात नेतालाई कारबाही गरेको छ । नेकपाले उनीहरूलाई पार्टीबाट निष्काशन गरेको हो । नेकपाले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आगामी फागुन २१ गते हुन गइरहेको आमनिर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट आधिकारिक उम्मेदवार रहेका निर्वाचन क्षेत्रमा पार्टीको निर्णय र निर्देशनविपरीत उम्मेदवार बनेका र […]
मकवानपुर-१ मा प्रकाश गाैतमलाई किन जिताउने ?

मकवानपुर। फागुन २१ मा सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार रहेका प्रकाश गौतम एक व्यवसायी हुन्। व्यवस्था परिवर्तनका लागि लडेका उनी अहिले अवस्था परिवर्तनका लागि लडिरहेका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुर जिल्ला उपसभापति समेत हुन्। मकवानपुर–१ बाट उम्मेदवारी दर्ता गराएपछि उनी घरदैलो अभियानमा झन् सक्रिय र व्यस्त देखिएका छन्। तर उनको पहिचान […]
काठमाडौ-३ बाट Gen-Z 2.0 महासचिव मेन्याङबाेकाे उमेदवारि

काठमाण्डौ । जय मातृभूमि पार्टीका अविन मेन्याङबो काठमाडौँ निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका छन। आगामीफागुन २१ गते हुने निर्वाचनको लागि मातृभूमि पार्टीका तर्फबाट युवा नेता एवं जेनजी २.० अभियानका प्रवक्ता उनले काठमाडौँ क्षेत्र न. ३ मा उम्मेदवारी दर्ता गराएका हुन् । आमा चुनाव चिन्ह लिई निर्वाचनमा होमिएका अविन मेन्याङबो युवाको आवाज, […]
